Showing posts with label फिल्मी. Show all posts
Showing posts with label फिल्मी. Show all posts

Thursday, November 27, 2014

प्रियंकाको सम्पत्तीमा देह व्यापार

हालै मात्र मुम्बई प्रहरीले एक ‘स्पा’मा छापा मारेर देह व्यापारमा संलग्न केही महिलाहरुलाई पक्राउ गरेको छ । बलिउड नायिका प्रियंका चोपडा उक्त घरकी मालिक्नी रहेको खुल्न आएको छ ।
भारतको चर्चित पत्रिका ‘मिड डे’ ले यो कुराको खुलासा गरेको छ । देह व्यापार संचालन भैरहेको कोठाको नजिकै प्रियंकाको आमाको क्लिनिक पनि रहेको बताइन्छ । प्रहरीले देह व्यापारको आशंकामा उक्त कोठामा छापा मारेको हो । ‘करिश्मा स्पा एन्ड ब्यूटी सेन्टर’मा देह व्यापारको आशंका गर्दै प्रहरीले आफ्ना मानिसहरुलाई सुराकीको लागि पठाएको थियो । यो स्पाकी मालिक्नी सोनु अहिले फरार छिन् । सोनु पक्राउ परेपछि मात्र प्रियंका र उनीविच कस्तो खालको संझौता भएको थियो भन्ने खुल्ने प्रहरीको भनाई छ । यस बिषयमा नायिका चोपडाको कुनै भनाई सार्वजनिक भएको छैन । www.onlinekhabar.com

काठमाडौँमा बिदेशी सुन्दरीको घूईंचो : किन आए यतिका सुन्दरीहरु

१८ औ सार्क शिखर सम्मेलनको अवसरमा ‘हस्तकला महासंघ’ले काठमाडौका तारे होटलमा सार्क हस्तकला प्रदर्शनीसागै फेशन शो सम्पन्न गरेको छ । १२ औं हस्तकला ब्यापार मेला समापनको अवसरमा विषेश फेशन शो समेत गरिएको थियो ।

फेशन शोमा नेपाली हस्तकलाका सामग्री प्रयोग गरिएको थियो । नेपाली मोडलहरुको बाहुल्यता रहेको कार्यक्रममा एउटा सिक्वेन्समा भने सार्क शिखर सम्मेलनमा सहभागी सबै मुलुकका मोडलले क्याटवाक गरेका थिए ।
मालदिभ्सवाट कलाकार आउनु भएको थिएन, अरु देशका कलाकारलाई हामीले र्‍याम्पमा प्रस्तुत गर्‍यौं ।’ कार्यक्रम संयोजक सनम शाक्यले भने । कार्यक्रममा नेपाल लगायत भारत, पाकिस्तान, मालदिभ्स, अफगानिस्तान, भुटान, श्रीलंकाको पोशाक प्रस्तुत गरिएको थियो ।
एजेन्सी भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Sunday, November 23, 2014

सिनेमा भन्दा पनि चर्चित भयो सलमानको बहिनीको विवाह

सुपर स्टार बलिउड सलमान खानकी बहिनी अर्पिताको विवाहको रिसेप्सन पार्टी शुक्रबार मुम्बईस्थित ताज होटेलमा सम्पन्न भएको छ । गत मंगलबार हैदराबादस्थित होटल फलकानुमा सम्पन्न वैवाहिक कार्यक्रममा जस्तै रिसेप्सन पार्टीमा पनि राजनीतिज्ञ, उद्योगपतिदेखि बलिउड सेलिब्रेटीको लर्को लागेको थियो ।



खान परिवारको निम्तोमा कलाकार आमिर खान, शाहरुख खान, अजय देवगण, ऋतिक रोशन, गाविन्दा, कट्रिना कैफ, करण जोहर, सुनिल सेट्ठी, अनिल कपुर सहभागी थिए ।

त्यसैगरी उद्योगपति मुकेश आम्बानीदेखि प्रियंका चोपडा, दिया मिर्जा, सोनाक्षी सिन्हा जरिन खान, ज्याकलिन फर्नान्डेज, किरण राव, मिका सिंह, आदित्य रोय कपुर, तुषार कपुर, वरुण धवन, कवीर खान, रीतेष देशमुख, जेनेलिया, इमरान खान, फराह अख्तर, बोनी कपुर, मान्यता दत्त, श्रद्धा कपुर, रणवीर कपुरकी बहिनी रिद्धिमा कपुरलगायत बलिउडका दर्जनौं हस्ती होट ताज पुगेका थिए ।

बलिउड अभिनेता आमिर खान आफ्नी धर्मपत्नीका साथ भोजमा सहभागी भएका थिए ।

रिसेप्सन पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरिए पनि व्यस्ताताका कारण आउन नसकेको बताइएको छ । पछिल्ला केही दिन बलिउडमा तरंग ल्याएको अर्पिताको विवाहले चलचित्र गतिविधिलाई पनि छायामा पारिदिएको छ ।
एजेन्सी

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Tuesday, November 18, 2014

छोराको फिल्म हिट गराउन नायक भुवन केसीले बिद्यार्थी पक्राएको खुलासा

काठमाडौ–कलेज ड्रेसमा फिल्म हेर्न गएका १३ बिद्यार्थीलाई नेपाली चलचित्रका नायक भुवन केसीले पक्राउ गराएको खुलासा भएको छ । केही दिनअघि गोपिकृष्णहलबाट ड्रेसमै १३ बिद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो । आफ्ना छोरा अनमोल केसीले अभिनय गरेको चलचित्र जेरीलाई प्रचार गराउन भुवनले यस्तो चाल चलेको प्रहरीले बताएको छ । बिद्यार्थीहरुलाई छोरा अनमोल मार्फत फिल्म हेर्ने निम्ता दिएका केसीले पछि प्रहरीबाट पक्राउ गराएका थिए । उनले छोराको चलचित्रको प्रचार गराउन यस्तो शैली अपनाएको प्रहरीले ठहर गरेको छ । फिल्म राम्रो भएकोले पढाई छोडेर बिद्यार्थी हल पुगेको प्रचार गराउन उनले यस्तो हर्कत देखाएका हुन् । तर प्रहरी पक्राउ गरेका केही बिद्यार्थीहरु जेरी भन्दा पनि हिन्दी फिल्म हेर्न पुगेका थिए ।

 आफु माफर्त छोराले निम्तो दिएका बिद्यार्थी हल पुग्न साथ नायक भुवनले गौशलाका प्रहरी प्रमुख डीएपी राकेश सिंहलाई फोन गरेका थिए । फिल्म सुरु हुनु भन्दा अगाडी नै प्रहरी पुगेर बिद्यार्थीलाई अपराधी जस्तै गरि प्रक्राउ गरिएको थियो । कलेज ड्रेसमा फिल्म हेर्न जान नपाइने निमय छैन । तर नायक केसीको आग्रहमा प्रहरीले बिद्यार्थीलाई अपराधी सरह पक्राउ गरि ट्रकमा राखेको छ । बिद्यार्थीलाई अपराधी सरह ब्यवहार गरेपछि अहिले प्रहरीको चौतफी बिरोप पनि भइरहेको छ ।

नायक भुवन केसीले बिद्यार्थी पक्राउदाँ प्रहरीलाई मात्र खवर गरेनन् टेलिभिजनका पत्रकार समेत बोलाएको रहस्य खुलेको छ । केही पत्रकारहरुलाई उनले पहिले नै हलमा पुरयाई सकेको थिए भने केही टेलिभिजन पत्रकारलाई बिद्यार्थी हलमा देखेपछि बोलाएका थिए । प्रहरीले पक्राउ गरेपछि पनि टेलिभिजनका क्यामरामेन र पत्रकार नपुगेसम्म त्यहाँबाट लिन उनले दिएका थिएनन् । बिद्यार्थीहरु पक्राउ परे लगतै ३ सय बिद्यार्थी पक्राउ परेको जानकारी टेलिभिजनहरुलाई नायक केसीले दिएका थिए ।
आफ्ना छोराले अभिनय गरेको फिल्मलाई प्रोपगान्डा बनाउन उनले प्रहरीलाई प्रयोग गरि बिद्यार्थीको चरित्रमाथी खेलवाड समेत गरेको चर्चा चलचित्र क्षेत्रमा अहिले चर्चित बनेको छ

/onlinedainik.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Thursday, November 13, 2014

कट्रिनाका लागि घर छाड्दिनः रणबीर

मुम्बई । अभिनेता रणबीर कपुरले कट्रिना कैफको कारण घर छोड्न लागेको भन्ने खबरको खण्डन गरेका छन् । केही समयअघि मात्रै रणबीरले पुख्र्यौली घर छाडेर नयाँ घरमा बस्न लागेको सार्वजनिक भएको थियो । ‘मैले घर छाड्ने भन्ने कुरा पुरै गलत हो, त्यस्तो कुनै योजना छैन ।’ रणबीरले एजेन्सीसँग कुरा गर्दै भनेका छन् । अहिले आफ्नो पुख्यौली घरमा मर्मत सम्भारको काम भइरहेको बताउँदै रणबीर क्याटरिनासँगैको सम्बन्धको विषयमा भने खुल्न चाहेनन् । एक विज्ञापनको सुटिङका लागि नयाँ दिल्ली पुगेको बेला संवाददातासँग कुरा गर्दै रणबीरले भने ‘एउटा पुरुष आफ्नो घर छाडेर वर्षौ बाहिर बस्न सक्छ । तर, श्रीमतीकै घरमा जीवन बिताउने सपना कहिल्यै पाल्दैन । ३२ वषिर्य रणबीर र ३१ वषिर्य कटि्रनाविच बिबाह हुन सक्ने हल्ला ब्यापक छ ।
 http://www.onlinekhabar.com

Wednesday, November 12, 2014

'बरु विहे गर्दिन, कसैका लागि बदलिन सक्दिन'

बलिउडका 'हिरो' सलमान खानले आफू कसैसँग विवाह गर्नकै लागि बदलिन नसक्ने बताएका छन् । उनका फ्यानले सलमानले कहिले विवाह गर्लान भनेर चर्चा गरिरहेको समयमा सलमानले भने आफू कसैको श्रीमान बन्ने खाले नरहेको बताएका हुन् ।
salman-khan Sangita Bijlani
'शुरुमा म पनि विवाह गर्न चाहन्थें भएन' 'सञ्जय दत्तले पूर्व पत्निको सम्झना आउने र छोरा छोरीको साह्रै माया लग्ने बताउँदा म तयार नै भएको थिएँ'
'तर जव म सँग सञ्जयले कुरा गर्दै थिए त्यहीबेला उनकी पत्नी रेहको फोन आयो अनि उनले जे पायो त्यही भने अनि मलाई थाहा भो अहिले सम्म मलाई भनेका कुरा झुट् हुन् भनेर' एक पत्रिकासँग कुरा गर्दै सलमानले भनेका छन् ।

Salman with Katrina and his sister
मलाई बच्चा मन पर्छ तर बच्चासँग त आमा पनि हुन्छ- मजाक गर्दै सलमानले भनेका छन् ।
'विवाह नगरी बस्न सक्छु तर कसैका लागि बदलिन सक्दिन' सलमानको भनाइ छ ।

Salman with Daisy Shah
सलमान खानले ऐश्वर्य राय, संगीता बिजलानी, क्याट्रिना कैफ, सोमी अली लगायतका चर्चित सुन्दरीहरुसँग रोमान्स गरेका थिए । पछिल्लो समय उनी श्रीलंकाली मूलकी बलिउड अभिनेत्री ज्यालिनसँग नजिकिएको चर्चा छ ।
- See more at: http://nepaliheadlines.com/2014-07-17-08-16-57.html#sthash.liJM1oBF.dpuf भिडियो तल छ

आठ बर्षपछि सँगै फिल्म खेल्दै रेखा र निखिल : हिरोसँग रेखाको दोस्ती र दुस्मनी श्रृंखला



काठमाण्डौं। कुनै बेला नेपाली सिने नगरी रेखा र निखिलको आरोप प्रत्यारोप र सार्वजनिक गालीगलौजका खवरले तरंगित थियो । झण्डै तँतँ-मम को अबस्थामा एकअर्काबिरुद्ध उत्रिएका यी दुई स्टार त्यसयता सँगै पर्दामा देखिएनन्, बोलचालसमेत बन्द थियो ।
तर, बागमतिमा धेरै पानी बगिसक्यो र उनीहरुको ‘इगो’मा पनि ठेस लाग्दै गयो । आठ बर्षपछि फेरी यो जोडीले मित्रताको हात बढाएपछि त्यसको प्रतिफल पनि आएको छ ।
रेखा र निखिल आठ बर्षपछि एउटै फिल्ममा काम गर्दैछन् । सविर श्रेष्ठको निर्देशन र गोपाल कायस्थको निर्माणमा बन्न लागेको ‘लुटेरा’मा रेखा र निखिल सँगै काम गर्दैछन् ।
कसरी भयो मिलन ?
उनिहरु किन एउटै फिल्ममा कामका लागि राजी भए ? यसबारे अनेक टिप्पणी भइरहेको भए पनि मुख्य कारणचाहिँ कमजोर बजार भाउ नै हो । कुनै समय निखिल र रेखा यस्तो ‘डन’ मानिन्थे, उनीहरुले अभिनय गर्ने भएपछि जति पैसा पनि लगानी गर्न तयार हुन्थे निर्माता । निखिल र रेखा मात्रै यस्ता कलाकार हुन् जसले माग गरेको पारिश्रमिक सजिलै पाउथे ।
त्यहि दम्भको कारण उनीहरु एक अर्कालाइ मान्छे गन्दैन थिए । ‘मेरो अगाडी उ कोही होइन’ भन्ने भ्रम थियो । यहि दम्भकै कारण आठ वर्ष अगाडी घोषणा गरेका थिए ‘एक अर्कासँग फिल्म नखेल्ने ।’ तर, दुवैलाई समयले धेरै अगाडी हुत्याइदियो र मित्रताको हात फैलाए ।
हिरोसँगको झगडामा रेखा अगाडी
निखिलसँग मनमुटाब सुरु हुँदै गर्दा बिराज भट्टसँग सम्बन्धको हात बढाएकी थिइन् रेखाले । प्रसंग ७ वर्ष अघिको हो । उनका पूर्व श्रीमान छवि ओझा उज्वल घिमिरेको निर्देशनमा ‘किस्मत’ नाम राखेर फिल्म बनाउने तयारीमा थिए भने हिरो फाइनल गर्ने जिम्मा रेखाकै थियो ।
छवि र उनको सम्बन्ध यति राम्रो थियो कि फिल्मको विषय छविले छान्थे भने हिरो हिरोइन रेखाले । किस्मतको हिरोको रुपमा छनौट भए बिराज भट्ट र आर्यान सिग्देल । सुटिङ हुँदै गर्दा रेखाको अभिब्यक्ति आयो -‘अब फिल्म उद्योगमा निखिलको जरुरी छैन, निखल भन्दा धेरै राम्रो अभिनय गर्ने बिराज आइसके ।’
‘किस्मत’को सुटिङ सुरु हुँदा बिराजको प्रसंसा सुरु गरेकी रेखाले किस्मत रिलिज हुँदा नहँुदै बिराजको आलोचना गर्न सुरु गरिसकेकी थिइन् । किस्मत रिलिजताका उनको बुझाइमा बिराज ‘खत्तम’ भैसकेका थिए भने नेपालकै ‘नम्बर वान’ हिरो बनेका थिए आर्यन सिग्देल ।
अन्ततः रेखा र बिराजको सम्बन्धको नियति पनि रेखा र निखिलको जस्तै भयो । दुबैले सँगै फिल्म नखेल्ने घोषणा गरे । तर, रेखा र आर्यान भने निकै घनिष्ट थिए । रेखा फिल्मसकै ब्यानरमा अर्को फिल्म बन्यो ‘कसले चोर्‍यो मेरो मन’ । आर्यान र रेखाले मुख्य भुमिका निर्वाह गरे उक्त फिल्ममा । रेखाकै भाषामा सुटिङ हुँदै गर्दा आर्यान मुलुककै निकै सभ्य नायक थिए भने फिल्म रिलिज हुँदा ताका सबै भन्दा असभ्य भैसकेका थिए । रेखा र आर्यानको जुहारीले गसिप बजार राम्रै चल्यो एक ताक ।
एकपछि अर्को हिरोसँग सम्बन्ध बिग्रदै गएपनि रेखोको फिल्मी करिअरलाई खासै असर परेको थिएन । होम प्रोडक्सन बाहेक पनि वर्षमा ३/४ वटा फिल्म खेलेकै हुन्थिन् । उनमा एकखालको दम्भ थियो ।
आर्यानसँग सम्बन्ध बिग्रे लगत्तै उनको हिमचिम सुरु भयो आयुष रिजालसँग । रेखा फिल्मसकै ब्यानरमा बनेको हिफाजतमा आयुषले मुख्य मुख्य भुमिका निर्वाह गरेका थिए । तर, हिफाजतले बजारमा खासै कमाल गर्न सकेन ।
आयुष र रेखाको सम्बन्ध बिग्रेको छैन तर, रेखाले आयुषलाई भन्दा धेरै भाउ दिन्छिन् किशोर खतिवडालाई । पछिल्लो समय निर्माता सुदर्शन गौतमसँग दोस्ती बढाएकी रेखाको विषयमा अर्को टिप्पणी हुने गरेको छ -‘रेखाले सुदर्शनलाई निकालेको खबर आयो भने आश्चर्य नमान्नु ।’


http://www.onlinekhabar.com/2014/11/205567/#sthash.j8uYvSI9.dpuf भिडियो तल छ

Tuesday, November 11, 2014

रणवीर र दीपिका सँगसँगै

मुम्बई : बलिउड अभिनेत्री दीपिका पादुकोण चलचित्र 'ह्याप्पी न्यु इअर' को सफलतापछि अर्को चलचित्र 'बाजी मारो मस्तानी' को छायांकनमा जुटेकी छन्। यस चलचित्रमा उनी रणवीर सिंहका साथ देखिने भएपछि बलिउडमा यो प्रेमजोडीको चर्चा अझ बढेको छ। 

रणवीर कपुरसँगको प्रेमसम्बन्ध ब्रेकअप भएपछि लामो समय विक्षिप्त बनेकी उनको घायल मनमा अर्का रणवीरले मलम लगाइदिएका हुन्। रणवीर सिंह पनि अनुस्का शर्मासँग सम्बन्ध बिग्रेपछि कसै न कसैको सहारा खोजिरहेका थिए। मन मिलेपछि उनीहरू पछिल्लो समय प्रेममा डुबेका हुन्।

कतिसम्म भने उनीहरू एकअर्कालाई भेट्ने, सँगै समय बिताउन सात समुद्रपारिसमेत जाने गर्छन्। अब एकै चलचित्रमा सँगसँगै काम गर्न पाउने भएपछि दुवैजना मक्ख छन्। तर अझै पनि उनीहरू आफ्नो सम्बन्ध लुकाउने प्रयास भने गरिरहेका छन्।

दीपिकाले आफू मिस्टर राइटको पखाईमा रहेको बताएर सम्बन्ध लुकाउन खोजेको पुष्टि गरेकी हुन्। अहिले आफू कुनै खास सम्बन्धमा बस्न तयार नभएको भन्दै उनले तत्काल विवाहको योजना नरहेको प्रस्ट पारेकी छन्।

 'म पहिला रिलेसनमा फसेकी थिएँ। त्यो बे्रकअप पनि भइसकेको छ', उनले भनेकी छन्, 'म धेरै संवेदनशील र भावुक भएकाले रिलेसनमा रहन गाह्रो लाग्छ।'-एजेन्सी
http://annapurnapost.com/News.aspx/story/2219#sthash.BC8Xb4fI.wb2L9zLt.dpuf

ऐश्वर्या अझै पनि सबैलाई घाइते पार्दै (फोटो फिचर)

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सुन्दरताका लागि सँधै चर्चामा हुन्छिन् । अधबैसै भइसक्दा पनि उनको सुन्दरता घटेको छैन ।
ash latest
सोमबार मात्र उनी मुम्बइमा आयोजित एक कार्यक्रममा देखिइन् । जहाँ उनको रुप र पहिरन हेर्दा धेरैका आँखा उनीमै अडिए ।
ash latest 1
तौल बढेको भनेर चर्चामा रहेकी ऐश्वर्या उक्त कार्यक्रममा भने निक्कै आत्मविश्वास बोकेकी देखिन्थिन् ।
ash latest 1 ash latest 1 ash latest 1 ash latest 1 ash latest 1

उनी सारीमा सजिएर कार्यक्रममा आउँदा त्यहाँ भएका सबैको अनुहारमा चमक आएको थियो ।

 http://nepaliheadlines.com/2014-11-11-11-11-47.html#sthash.1RPEgvzM.dpuf भिडियो तल छ

एमबीए नायिका


नेपाली चलचित्रमा अहिले चल्तीकी नायिका हुन्, केकी अधिकारी। शिक्षित कलाकारको अभाव खट्किरहेका बेला उनले एमबीए (मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन) पूरा गरी आफ्नो करिअरमा नयाँ आयाम थपेकी छन्। सम्भवत: उनी एमबीए गर्ने पहिलो नेपाली नायिका हुन्। अध्ययनप्रतिको लगावबारे अन्नपूर्णकर्मी अशोकप्यासी राईसँग उनले आफ्नो अनुभूति पोखेकी छन् : 

काठमाडौं : मैले अभिनय क्षेत्रमा लाग्ने इच्छा व्यक्त गरेपछि आमाबुवाले अध्ययनलाई सँगै लैजान सक्छौ भने हुन्छ भन्नुभयो। उहाँहरूको पहिलो सर्त नै पढाइ बिगार्न हुन्न भन्ने थियो। तिमी राम्रो र नराम्रो छुट्याउनसक्ने भइसकेकी छौ, त्यसैले पढाइ छाडेर जीवनको कुनै बिन्दुमा पछुताउनु नपरोस् भन्नुभयो। म सानैदेखि पढाइमा तेज भएकाले यसमा सम्झौता गर्ने कुरै भएन। मैले एमबीए गर्नु त्यसैको प्रतिफल हो।

शिक्षाले जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई पहिलेदेखि नै लाग्थ्यो। पढेपछि जागिरै खानुपर्छ भन्ने होइन। त्यो कुरालाई अन्य क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ भन्ने मेरो बुझाइ हो। जस्तो अहिले म नायिका। जीवनभर नायिका भएर काम गर्न सक्दिनँ। त्यसपछि के गर्ने त? तर, मसँग शैक्षिक योग्यता छ भने जे पनि गर्न सक्छु। त्यो आँट शिक्षाले नै दिने हो।

छोरीलाई एकदमै योग्य बनाउने चाहना आमामा छ। त्यो कुराले मलाई सधैं प्रोत्साहित गरिरहन्छ। यो उमेरमा अभियनसँगै एमबीए (मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन) पूरा गरेर आमबुवाको सपना साकार बनाउन पाएकोमा खुसी छु। अध्ययन र अभिनय एकसाथ अगाडि बढाउनु सजिलो थिएन। तर, मैले दुवैलाई उत्तिकै प्राथमिकतासाथ लगेँ, सम्झौता गरिनँ। शतप्रतिशत लगावका साथ अघि बढेँ।

मेरो बुझाइमा एमबीए साँच्चिकै जीवनोपयोगी छ। यो विषयबाट मैले पाएको ज्ञान अभिनय क्षेत्रमा प्रयोग गर्दै अगाडि बढ्न सक्छु। चलचित्र उद्योग योजनाबद्ध र सही व्यवस्थापनका साथ अगाडि बढ्न सकेको छैन। व्यवस्थापन हरेक क्षेत्रमा आवश्यक छ। त्यो ज्ञान र क्षमता पढेको मान्छेमा हुन्छ।

हुन त एमबीए गर्नु मलाई खासै ठूलो विषय लाग्दैन। तर, नातेदार, चलचित्रकर्मी, विभिन्न जमघटमा 'तिमी त नेपाली चलचित्रमा एमबीए गर्ने पहिलो नायिका' भनेर प्रशंसा गर्छन्। आफन्तले पनि 'चलचित्र क्षेत्रमा क्रियाशील हुँदाहुँदै मास्टर्स डिग्री गर्‍यौ, गौरव लाग्छ' भनेर स्याबासी दिन्छन्। यसरी सबैबाट प्रशंसा र स्याबासी पाउँदाचाहिँ मलाई गौरव लाग्छ।

सानैदेखि मेरो पढाइ राम्रो थियो। कक्षा १ मा हुँदा दोस्रो भएको थिएँ, त्यसपछि कहिल्यै दोस्रो भइनँ। विज्ञान र गणित मलाई मन पर्ने विषय हुन्। सामाजिक, इतिहासमा भने त्यति रुचि थिएन। मिति कण्ठ गर्नुपर्ने भएकाले गाह्रो लाग्थ्यो।

एसएलसीमा मैले जिल्ला टप गरेको थिएँ। प्लस टुमा ९६ प्रतिशत ल्याएँ। विज्ञान मलाई मन पर्ने विषय भएकाले पनि परिणाम राम्रो आएको हो। राम्रो विद्यार्थी भएकाले सबैले डाक्टर बन्नुपर्छ भनेपछि एमबीबीएसको तयारी कक्षामा लागेँ। तर, परीक्षा दिने बेलासम्ममा मैले इन्फरमेसन म्यानेजमेन्ट पढ्ने निर्णय गरेँ। त्यसैले डाक्टर बन्ने कुरा मबाट टाढा भइसकेको छ। अब यो पर्दामा अभिनयमात्रै सम्भव छ।

कतिपयमा जागिर खान, प्रमाणपत्र प्राप्त गर्नमात्रै पढ्ने भन्‍ने गलत बुझाइ देखिन्छ। तर, शिक्षा भनेको अनुशासन हो। यसले सम्भावनालाई फराकिलो बनाइदिन्छ। आत्मविश्वास बढ्छ। कुनै व्यवसाय कसरी अगाडि लैजाने भन्ने दक्षता प्राप्त हुन्छ। के सही, के गलत छुट्ट्याउने सामथ्र्य दिन्छ। त्यसैले हरेक व्यक्तिले कहिल्यै सम्झौता गर्न नहुने विषय हो, शिक्षा।
- See more at: http://annapurnapost.com/News.aspx/story/2223#sthash.X7mUJObx.pJy7giZG.dpuf

Monday, November 10, 2014

आत्म हत्या गर्ने सेलिब्रेटीहरु (तस्विर सहित)

सेलिब्रेटीहरुले आत्महत्या गर्ने ट्रेण्ड विश्वभरी देखिन्छ । नेपालमा समेत सेलिब्रेटीहरुको आत्महत्याको श्र‌ृंखला बढ्न थालेको छ । प्रसिद्धी र पैसा दुवै कमाएका यस्ता सेलिब्रेटीलाई देखेर आफ्नो जीवन पनि यस्तै भैदियोस् भन्ने प्रशंसक समेत सेलिब्रेटीको आत्महत्याले चकित पर्ने अवस्था छ ।
suicide trend

पछिल्लो पटक नेपाली सिने क्षेत्रका चर्चित निर्देशक आलोक नेम्बाङले आत्महत्या गरेपछि सेलिब्रेटीहरुमा हुने 'suicide instinct' अर्थात आत्महत्या वृत्तिको विषयमा नेपालमा पनि चर्चा शुरु भएको छ । सेलिब्रेटीहरुको आत्महत्यापछि उनीहरुले किन आत्महत्या गर्नुका कारणबारे विभिन्न कोणबाट चर्चा हुन्छन् र केही समयपछि सेलाउँछन् । यहाँ हामीले आत्महत्या गरेर संसार त्यागेका सेलिब्रेटीहरुको विषयमा चर्चा गरेका छौं ।


१ आलोक नेम्बाङ
नेपाली सिने क्षेत्रलाई स्तब्ध पार्दै पछिल्लो पटक आत्महत्या गरेका निर्देशक हुने आलोक नेम्बाङ । एक्लोपनको कारण आत्महत्याको बाटो रोजेको भनेर नेम्बाङको चर्चा भैरहेको छ । ४३ वर्षको उमेरमा पनि विवाहको चाहना नदेखाउनुले पनि उनी जीवनदेखि निराश थिए भन्ने केही सहकर्मीहरूको विश्लेषण छ । आत्महत्यापछि भेटिएको उनको ‘सुसाइट नोट’ले पनि यही कुरा पुष्टि गर्छ । तर, उनले किन आत्महत्या गरे भन्नेबारे प्रहरीको अनुसन्धान जारी छ ।
Alok antyasti 1



२ श्रीषा कार्की
नेपाली सिने क्षेत्रमा सनसनीपूर्ण आत्महत्या गर्ने अभिनेत्री श्रृषा कार्कीको आत्महत्याको रहस्या अहिले सम्म सुल्झिएको छैन । १२ वर्षअघि आत्महत्या गरेकी अभिनेत्री कार्कीले एक पत्रिकामा छापिएको नग्न तस्बिरले अपमानित भएको महसुस गरेर आत्महत्या गरेको भनिन्छ । एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी कार्कीको आत्महत्याको वास्तविक कारण अहिले सम्म खुल्न सकेको छैन । जनअास्था साप्ताहिकमा श्रृषाको नग्न तस्विर प्रकाशित भएको थियो । जसका कारण चलचित्र क्षेत्र आन्दोलित हुन पुगेको थियो । 

shishra-karki

३ जेसिका खड्का
नेपाली सिने क्षेत्रमा आत्महत्या गर्नेको सूचीमा परेकी अर्की नायिका हुन् जेसिका खड्का । टेलिभिजनको हास्य कार्यक्रममा अभिनय गर्दा गर्दै उनको यौन भिडियो सार्वजनिक भएको थियो । यद्यपी सो भिडियो सार्वजनिक भएको लामो समय सम्म पनि नेपाली चलचित्र क्षेत्रमै रहेकी उनले अन्ततः आत्महत्याको बाटो रोजिन् । जेसिकाले तीन वर्षअघि विष सेवन गरी आत्महत्याको विकल्प रोजेकी थिइन् । उनको आत्महत्याको रहस्य पनि खुल्न सकेको छैन ।
jesika khadka 1

नेपालमा मात्र होइन बलिउड र हलिउडमा समेत चर्चित कलाकारहरुले आत्महत्या गरेका छन् ।

बलिउडका चर्चित आत्महत्याः

जिया खानः
बलिउडकी चर्चित अभिनेत्री जिया खानले आत्महत्या गर्दा बलिउड नै स्तब्ध हुन पुगेको थियो । सुरज पञ्चोलीसँगको प्रेम धोका पाएपछि उनले आत्महत्या गरेको बताइन्छ ।
jya khan

दिब्या भारतीः
बलिउडमा धेरै चलचित्रमा अभिनय नगरेपनि चर्चामा रहेर आत्महत्या गरेकी अर्की अभिनेत्री हुन् दिब्या भारती । उनी आफू बस्ने घरको झ्यालबाट हाम फालेको अवस्थामा मृत भेटिएकी थिइन् । यद्यपी उनको मृत्यु पनि रहस्यको विषय नै बनिरहेको छ ।
celebrities who committed suicide

हलिउडमा समेत यस्ता सेलिब्रेटीहरु थुप्रै छन् जसले चर्चाको शिखरमा रहँदा पनि आत्महत्या गरे ।
हलिउडका चर्चित आत्महत्याः


मार्लिन मुनरोः
हलिउडमा सुन्दरी र कामुकताकी प्रतिमुर्तिकोरुपमा छवि भएकी मार्लिन मुनरोको आत्महत्या पनि रहस्यमय मानिन्छ ।
marilyn monroe


माइकल ज्याक्सनः
चिकित्सकहरुले चर्चित पप गायक माइकल ज्याक्सनको निधनलाई पनि आत्महत्या नै मानेका छन् । औषधीको ओभर डोजका कारण निधन भएका ज्याक्सनका चिकित्सकमाथि अनैच्छिक हत्याको आरोप लागेको छ ।
michael-jackson
- See more at: http://nepaliheadlines.com/2014-11-10-13-57-22.html#sthash.JnA76GKH.dpuf

करिना राम्री हुनुको कारण यस्तो रहेछ

बलिउड अभिनेत्री करिना कपुरले आफू सुन्दर हुनुको राज खोलेकी छिन् । अभिनेत्री करिनाले ब्युटी टिप्स सम्बन्धी पुस्तक विमोचन गर्दै आफू सुन्दर हुनुको राज खोलेकी हुन् ।
karina beauty secret

उनले दिन दिनै मक्खन सेवन गर्ने गरेको राज खोलिन् । त्यसै गरी आफूले बदामको तेल र एबोकाडोको तेल लगाउने गरेको पनि उनले बताएकी छिन् ।
karina beauty secret  1
करिनाले उनको सुन्दरताको मुख्य कारण भने मक्खन नै भएको उनले बताएकी छिन् ।

karina beauty secret  2
बलिउडमा करिनालाई जिरो फिगरका कारण पनि चिनिन्छ ।
- See more at: http://nepaliheadlines.com/2014-11-10-08-47-06.html#sthash.1Klocoq1.dpuf भिडियो तल छ

Sunday, November 9, 2014

दिपिकाले भनिन्ः भाग्यले जुराएको दिन सलमानसँग हुन्छु

बलिउडमा '१०० करोड़ क्लबकी रानी' भनिन थालेकी अभिनेत्री दिपिका पादुकोणले सलमान खानसँग काम नगरेको भनेर चलेको चर्चाको खण्डन गरेकी छिन् । 
 शाहरुख खानसँग अभिनय गरेर आमिर र सलमान खानसँग नगरेको भन्ने चर्चा बलिउडमा चलेपछि दिपिकाले यस्तो खण्डन गरेकी हुन् ।   दिपिकाले सलमान खानसँग अभिनय गर्न पाउनु भाग्यको कुरा भएको बताउँदै आफूले कहिल्यै पनि सलमानसँग अभिनय नगर्ने नबताएको पनि स्पष्ट पारेकी छिन् ।   यस अघि बलिउडमा सलमानको पछिल्लो चलचित्र 'किक' मा दिपिकाले अभिनयको प्रस्ताव अस्वीकार गरेको चर्चा चलेको थियो । दिपिकाले भने आफूले कहिल्यै पनि यस्तो प्रस्ताव अस्वीकार नगरेको र भाग्यले जुराएको दिनमा सलमानसँग अभिनय गर्ने बताएकी छिन् । source: nepaliheadlines
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Thursday, November 6, 2014

मोडेल सम्झना भन्छिन् ‘पुरुषसँग मात्र हैन महिलासँग पनि सेक्स गरेको लामो अनुभव पनि छ’

काठमाण्डौ । नेपाली कलाक्षेत्रमा ख्याति कमाउन कलाकारले तीन कुरा अंगाल्ने गरेका छन् । पहिलो हो आफ्नो क्षमता । क्षमताले भ्याएसम्म आफुलाई अब्बल देखाउन खोज्दछन् । कला क्षमता कमजोर भए रुप रंगबाट अगाडी आउने गर्दछ । त्यसले पनि भनेजस्तो बजार पाउन नसके सेक्सको सहारा लिने गर्दछन् । यो बुझाई आम नागरिकको मात्र नभई कलाक्षेत्रमा दशकौ समय लागेका कलाकारको पनि हो ।

 त्यही भएर होला कुनै समय नेपाली लोक दोहरी गितको म्युजिकमा जताततै छाउने सम्झना बुढाथोकी यतिबेला सेक्स सम्बाद गरेर चर्चामा आउन थालेकी छन् । कुनै समय नेपाल प्रहरीको जागिरे समेत भएकि सम्झनाको पहिलो प्रेम र विबाह वियोगान्तमा टुङगीएको छ । श्रीमानसँग सम्बन्ध बिच्छेद गरेपछि मोडेलका रुपमा चर्चा आएकि सम्झनाले सेक्सका बारेमा खुलेर कुरा गर्न थालेकी छिन् । हुन त नेपाली चलचित्रमै ब्लुफिल्म शैलिका  यौनका दृश्य, यौनसम्पर्क गरिसकेको छु, यौन सम्पर्क दालभात जस्तै हो जस्ता भद्दा यौन सम्वाद नछाएको होइन ।

श्रीमानसँग डिभोर्स भएपछि नृत्य निर्देशक शंकर विसीको संगतमा परेकी सम्झनाले सेक्स जीवनका बारेमा निकै खुलेर कुरा गर्ने गरेकी छिन् । आफुले थुप्रै आसनमा सेक्सको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा सेक्स गर्दा सेक्सको स्वाद वढी हुनेगरेको बताएकी छिन । मनमिलेपछि सेक्स ठुलो कुरा नभएको भन्दै सम्वन्धलाई पछिसम्म कायम राख्न पनि सेक्स बिहेअघि गर्न सकिने संझनाको भनाइ छ । तेस्रो लिंगी र मुख मैथुन जस्ता अप्राकृतिक यौन सम्पर्कलाई समेत मनले सन्तुष्ट भए सबै तरिका ठिक भनेकी संझनाले पुरुषसंग त सेक्स अनुभव गरेकि छिन यसमा विवाद रहेन तर महिलासंग समेत जायज भन्ने संझनाको महिला सेक्स पार्टनर भने खुल्न सकेको छैन ।

http://www.onlinedainik.com/ भिडियो तल छ

Wednesday, November 5, 2014

शाहरुखलाई आफ्नै अनुहार चोर लागेपछि

कार्तिक १९,
शाहरुख खानलाई नचिन्न सायदै भेटिएलान् ? बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउँदै बादशाह कहलिएका शाहरुखलाई आफ्नै अनुहार चोर जस्तो लागे पछि उनका फ्यानहरु अचम्ममा परेका छन् ।

उनले सो कुरा गत नोभेम्बर २ मा आफ्नो ४९ औं जन्मदिन मनाउने क्रममा आफ्ना शुभचिन्तक तथा फ्यानलाई हसिमजाकमा यस्तो बताएका हुन् ।

शाहरुखलाई आफूले राउडी राठौर , दबंग, बाजी राव सिंघम, इन्सपेक्टर विजय जस्ता प्रहरीको मुख्य भूमिका भएका फिल्ममा अभिनय गर्न नपाएकोमा दुख लागेको पनि बताएका छन् ।

उनलाई प्रहरीको मुख्य भूमिका निभाउन मन छ तर कसैले पनि उनको मनको ईच्छा पूरा नगरेको उनले बताएका छन् । केहि पुलिस म संग काम गर्छन र उनीहरुको काम मैले नजिकबाट नियाल्ने गर्छु त्यसैले म चाहन्छु कि म पुलिसवाला भूमिका निभाउ तर कोहि पनि यस्तो रोल लिएर आउँदैनन् शाहरुखले भनेका हुन् ।

पुलिस युनिफर्म आफूलाई निकै सुहाउने शाहरुखले बताएएका छन् । म चुलबुल पाण्डे, राउडी राठौर जस्ता रोल गर्न चाहन्छु शाहरुखले भने । आउनै लागेको २ वटा फिल्ममा चोरको भूमिका निभाएको छु मलाई लाग्छ मेरो अनुहार नै चोर जस्तो छु शाहरुखले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

अर्की पोर्न स्टारको बलिउड इन्ट्री (फोटोफिचर)

कार्तिक १८,
पूर्वपोर्न स्टार सन्नी लियोन फिल्म ‘जिस्म’ मार्फत बलिउड ‘इन्ट्री’ गरेपछि आफ्नो छवि त सुधारिन् नै, पछिल्लो समय उनी बलिउडकी एक ‘हटकेक’ अभिनेत्रीसमेत बनेकी छन् । सन्नीले एकपछि अर्को हुँदै सफलता हात पार्दै गएपछि अहिले अन्य पोर्न स्टारसमेत बलिउड ‘इन्ट्री’ गर्न लोभिन थालेका छन् ।



सन्नी बलिउड प्रवेश गर्दाताका एक निर्देशकले ब्यंग्य गर्दै भनेका थिए, ‘अब संसारका पोर्न स्टार बलिउडमै थप्रिने भए ।’ नभन्दै उनले भनेको जस्तै अहिले धमाधम पोर्नकर्मीहरु बलिउड इन्ट्री गर्न थालेका । एक किसिमले उनीहरुलाई इन्ट्री गराइदैंछ । सन्नीपछि बलिउडमा अञ्जली प्रिया नामकी पोर्न स्टार बलिउड छिरेकी थिइन् । तर, उनले सन्नी जस्तै धमाका मच्चाउन भने सकिनन् । तर उनी बलिउड छिरेपछि उल्टै गुमनाम बनेको चर्चा भइरहँदा अर्की पोर्न स्टारले बलिउडमा कदम राख्न कम्मर कसेकी छन् । हाल चर्चा गरिएअनुसार पोर्न स्टार शान्ति डायनामाइट चाँडै बलिउड फिल्ममा देखिँदैछिन् ।



यी पोर्न स्टारले सन्नीले जस्तै बलिउडमा धमाका मच्चाउने सुर कसेकी छन् । शान्तिले बलिउड फिल्मकै लागि फोटोसुट गरेकी छन् । उनको बोल्ड फोटोसुटले अहिले बलिउडमा चर्चा पाइरहेको छ । उनले फोटोसुटमा एकदमै आकर्षित पोज दिएकी छन् । हँसिलो अनुहारमा उनले दिएको बोल्ड तथा सेक्सी पोजले बलिउडकर्मीलाई लोभ्याएको बताइन्छ । समाचारमा जनाइएअनुसार शान्ति इकराक अख्तर निर्देशित फिल्म ‘आई लभ दुबई’ मार्फत बलिउडमा पाइला राख्दैछिन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Tuesday, November 4, 2014

डाइरेक्टरले कामुक देखिने हाउभाउ गर्न आग्रह गरेपश्चात लजाएकी ऐश्वर्या

एजेन्सी –

 बलिउड अभिनेत्री ऐश्वर्या राय हालै ४१ वर्षमा प्रबेश गरेकी छन् । उनको जन्मदिनको सेरोफेरोमा भारतीय सञ्चारमाध्यमले उनको स्वभावबारे चर्चा परिचर्चा गरेका छन् । ऐश्वर्यासँग लामो समय काम गरेका
सहकर्मीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले पहिले अलि लजालु स्वभावको भएको उल्लेख गरेका छन् । आफू सेक्सी देखिन्छु कि भन्नेमा समेत ऐश्वर्यालाई संकोच लाग्ने गरेको समाचारमा जनाइएको छ । उनीसँग विभिन्न विज्ञापनमा सँगै काम गरेका एक सहकर्मीले भने,‘पेप्सीको विज्ञापनमा देखिएपछि ऐश्वर्या एकाएक चम्केकी थिइन् । त्यो एडमा उनी भिजेको कपाल ,ओरेन्ज कलरको लिपिस्टिक र सेतो सर्टमा देखापरेकी थिइन् । त्यतिबेला डाइरेक्टरले कामुक देखिने हाउभाउ गर्न आग्रह गरेका थिए तर त्यसो गर्न ऐश्वर्याले निकै संकोच मानेकी थिइन् ।

’ पछिसम्म पनि ऐश्वर्याको अंग्रेजी निकै कमजोर रहेको उनीनिकट स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । ‘मिसवल्र्डमा सन् १९९४ मा उपाधि जितेपछि उनले अंग्रेजीमा राम्रो भाषण गरेकी थिइन् । तर सुरुमा उनको अंग्रेजी राम्रो थिएन । धेरै मेहनत गरेर उनले अंग्रेजी सुधारेकी थिइन्,आजको नयाँ पत्रिकामा खबर छ ।http://dearsansaarr.blogspot.co.il/