Showing posts with label ज्योतिस शास्त्र. Show all posts
Showing posts with label ज्योतिस शास्त्र. Show all posts

Saturday, December 6, 2014

कुन सपना देख्दा कस्तो फल मिल्छ ?

सपनाको आ-आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना अवश्य देख्छन्। हिन्दु मान्यता अनुसार हरेक सपनाको एक विशेष फल अवश्य प्राप्त हुन्छ।


सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ। तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं। प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ।



सपनाको संसार ज्यादै नै रोचक हुन्छ। पहिला पहिला यो पुराण, इतिहास र ज्योतिषमा मात्र सिमित हुन्थ्यो तर आजभोलि मनोविज्ञान, चिकित्सा विज्ञान आदिको अनुसन्धानको विषय बनिसकेको छ। यस्तै केही सपना र यसका फलको बारे यहाँ जानकारी दिइएको छ।

कुन सपना देख्दा कस्तो फल मिल्छ ?
१. आँखामा गाजल लगाउनु - शारीरिक कष्ट
२. आफ्नै काटेको हात देख्नु - कुनै नजिकको प्रियजनको मृत्यु
३. उजाड बगैचा देख्नु - दुःख पाउने
४. मोटो भैसी देख्नु - अन्न सस्तोमा पाउने
५. दुब्लो भैसी देख्नु - अन्न महंगो हुनु
६. बाख्रा देख्नु - शत्रुको डर
७. राजनेताको मृत्यु भएको देख्नु - देशमा समस्या आउनु
८. पहाड हल्लिएको देख्नु - विरामी हुने डर
९. पुरी खाएको देख्नु - खुशीको समाचार आउनु


१०. तामा देख्नु - गोप्य कुरा पत्ता लाग्नु
११. बेडमा सुतेको देख्नु - गौरव तथा प्रतिष्ठा पाउनु
१२. थुक देख्नु - समस्यामा पर्नु
१३. हरियालीपुर्ण जंगल देख्नु - खुशियाली आउनु
१४. आफूलाई उडेको देख्नु - कुनै समस्याबाट छुटकारा पाउनु
१५. सानो जुत्ता लगाएको देख्नु - कुनै महिलासँग झगडा हुनु
१६. स्त्रीसँग मैथुन गर्नु - धन प्राप्त हुनु
१७. झगडा गर्नु - प्रसन्नता प्राप्त हुनु
१८. लडाईमा मरेको देख्नु - राजनीतिमा सफल हुनु
१९. चन्द्रमा झरेको देख्नु - कुनै समस्यामा पर्नु
२०. चन्द्रग्रहण देख्नु - कुनै रोग लाग्नु
२१. आफ्नै दाँत भाँचिएको देख्नु - समस्या बढ्दै जानु



२२. ढोका खुल्ला देख्नु - कुनै व्यक्तिसँग मित्रता हुनु
२३. बन्द ढोका देख्नु - धन नास हुनु
२४. धुँवा देख्नु - व्यापारमा हानि
२५. भुकंप देख्नु - सन्तानलाई दुःख कष्ट हुनु
२६. चश्मा लगाएको देख्नु - ज्ञान बढ्छ
२७. बत्ती बालेको देख्नु - नयाँ अबसर प्राप्त हुनु
२८. मासु देख्नु - आकस्मिक धन लाभ
२९. पूजा पाठ गरेको देख्नु - समस्याको अन्त हुनु
३०. फलको झुप्पा देख्नु - छिटो धन प्राप्त हुने योग
३१. सेतो परेवा देख्नु - शत्रुसँग मित्रता हुनु
३२. बिरालो एक आपसमा झगडा गरेको देख्नु - मित्रसँग झगडा
३३. सेतो बिरालो देख्नु - धन नास हुनु
३४. समाधिस्थल देख्नु - सौभाग्य प्राप्तिमा योग


३५. गोबर देख्नु - पशु व्यापारमा लाभ
३६. उजाड जंगल देख्नु - समस्या बढ्नु
३७. मरेको मानिस देख्नु - रोगबाट मुक्त
३८. गरगहना देख्नु - कार्य पुर्ण हुनु
३९. जुवा खेलेको देख्नु - व्यापारमा लाभ
४०. पैसा उधारोमा दिनु - अत्यधिक धन प्राप्त हुन्छ।
४१. चील देख्नु - शत्रुबाट नोक्सान हुनु
४२. चाँदी देख्नु - धन प्राप्त हुनु
४३. कैची देख्नु - घरमा झै-झगडा हुनु
४४. खेतमा पाकेको गहुँ देख्नु - धन लाभ हुनु
४५. काग देख्नु - कसैको मृत्युको समाचार आउनु



४६. कुकुर देख्नु - पुरानो साथीसँग भेट हुनु
४७. नदीको पानी पिएको देख्नु - सरकारी लाभ हुनु
४८. सेतो फूल देख्नु - कुनै समस्याबाट छुट्कारा मिल्नु
४९. रातो फूल देख्नु - भाग्य चम्कनु
५०. घोडा देख्नु - संकट हट्नु
५१. मोती देख्नु - छोरी पाउने योग
५२. गाडेको धन देख्नु - अचानक धन लाभ हुनु
५३. झरना देख्नु - दुःखको अन्त हुनु
५४. चेक लेखेर दिएको देख्नु - विरासतमा धन मिल्नु



५५. कुवामा पानी देख्नु - धन लाभ
५६. सुन्दर स्त्री देख्नु - प्रेममा सफलता
५७. खुकुरी देख्नु - संकटबाट मुक्ति
५८. चन्दन देख्नु - शुभ समाचार आउनु
५९. नक्शा देख्नु - कुनै योजनामा सफलता मिल्नु
६०. नून देख्नु - स्वास्थ्यमा लाभ
६१. सुकेको घाँस देख्नु - जीवनमा समस्या
६२. रुद्राक्ष देख्नु - शुभ समाचार आउनु
६३. स्वर्ग देख्नु - भौतिक सुखमा वृद्धि
६४. सूर्य देख्नु - विशेष व्यक्तिसँग भेट हुने योग
६५. तिर्खा लाग्नु - लोभ बढ्नु
nepaliheadlines.com

Thursday, December 4, 2014

यो राशी हुनेसँग आकर्षित हुन्छन् विपरित लिङ्गी

मानिसको स्वभाव र ब्यक्तित्व राशि अनुसार फरक फरक हुन्छ । जसको नाम अ, चू, चे, ला, ल, ली, लू, ले वा लो बाट शुरु हुन्छ उनीहरु मेष राशिका हुन्छन् । यी अक्षरबाट नाम शुरु हुने ब्यक्तिहरु आकर्षक र प्रभावशाली हुने ज्योतिषशास्त्रीको भनाइ छ । यिनीहरुले अरु ब्यक्तिलाई सहजै आकर्षित गर्न सक्छन् ।



यस्तो हुन्छ मेष राशिको स्वभाव

ज्योतिषको राशि चक्रममा मेश राशि पहिलो स्थानमा पर्छ । यो राशीको चिन्ह भेडो हो । यो राशि पूर्व दिशाको प्रतिक मानिन्छ भने यस्को स्वामी मंगल हो । मेष राशि अन्तर्गत अश्विनी र भरिणी नक्षत्रका चारै चरण र कृतिका नक्षत्रको प्रथम चरण आउँछ ।
यो राशिका मानिसमा रिस र जिद्दी स्वभाव हुन्छ । यस्ता ब्यक्ति सामान्य कुरा पनि आफूले भनेको जस्तो नभए क्रोधित हुन्छन् । र झगडा गर्न कसिन्छन् ।

यो राशिका मानिसलाई कसैको अधिन मन पर्दैन । उनीहरुलाई स्वतन्त्ररुपमा काम गर्न मन पर्छ ।
प्रभावशाली ब्यक्तित्व

मेष राशी अग्नि तत्व भएको राशि हो । यसकारण मेष राशिका ब्यक्तिहरु प्रभावशाली हुन्छन् । शाहसी र दृढ इच्छा शक्ति यिनीहरुको परिचायक हो ।

रोमान्टिक पनि
मेष राशिका ब्यक्तिहरु रोमान्टिक हुन्छन् । यिनीहरु हतारमा प्रेम गर्छन् र फुर्सदमा पछुताउँछन् । यिनीहरु अत्याधिक कामूक हुन्छन् । यिनीहरुमा कबित्व पनि हुन्छ जसले गर्दा विपरित लिङ्गी छिटो नजिकिन्छन् ।
nepaliheadlines.com

Monday, November 24, 2014

नुहाउँदा भुल्नै नहुने ३ नियम

राम्रो स्वास्थ्य र सुन्दर शरीरका लागि दिनहुँ नुहाउनु अनिवार्य जस्तै मानिन्छ । जुन ब्यक्तिले दिनहुँ नुहाउँछन् उनीहरुले स्वास्थ्य र अध्यात्मिक हिसावले समेत लाभ प्राप्त गर्ने बताइन्छ ।

शास्त्रमा सूर्योदय भन्दा ठिक अघि स्नान गर्नु सबै भन्दा राम्रो मानिएको छ । ऋषि-मुनीहरु पनि सूर्योदय अघि नै स्नान गर्थे ।
स्नान पछि सूर्यलाई जल अर्पण गर्ने चलन पनि छ । सूर्योदय अघि नै स्नान गरेर जल अर्पण गर्दा मनमा शान्ति हुने र दिनभर स्फुर्ती रहने शास्त्रमा उल्लेख छ ।

शास्त्रमा उल्लेखित नुहाउने विधीः
देव स्नान- सबै ब्यस्त रहने भएकाले आजकल अधिकांश मानिस सूर्योदयपछि नै स्नान गर्छन् । तर सूर्योदय अघि नुहाउने कार्यलाई देव स्नान भनिन्छ । नुहाउँदा विभिन्न मन्त्र जप्ने र नदीको नाम लिने समेत विधी शास्त्रमा उल्लेख छ ।
नुहाउने क्रममा टाउकोमा भन्दा जिउमा पहिले पानी हाल्ने कामलाई पनि अशुभ मानिएको छ । नुहाउँदा शरीरमा भन्दा पहिले टाउकोमा पानी हाल्नु बैज्ञानिक दृष्टीले समेत राम्रो मानिन्छ । हाम्रो शरीरमा गर्मी शीरबाट उत्पनन् भएर खुट्टा सम्म पुग्ने भएकाले नुहाउँदा शीरमा पानी हालेर पछि जिउमा हाल्दा शितलता पनि त्यसरी नै प्रसारित हुन्छ ।

ब्रह्म स्नान
विहान ४ देखि ५ बजेको विचमा गरिने स्नानलाई ब्रह्म स्नान भनिन्छ । यो समयमा नुहाउने ब्यक्तिलाई इष्ट देव र कुलायनको विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ । ।

ऋषि स्नान
आकाशमा तारा भएकै समयमा विहान सवेरै नुहाउने कार्यलाई ऋषि स्नान भनिन्छ । यो स्नानलाई पनि निक्कै उत्कृष्ठ मानिएको छ ।

दानव स्नान
साँझ वा सूर्यास्त पछि नुहाउने कार्यलाई सबै भन्दा अशुभ मानिन्छ । सूर्योदयको समयमा वा रातिको समयमा नुहाउने कार्यलाई दानव स्नान भनिन्छ । शास्त्रमा ब्रह्म स्नान, देव स्नान या ऋषि स्नान गर्नु राम्रो भनेको छ । यही सर्वश्रेष्ठ स्नान हो ।
रातिको समयमा नुहाउनु बैज्ञानिक र धार्मिक दृष्टिले खराव र अशुभ मानिएको छ ।
/nepaliheadlines.com

Thursday, November 20, 2014

बिहिबार जन्मेका व्यक्तिहरुले अवश्य पढ्नुहोस् यी कुराहरु

थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।

भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले बिहिबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः
१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भनेकै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
६. स्वतन्त्रता तपाईंलाई मनपर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
७. तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
८. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुुनुहुन्छ ।
१०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
१२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् । (एजेन्सी)

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Tuesday, November 18, 2014

कुन बार जन्मिने मान्छेको स्वभाव र भाग्य कस्तो

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ ।

ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबारः
पुरुष
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।
स्त्री
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः
पुरुष
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।
स्त्री
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः
पुरुष
मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।
स्त्री
ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः
पुरुष
बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।
week days birth meaning 2
स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः
पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

स्त्री
जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः
पुरुष
शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।
स्त्री
कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।
शनिबारः
पुरुष
जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।

स्त्री
शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।http://aajkoonline.blogspot.co.il/ भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Monday, November 17, 2014

अञ्जुलीमा पानी कहिल्यै पनि नपिउनुस्

हाम्रो जीवनमा पानीको निक्कै ठूलो महत्व छ । पानी विना जीवन नै सम्भव छैन । धर्म ग्रन्थमा पनि पानी सम्बन्धी विभिन्न कुरा उल्लेख छ ।
शास्त्रका अनुसार जुन घरमा पानीको दुरुपयोग हुन्छ त्यहाँ सधैव धनको अभाव हुन्छ । धनकी देवी लक्ष्मी पानीको अनावश्यक खर्च हुने नबस्ने उल्लेख छ ।
शास्त्रमा पानी सम्बन्धि निम्न कुरा उल्लेख छ ।

अञ्जलीमा पानी पिउनु हुँदैन
धर्म शास्त्रमा अञ्जलीले पानी पिउनु नराम्रो मानिएको छ । पानीको संरक्षणका लागि पनि यसो गर्नु नराम्रो मानिन्छ ।
न वार्यञ्जलिना पिबेत-मनुस्मृति, स्कंदपुराण
जलं पिबेन्नाञ्जलिना-याज्ञववल्क्यस्मृति
यो श्लोक भन्छ कि पानी अञ्जुलीले पिउँदा बाहिर बढी पोखिन्छ र पानी नाश हुन्छ ।

जुन घरमा पानीको थोपा तप तप चुहिन्छ त्यस्तो घरमा लक्ष्मी नबस्ने र धनको अभाव हुने शास्त्रमा उल्लेख छ ।


स्कन्दपुराणका अनुसार
मलं मूत्रं पुरीषं च श्लेश्म: निष्ठीनाश्रु च।
गण्डूषाश्चैव मुञ्चन्ति ये ते ब्रह्ममहणै: समा:।।
अर्थात जुन मानिसले नदी, तालाउ वा कुवाको पानीमा दिशा पिसाव, थूक, कुल्ला गर्छ वा फोहो फ्याँक्छ त्यस्ता ब्यक्ति पनि कहिल्यै धनी हुन नसक्ने उल्लेख छ ।




रातमा नुहाउनु अशुभ
आजकल मानिसहरुले रातिमा नुहाउँछन् । तर धर्म शास्त्रमा रातिमा स्नान गर्नु अशुभ रहेको उल्लेख छ ।

निशायां चैव न स्नाचात्सन्ध्यायां ग्रहणं विना।
अर्थात रातिको समयमा नुहाउनु हुँदैन । तर ग्रहण लागेको समयमा भने ग्रहण सकिए लगत्तै रातकै समय भएपनि नुहाउनु राम्रो हुन्छ ।
nepaliheadlines भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Sunday, November 16, 2014

जोतिश शास्त्र अनुसार यस्ता चिन्ह हुने भाग्यमानी

शरीरका विभिन्न भागका बनौट र त्यहाँ रहेका रेखाका आधारमा मानिसको भाग्य र स्वभाव बताउन सकिने बताउँछ । हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्वपूर्ण हुने यो शास्त्रको भनाइ छ ।

यहाँ समुन्द्र शास्त्र अनुसार खुट्टामा हुने चिन्हको अर्थबारे चर्चा गरिएको छ ।
समुन्द्र शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथिमा माथितिर गएको रेखा छ भने यस्ता ब्यक्ति भोगी र विलाशी हुन्छन् । यस्त ब्यक्ति समाजमा प्रतिष्ठित पनि हुन्छन् । यिनीहरु भाग्यमानी हुन्छन् र धनी पनि ।
त्यस्तै समुन्द्र शास्त्रका अनुसार कुनै ब्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता ब्यक्ति धनी हु्न्छन् । यिनीहरुलाई कमाउनका लागि मेहनत गर्नु पर्दैन ।
जसको पैतालमा त्रुशुलको चिन्ह छ त्यस्ता ब्यक्ति निक्कै भाग्यशाली हुन्छन् । सरकारी जागिर वा उच्च पद प्राप्त हुने ब्यक्तिको पैतलामा यस्तो चिन्ह हुन्छ ।
जस्को पैतालामा बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह हुन्छ त्यस्ता ब्यक्ति महापुरुष हुन्छन् । यस्ता ब्यक्तिलाई विश्वले चिन्छ ।
जसको पैतालामा मध्य भागमा अर्धचन्द्राकर रेखा छ त्यस्ता धनी भएपनि धनको मतलव नगर्ने हुन्छन्।
पैतालामा अंग्रेजी अक्षर T जस्तो आकृति छ भने त्यस्ता ब्यक्ति भाग्यशाली हुन्छन् । यस्ता ब्यक्तिले ब्यापारमा निक्कै सफलता पाउँछन् ।source online khabar
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Friday, November 14, 2014

यस्तो चिउँडो भएका हुन्छन् ठग र फटाहा

मानिसको अनुहारमा भएका हरेक अंगको आफ्नै महत्व छ । खासगरी मानिसलाई सुन्दर बनाउन अनुहारका अंगहरु महत्वपूर्ण हुन्छन् । तर समुन्द्र शास्त्रका अनुसार अनुहारका अंगहरुको सौन्दर्यजनक मात्र नभएर अरु पनि विभिन्न महत्व छन् । त्यस्तै महत्वपूर्ण अंग हो चिउँडो ।

मानिसका स्वभाव, गुण अवगुण थाहा पाउन उसको चिउँडो हेरे पुग्ने समुन्द्र शास्त्रको दावी छ । थाहा पाउनुस् कस्तो चिउँडोको अर्थ के ?
सलक्क परेको चिउँडोः
तल माथि मिलेको र सोझो परेको चिउँडो शुभ मानिन्छ । यस्तो चिउँडो भएका ब्यक्ति सत्य बोल्ने र नियम पालना गर्ने हुन्छन् । यस्ता ब्यक्ति गम्भिर र कम बोल्ने स्वभावका पनि हुन्छन् । यिनीहरुको भनाइ अस्वीकार गर्न नसकिने खालको हुन्छ । यिनीहरु प्रेम गर्दा पनि निस्वार्थ भावले गर्छन् । यस्तो चिउँडो भएकाहरु आर्थिकरुपमा पनि बलिया हुन्छन् ।



गोलो चिउँडोः यदि कसैको चिउँडो गोलो आकारको छ भने यस्ता ब्यक्ति भावुक हुने र साना साना कुरामा पनि भड्किने हुन्छन् । यस्ता ब्यक्तिले हरेक काम हतारमा गर्छन् र काम विगार्छन् पनि । आफूलाई क्रोधी देखाउने यिनीहरुको स्वभाव हुन्छ । क्रोधको समयमा उत्तेजित भएर असंयमित काम समेत गर्छन् । यस्त ब्यक्तिहरु आफ्नो कुरामा अडिग हुन्छन् र स्पष्ट कुरा गर्छन् ।

अण्डाकार चिउँडोः अण्डाकार चिउँडो पनि शुभ मानिन्छ । यस्तो चिउँडो हुनेहरु चकचके र कलाप्रेमी हुने बताइन्छ । यिनीहरु ब्यवहारिक र उच्च विचारका समेत हुन्छन् । यस्ता ब्यक्तिले कला क्षेत्रमा चर्चा कमाउँछन्



लामो चिउँडोः जुन ब्यक्तिको चिउँडो लाम्चो आकारको हुन्छ त्यस्ता ब्यक्तिमा धेरै गुण हुन्छन् । यस्ता ब्यक्ति स्थिर स्वभावका हुन्छन् एउटा काम थालेपछि त्यसलाई पुरा गर्छन् । काम पुरा नगरी थकाइ नमार्ने यिनीहरुको चलन हुन्छ ।

सानो चिउँडोः सानो चिउँडो भएका ब्यक्ति आल्छी र असन्तोषी हुन्छन् । यस्ता ब्यक्ति समस्याबाट भाग्छन् । यिनीहरुको महत्वाकाँक्षा हुँदैन । कामचोर र ठग स्वभाव हुन्छ ।

बाहिर निस्किएको चिउँडोः  बाहिर उछिट्टिएको चिउँडो भएका ब्यक्ति कर्मठ हुन्छन् । यस्ता ब्यक्ति धुर्त र कपटी समेत हुन्छन् । यस्ता ब्यक्तिलाई भरोसा गर्न सकिन्न् ।


बर्गाकार चिउँडोः जुन ब्यक्तिको चिउँडो समकोण भएको हुन्छ । यस्ता ब्यक्तिलाई आर्थिक समस्या पर्दैन । यिनीहरुको कामुकता बढी हुन्छ र काम बासनाका लागि धन दौलत खर्च गर्न पनि पछि पर्दैनन् ।
nepaliheadlines.com

Monday, November 10, 2014

विहान उठेपछि अनिवार्य गर्नुस् यी ३ काम

विहान सवेरै उठ्नु राम्रो भन्ने हाम्रो पुरानो संस्कार पछिल्लो समयमा वेवास्ता हुन थालेको छ । मानिसहरु ढिलो सम्म जागै बस्ने र विहान ढिला सम्म सुत्ने चलन बढि देखिन्छ ।
तर खासमा सूर्योदय हुनु अघि नै उठ्नु स्वास्थ्यका दृष्टिले निक्कै राम्रो मानिन्छ । सूर्योदय अघिको समयलाई ब्रह्म मुहूर्त भनिन्छ ।
यो पुरानो परंपरा हो । हुन त विहान सवेरै उठ्न धेरैलाई गाह्रो पर्छ तर विहान सबेरै उठ्नु उत्तम मानिन्छ ।

विहानमा गर्ने पर्ने ३ कामःmorning rule

उठ्ने वित्तिकै  तामाको भाँडाको पानी पिउनुस्
सूर्योदय अघि उठेर पानी पिउनु राम्रो मानिन्छ । यसलाई उशा पान पनि भन्ने गरिन्छ । विहान पिइएको पानीले शरीरमा रहेको विकारलाई बाहिर पठाउन मद्दत गर्छ । त्यति मात्र होइन सवेरै पानी पिउँदा विभिन्न रोगबाट समेत बँच्न सकिन्छ । यसले हाम्रो त्वचा पनि राम्रो बनाउँछ । विहानमा तामाको भाँडोमा राखेको पानी पिउनु सबै भन्दा उत्तम मानिन्छ ।



हत्केलाको दर्शन
विहान उठ्ने वित्तिकै सबै भन्दा पहिलो काम हत्केलाको दर्शन गर्नु पर्छ भनेर ऋषिमुनीहरुले भनेका छन् । यसले हाम्रो दिनलाई शुभ बनाउने शास्त्रमा उल्लेख छ । हत्केलाको दर्शनपछि हामीले भूमिको दर्शन गर्नु अर्थात जमिनमा ढोग्नु राम्रो मानिन्छ । यसो गर्दा स्वास्थ्य र धन दुवै लाभ हुने बताइएको छ । विहान सवेरै उठ्ने ब्यक्तिको अनुहारमा कान्ति हुने हुन्छ । यसले छालालाई राम्रो राख्छ भने छिटो बुढो देखिने समस्याबाट पनि मुक्ति दिन्छ ।

योग ध्यान
विहान उठ्ने वित्तिकै योगा वा ध्यान गर्नु उत्तम मानिन्छ । विहानको हावा र वातावरण कम प्रदुषित हुने र तनाव पनि कम हुने हुँदा यो समयमा ध्यान गर्दा दिनभर दिमाग एकतृत गर्न सकिने विज्ञहरुको भनाइ छ । विहानको हावा स्वास्थ्यवर्धक मानिन्छ । विहान सवेरै उठेको ब्यक्ति दिनभर फ्रेस रहन्छ ।


धार्मिक महत्व
शास्त्रका अनुसार विहान ढिला उठ्दा धेरै कुरा नकारात्मक हुन्छ । अरु उठ्नु अघि नै उठेर आफ्ना नित्य कर्म गर्ने ब्यक्तिलाई दिनभरी सकारात्मक विचार आउने र उर्जा कायम रहने शास्त्रमा उल्लेख छ ।
- See more at: http://nepaliheadlines.com/2014-11-04-10-15-35.html#sthash.fq3RNPzf.dpuf

Saturday, November 8, 2014

कुन कुन राशिलाई हुन्छ प्रेममा समस्या

मेष राशि

मेश राशिका जोडीकोबीचमा समस्या आइरहन्छ तर कुनै पक्षले अलिकति मात्र समझदारी पुर्‍याएमा भने समस्या समाधान हुन समय लाग्दैन ।


वृष राशि

यो राशिका जोडीलाई विवाह बचाउँन मुस्किल पर्छ । खासगरी यो राशिका पुरुष कतिबेला प्रेमी बन्ने कि जीवनसाथी भन्ने अलमलमै जीवन विताउँछन् ।


मिथुन राशि

मिथुन राशिका ब्यक्ति आपसी समझदारी कायम राख्न सबै भन्दा उत्कृष्ठ मानिन्छन् । यो राशिका ब्यक्तिले प्रेमी प्रेमिकालाई साथ पनि दिन्छन् ।

कर्कट राशि

कर्कट राशिका ब्यक्तिलाई प्रेममा समस्या आइरहन्छ । खासगरी स्वास्थ्य समस्या हुने भएका कारण यो राशिका ब्यक्ति कम बोल्ने हुन्छन् । जसले सम्बन्धमा समस्या आइरहन्छ ।

सिंह राशि

सिंह राशिका ब्यक्तिको प्रेम निकटतामा मात्र सम्भव हुन्छ । टाढा हुने वित्तिकै यिनीहरुसँग सम्बन्धमा समस्या आउँछ । यो राशिका ब्यक्ति प्रेमी प्रेमीकासँग नछुट्टिनु बुद्धिमानी हुन्छ ।


कन्या राशि

कन्या राशिका ब्यक्तिको प्रेममा धेरै उतार चढाव आउँदैन । यिनीहरुको सम्बन्ध निक्कै बलियो हुने हुँदा चाहेर पनि छुटाउन सकिँदैन । तर यो राशिका ब्यक्ति प्रेम ब्यक्त गर्न र परिवारमा भन्न भने डराउँछन् ।

तुला राशि

तुला राशिका ब्यक्ति प्रेमलाई भन्दा प्रतिष्ठालाई महत्व दिन्छन् । यसले कहिले काँहि प्रेम सम्बन्धमा समस्या ल्याउन सक्छ । कहिले काँहि यिनीहरुको घमण्डले प्रेम नै टुक्रिन सक्छ । तर कहिले भने अत्याधिक झुक्ने बानी समेत यिनीहरुमा हुन्छ ।

वृश्चिक राशि

यो राशिका ब्यक्ति प्रेमको विषयमा निक्कै धेरै सोंच्छन् । सोंच्ने बढी र प्रेम ब्यक्त कम गर्ने समस्या यो राशिका ब्यक्तिमा हुन्छ । यो राशिका ब्यक्तिको प्रेममा उतार चढाव आइरहन्छ ।

धनु राशि

धनु राशिका ब्यक्तिको प्रेममा समस्या आइरहन्छ । प्रेम, जीवन, निजी जीवन तथा कार्यक्षेत्रमा सन्तुलन मिलाउन नसक्दा यिनीहरुले प्रेममा झन्झटको सामना गर्छन् ।

मकर राशि

मकर राशिका ब्यक्तिले अहंकार देखाउने भएका कारण प्रेममा झन्झट ब्यहोर्छन् । यो राशिका ब्यक्तिले प्रेमी प्रेमीकासँग रवाफ देखाउँछन् । यसका कारण प्रेम सम्बन्धमा मधुरता समाप्त हुँदै जान्छ ।

कुम्भ राशि

कुम्भ राशिका ब्यक्तिको जीवनमा सामान्य सामान्य कुराले पनि प्रेम सम्बन्ध गाढा हुने र सामान्य कुराले सम्बन्ध टुट्ने हुन्छ । यो राशिका ब्यक्ति प्रेममा नयाँ पन ल्याउने प्रयास गरिरहन्छन् जुन कहिलेकाँहि प्रेम टुट्ने कारण नै बनिदिन्छ ।

मीन राशि

मीन राशिका ब्यक्तिले प्रेमलाई अत्याधिक महत्व दिन्छन् । अनावश्यक महत्व दिने भएका कारण यो राशिका ब्यक्ति प्रेममा दुःखी भैरहन्छन् । आफ्नो निजी जिन्दगी र प्रेम तथा कार्यालय वा ब्यापारको बिचमा दुरी कायम राख्न सक्दैनन् । अनि समस्या परिरहन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस