Showing posts with label ज्योतिष शास्त्र.. Show all posts
Showing posts with label ज्योतिष शास्त्र.. Show all posts

Tuesday, December 9, 2014

नगर्नुस् यी काम, कंगाल भइन्छ

शास्त्रमा जीवनमा आत्मअनुशासन सबैभन्दा महत्वपूर्ण रहेको भन्दै केही नियमको उल्लेख गरिएको छ । जसको पालना गर्नु अनिवार्य मानिन्छ । ब्रह्मवैवर्त पुराणमा यस्ता कुराको उल्लेख गरिएको छ जुन गर्नु हुँदैन । यस्ता काम गर्दा करोडपति पनि कङ्गाल हुने शास्त्रमा उल्लेख छ ।


यी तिथिमा भुलेर पनि नगर्नु मालिस र यौन कार्य
हिन्दु पाञ्चाङ्ग अनुसार कुनै पनि महिनाको औंशी, पूर्णिमा, चतुर्दशी र अष्टमी तिथिमा तेल मालिश र मांसाहार गर्नु हुँदैन । यी तिथिमा यौन कार्य गर्नु पनि अशुभ मानिन्छ । अझ परपुरुष वा परस्त्रीसँग त भुलेर पनि संगत गर्नु हुँदैन ।

जमिनमा राख्नै नहुने कुरा
शास्त्रमा बत्ति, शिवलिङ्ग, शालिग्राम, मणि, देवी-देवताका मुर्ति, जनै, सुन र शंख कहिले पनि भुइँमा राख्न नहुने उल्लेख छ । यिनलाई भुइँमा राख्नै परेपनि कपडा बिच्छ्यार राख्नु पर्छ ।


पुजाको समयमा वा विहान साँझ यौन सम्बन्ध वर्जित
शास्त्रमा दिउसोमा पनि पुजाको समयमा वा विहान साँझ यौन सम्बन्ध वर्जित छ । यी समयमा यौन क्रिडामा लिप्त हुँदा अनेक प्रकारका रोग लाग्ने र अशुभ हुने उल्लेख छ ।

सूर्य र चन्द्रमा अस्ताउँदा हेर्नु हुँदैन

सूर्य र चन्द्रमा अस्ताको समयमा हेर्न त्यस दिशामा हेर्न नहुने शास्त्रमा उल्लेख छ । यस्तो समय अशुभ मानिन्छ । यस्तो दृष्य हेर्दा आँखामा समेत समस्या आउन सक्छ ।


यिनीहरुलाई कहिल्यै तल नपार्नुस्
आफ्ना बाबु, आमा, पुत्र, पुत्री, पत्नि, पति, गुरु, अनाथ स्त्री, बहिनी, भाई, देवी-देवता र ज्ञानी ब्यक्तिलाई अनादर गर्नु अशुभ मानिन्छ । यी ब्यक्तिको अनादर गर्दा अशुभ हुने र धननाश एवं दरिद्र्ता बढ्ने उल्लेख छ ।

घरमा प्रवेश गर्दा सँधै ख्याल गर्नुस्
जव बाहिरबाट घर आइन्छ त्यतिबेला सिधै भित्र प्रवेश गर्नु अशुभ मानिन्छ । जहिले पनि बाहिर बाट आइसकेपछि बाहिर खुट्टा सफा गरेर मात्र घर भित्र प्रवेश गर्नु पर्छ ।
nepaliheadlines.com

Monday, November 24, 2014

कुन राशिका प्रेमी प्रेमीका कस्ता

भनिन्छ जीवनमा कुनै न कुनै समयमा प्रेममा पर्छ मान्छे । प्यार निजी विश्वासमा आधारित हुने कुरा हो । प्रेमबारे मानिसका धारणा फरक फरक हुन्छन् तर सबैलाई आफ्नो पार्टनरको विषयमा चिन्ता र चासो हुन्छ ।

हरेक मानिसको प्रेमिल स्वभाव फरक फरक हुन्छ । कसले तपाइँलाई मायाँ गर्छ र कस्ले धोका दिन्छ थाहा पाउन कठिन छ । तर ज्योतिष शास्त्र भने यस्तो कुरा राशि अनुसार फरक पर्ने दावी गर्छ । मान्छेको हरेक स्वभाव जस्तै प्रेम सम्बन्धी धारणा र ब्यवहार पनि राशि अनुसार फरक हुने ज्योतिष शास्त्रको भनाइ छ ।

यहाँ राशि अनुसार मानिसको प्रेम ब्यवहार कस्तो हुन्छ भन्ने विषयमा चर्चा गरिएको छ ।

मेष राशि
मेष राशिका मानिस आकर्षक र प्रभावशाली स्वभावका हुन्छन् । यो राशिका पुरुष शाहसी हुन्छन् र केटीहरु छिटो आकर्षित हुन्छन् । मेष राशिका ब्यक्ति हतारमा प्रेम गर्छन् । कामुक स्वभावका हुने भएका कारण यिनीहरु हतारमा शारीरिक सम्बन्ध राख्न खोज्छन् । हतारमा प्रेम गर्ने हुँदा यिनीहरुको प्रेम विछोडमा टुङ्गिन्छ ।

वृष राशि

वृष राशिका ब्यक्तिलाई उत्तम श्रेणीका प्रेमी मानिन्छ । वृष राशिका ब्यक्ति प्रेम सम्न्ध राख्न माहिर हुन्छन् । यिनीहरु पनि छिट्टै प्रेममा पर्छन् । भावुक स्वभावका हुने हुँदा यिनीहरुको प्रेम असीम हुन्छ । यो राशिका मानिसको बैबाहिक जीवन पनि सुखी हुन्छ ।

मिथुन राशि
यो राशिका ब्यक्तिका धेरै प्रेम सम्बन्ध हुन्छन् । त्यति मात्र होइन बहुविवाहको सम्भावना पनि हुन्छ । खासमा भन्दा यो राशिका ब्यक्ति प्रेमलाई खेलौना सम्झिन्छन् भन्दा पनि हुन्छ । यिनीहरु विवाहमा सन्तुष्ट हुँदैनन् ।

कर्कट राशि

ज्योतिष शास्त्रका अनुसार कर्कट राशिका ब्यक्ति प्रेमको विषयमा मुडी हुन्छन् । यिनीहरु सम्बन्ध प्रति निक्कै इमान्दार हुन्छन् तर मुड अनुसार ब्यवहार हुन्छन् । यिनीहरुको बैबाहिक जीवनमा परिवर्तन आइरहन्छ । यिनीहरुको भाग्य विवाहपछि खुल्छ ।

सिंह राशि

सिंह राशिका ब्यक्तिको आवाज सुमधुर हुन्छ । यो राशिका पुरुषसँग केटीहरु आकर्षित हुन्छन् । यो राशिका ब्यक्तिको प्रेम सम्बन्ध धेरै जसो सफल हुन्छ । वैवाहिक जीवन पनि सफल हुन्छ ।

कन्या राशि
कन्या राशिको मानिसहरु राम्रा प्रेमी मानिँदैनन् । यो राशिका ब्यक्ति आकर्षक ब्यक्तित्वका हुन्छन् । मानिस प्रभावित गर्ने क्षमता पनि हुन्छ । त्यसकारण यिनीहरुको सम्बन्ध धेरैसँग हुने पनि हुन्छ ।

तुला राशि

ज्योतिष शास्त्रका अनुसार तुला राशिक ब्यक्ति महान प्रेमीमा पर्छन् । यिनीहरुको प्रेम गहिरो हुन्छ । तर यिनीहरु प्रेममा रहेपनि मानसिक तनावबाट गुज्रीरहेका हुन्छन् ।

वृश्चिक राशि

वृश्चिक राशिका मानिस उच्च आदर्श प्रेमी मानिन्छन् । यिनीहरु प्रेमका लागि सर्वस्व स्वीकार गर्न तयार हुन्छन् । यिनीहरु प्रेममा निक्कै इमान्दार मानिन्छन् । तर इर्श्याको भावना भने यो राशिका ब्यक्तिमा प्रवल हुन्छ । यिनीहरुको त्यागी भावनाले विपरित लिङ्गका मानिसहरु आकर्षित हुन्छन् ।

धनु राशि

यो राशिका प्रेमी संवेदनशील र नरममिजासका मानिन्छन् । यिनीहरुको स्वभाव नै सुन्दरतामा आकर्षित हुने हुँदा प्रेम टिकाउ भने हुँदैन । यिनीहरु प्रेममा विछोडका कारण टेन्सनमा हुन्छन् तर नयाँ साथी छिट्टै खोज्छन् ।

मकर राशि

मकर राशिका मानिस जिद्धी पना बढी हुन्छ । ज्योतिष शास्त्रका अनुसार यिनीहरुको यही स्वभावकै कारण प्रेम सम्बन्धमा समस्या समेत भोग्छन् । यो राशिका ब्यक्तिले जीवन साथीलाई निक्कै मायाँ गर्छन् तर झगडा पनि गर्छन् जिद्धी स्वाभवका कारण ।

कुम्भ राशि

ज्योतिष शास्त्रका अनुसार कुम्भ राशिका मानिस प्रेममा बढी भावुक हुन्छन् । यिनीहरु मन देखि मायाँ गर्छन् । निस्वार्थ प्रेम गरेपनि यिनीहरुले धोका पाउने सम्भावना बढी हुन्छ । प्रेममा विक्षिप्त भएपनि नयाँ साथीको खोजिमा भने यिनीहरु पनि रहन्छन् ।

मीन राशि

मीन राशिका प्रेमी प्रेमिकाको स्वभाव माछाको जस्तो हुन्छ । यिनीहरु भावुक हुन्छन् र छिटो विपरित लिङ्गीप्रति आकर्षित हुन्छन् । प्रभाव पार्न सिपालु हुन्छन् तर यिनीहरुको प्रेम जीवनमा धेरै उतार चढाव आउँछ । बैबाहिक सम्बन्धमा गहिरो प्रेम हुन्छ ।
/nepaliheadlines.com

यस्तो कुण्डली हुनेहरु हुन्छन् करोडपति

यदि तपाइँले करोडपतिहरुको जन्मकुण्डली देख्नु भएको छ भने उनीहरुको कुण्डलीमा समानता हुन्छ । ज्योतिष शास्त्रका अनुसार खास एक योग परेका ब्यक्ति करोडपति हुन्छन् ।
करोडपति बन्नका लागि योग मिलेको हनु पर्छ । त्यस्ता ब्यक्तिको राजयोग परेको हुन्छ । जुन ब्यक्तिको कुण्डलीमा गुरु धनु वा मीन राशीमा हुन्छ वा कर्कटको स्थानमा पहिलो, चौथो वा सातौं तथा दशौं स्थानमा हुनंछ यस्ता ब्यक्तिको योग दिब्य हुन्छ ।

इस्तो योग मेष, कर्कट वा तुला राशी वा कर्कट तथा तुला र मकर राशी लग्नवालाहरुको कुण्डलीमा हुन्छ । यस्तो योग भएको कुण्डली हुनेहरु चरित्रवान र महान विचारक समेत हुन सक्छन् ।

यिनीहरु बुद्धीमान हुन्छन् र दीर्घ जीवन सुखमय पनि हुन्छ ।

त्यस्तै अर्को करोडपति बनाउने योग हो मालब्य योग । यो योगको निर्माण शुक्रले गर्छ । ज्योतिष शास्त्रका अनुसार कुण्डलीको पहिलो स्थान, चौथो वा सातौं एवं दशौं स्थानमा आफ्नो राशि तुला या वृष रह्यो भने यस्ता ब्यक्ति असाध्यै धनी हुन्छन् ।
यिनीहरु रोमान्टिक र कलात्मक हुन्छन् र यसबाटै पैसा कमाउँछन् । यस्ता ब्यक्ति देख्नमा पनि सुन्दर र आकर्षक हुने हुन्छ ।
ज्योतिष शास्त्रका अनुसार जसको जन्मकुण्डलीमा शनि पहिलो र मकर वा कुम्भ राशि पहिलो चौथो वा सातौं स्थानमा बसेको हुन्छ त्यस्तो ब्यक्ति राजयोगमा परेको हुन्छ । यस्ता ब्यक्ति विपन्न परिवारमा जन्मिएपनि करोड पति हुन्छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Wednesday, November 19, 2014

जन्मदिनबाट थाहा हुन्छ तपाइँलाई कस्ती केटी ठिक

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु ।
विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ ।
जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु ।
के हो मुलाङ्क ?

कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म मिती १० गते हो भने तपाइँको मुलाङ्क १ हो तर ११ गते हो भने १‌‍‍‌+१= २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १‌‍‍‌+४= ५ हुन्छ ।
९ सम्मको मुलाङ्क भएका केटी राम्रा मानिन्छन् । ९ सम्म मुलाङ्क भएका केटीहरुसँग सम्बन्ध गाँस्दा राम्रो हुने र जीवनमा सुख प्राप्ती हुने ज्योतिषको दावी छ ।


तर १ मुलाङ्क भएका केटालाई २ देखि ८ सम्मका जोर मुलाङ्क भएकी केटी जोडी परेमा यस्तो जोडीको जीवन दुःख र कलहले भरिएको हुन्छ । यिनीहरुको जीवनमा सँधै झगडा हुन्छ ।

यदि केटाको मुलाङ्क २ छभने त्यस्ता केटालाई १ देखि ७ सम्म मुलाङ्क भएका केटी ठिक हुँदैन । अन्य मुलाङ्क भएका केटी खोजेर सम्बन्ध जोड्नु उपयुक्त हुन्छ ।

जुन पुरुषको मुलाङ्क ३ हुन्छ त्यस्ता पुरुष ३, ४ र ५ मुलाङ्क भएकी केटीसँग टाढै बसेको राम्रो । तत्र जीवनभर कलह भोग्नु पर्ने हुन सक्छ ।

जुन पुरुषको मुलाङ्क ४ हुन्छ त्यस्ता पुरुष २, ४ र ५ मुलाङ्क हुने केटीसँग बँचेकै राम्रो ।
जसको मुलाङ्क ५ हुन्छ त्यस्ता पुरुषले १, २, ५, ६ र ८ मुलाङ्क मध्ये जुनसुकै भएकी केटीसँग सम्बन्ध जोड्दा पनि हुन्छ ।
जुन केटाको मुलाङ्क ६ हुन्छ त्यस्ता केटाले १ वा ६ मुलाङ्क भएकी केटीसँग सम्बन्ध राख्नु राम्रो हुन्छ अन्यथा जीवन तनावपूर्ण हुने खतरा हुन्छ ।

मुलाङ्क ७ हुने केटालाई मुलाङ्क २, ४ वा ७ हुने केटी जोडी मिल्छ ।
८ मुलाङ्क हुने केटाका लागि १, ४, ८ या ९ मुलाङ्क भएकी केटी जोडी ठिक हुन्छ ।
जुन पुरुषको मुलाङ्क ९ हो यस्ता पुरुषलाई १, २, ३, ६ वा ९ मुलाङ्क भएकी केटी राम्रो मानिन्छ । तर यो मुलाङ्क हुनेले ४ र ८ मुलाङ्क हुनेसँग भुलेर पनि सम्बन्ध राखुन् हुँदैन ।
nepaliheadlines.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Wednesday, November 5, 2014

हातमा यस्तो चिन्ह हुने दुर्घटनामा पर्छन्

हाम्रो हातमा अनेक प्रकारका रेखा हुन्छन् । यी रेखाहरुले नै हाम्रो धेरै कुरा निर्धारण गर्ने हस्तरेखा विज्ञान बताउँछ । हातमा रहेका केही चिन्ह शुभ हुन्छन् भने कुनै अशुभ ।   थाहा पाउनुस् क्रश चिन्हको फलः हत्केलामा हुने महत्वपूर्ण रेखा मध्ये जीवन रेखा, भाग्य रेखा लगायतका चिन्हको निकै ठूलो महत्व छ । त्यस्तै एउटा चिन्ह हो क्रश (x) चिन्ह । सबैको हत्केलामा यो चिन्ह हुदैन र देखिँदैन पनि
। यदि कुनै ब्यक्तिको हत्केलाको माझमा अर्थात माझी औंलाको फेंदमा क्रश चिन्ह छ भने त्यस्ता ब्यक्तिलाई धेरै झन्झट आइलाग्छ । यस्ता ब्यक्तिहरु दुर्घटनामा पर्ने सम्भावना पनि उच्च हुन्छ । यस्तो चिन्ह छ भने सवारी साधन प्रयोग गर्दा ध्यान दिनु पर्छ । तर यो रेखाले भाग्य रेखालाई छोएको छैन भने यस्ता ब्यक्तिलाई कम खतरा हुन्छ । यद्यपी उनीहरु निराशावादी, उत्साहहीन र अल्छी हुन्छन्
। यदी चोर औंलाको फेंदमा यो रेखा छ भने यस्ता ब्यक्तिलाई जीवनका धेरै कुरामा असफलता मिल्छ । कान्छी औंलाको फेंदमा क्रश छ भने यस्ता ब्यक्ति इमान्दार हुने सम्भावना निक्कै कम हुन्छ । यदि हत्केलाको मध्यभागमा यस्तो क्रश छ भने यस्ता ब्यक्ति रिशाहा हुन्छन् र शत्रु कमाउँछन् । यदी कुनै ब्यक्तिको बुढी औंलाको फेंदमा यस्तो चिन्ह छ भने यस्ता ब्यक्तिलाई प्रेममा धोका पाउँछन् । साथीहरुले पनि यिनीहरुलाई सहयोग गर्दैनन् । - See more at: http://nepaliheadlines.com

यि रुद्राक्षको धारणले यो फाइदा मिल्छ (तस्बिर सहित)

एजेन्सी। मान्यता अनुसार शिवको नेत्रबाट रुद्राक्षको उद्धव भएको विभिन्न सास्त्रमा उल्लेख भएको पाइन्छ। रुद्राक्षको धारणले हामीमा भएको कुनैपनि समस्याको समाधान गर्ने क्षमता हुने गरेको धार्मीक आस्था रहदै आएको छ। भन्ने गरिन्छ रुद्राक्ष जति सानो भयो उतिनै प्रभावकारी हुन्छ।सफलता, धन-सम्पति, मान-सम्मान प्राप्तीका लागि सहायक भुमीका रुद्राक्षले गरेको हुन्छ। तर हरेक मानिसको चाहना अनुसार रुद्राक्षको अलग-अलग धारण गर्ने गरिन्छ।

यस्तै रुद्राक्ष सम्बन्धी पनि केही फरक नियम रहेका हुन्छ, जस्तै जुन माला जपका लागि प्रयोग गरिन्छ त्यही माला लगाउँन हुदैन।त्यसको लागि रुद्राक्षको कुनै शुभ साइत हेरेर धारण गर्दा उत्म हुने विश्वास गरिन्छ।यसको ‌औठी बनाएर लगाउँन हुदैन।जसले नियममा ध्यान राख्दै श्रद्धापूर्वक रुद्राक्षको धारण गर्दछन् उसको सबै कष्ट हराउँदै जान्छ र मनोकामना पुरा हुन्छ। जुन घरमा रुद्राक्षको पुजा हुन्छ, त्यस ठाँउमा लक्ष्मीले बास गर्दछीन्। यो भगवान शंकरको सबै भन्दा प्रिय बस्तु मानिन्छ।




एकमुखी रुद्राक्षमा भगवान शिवको स्वरुप रहेको हुन्छ। यसको धारण गर्नाले धन सम्पति प्राप्त र मोक्ष आदिको प्राप्ति हुन्छ।

 दुर्इमुखी रुद्राक्षको अर्धनारीश्वर रूप मानिएको छ।शिव र पार्वतीको स्वरूप रहेको छ। यसको धारण गरेमा मान-सम्मान एंव मोक्षका प्राप्ति हुन्छ। अधिकाश रोगहरुको निवारण समेत हुन्छ।

तीनमुखी रुद्राक्ष ब्रह्मा-विष्णु-महेशको स्वरूप मानिएको छ। विद्या प्राप्तको लागि यसको धारण गरेको सर्वश्रेष्ठ मानिन्छ।


चारमुखी रुद्राक्ष ब्रह्माको स्वरूप मानिएको छ। धर्म, अर्थ, काम एंव मोक्ष प्राप्ति हेतुले यसको धारण गरिन्छ।




पाँचमुखी रुद्राक्ष राम्रो स्वास्थ्य, दुख-सासथि निवारण गर्न यसको धारण गरिन्छ।


 छमुखी रुद्राक्ष भगवान कार्तिकेयको स्वरूप भएको मानिन्छ। समस्त पाप मुक्तिको लागि यसको धारण गरेमा श्रेयस्कर मानिएको छ। काम, क्रोध, लोभ, मोह आदिमा नियंत्रणको लागि यो उत्तम रहेको मानिएको छ।यो आत्मशक्ति बढाउन अद्भुत रहेको हुन्छ।

सातमुखी रुद्राक्षले ऐश्वर्य बढाउँन मद्दत गर्दछ भन्ने गरिन्छ र मृत्युको कष्टबाट पनि छुटकारा मिल्छ सात मुखी रुद्राक्ष धारण गरेमा।

आठमुखी रुद्राक्षको भगवान गणेश र बटुक भैरव स्वरूप मानिन्छ।लामो आयुको कामना लागी यसको धारण गर्नु श्रेयस्कर भएको बताइन्छ।

नौमुखी रुद्राक्ष भैरव एंव भगवती दुर्गा स्वरूप हो। धर्मराज (यम)को समेत रूप मानिएको छ। यसले मनोकामना पूर्ति गर्ने रुद्राक्ष समेत रहेको छ। यसको धारण गरेमा व्यक्तिको वीरता, सहस, सहनशीलता एंव पराक्रममा वृद्धि हुन्छ।

दसमुखी रुद्राक्ष भगवान विष्णु स्वरूप भनिएको छ।भनिन्छ सन्तान प्राप्तिको कामना राख्दै यसको धारण गरिन्छ।

एघारमुखी रुद्राक्ष साक्षात रुद्र भनिन्छ।यसको रुद्राक्षको धारण गर्ने व्यक्तिले सफलता एंव विजयको साथ रहेको हुन्छ।

बाह्ररमुखी रुद्राक्ष सबै समस्याको समधान गर्ने रुपमा चिनिएको छ।रोग र लाभदायक रहेको छ।

तेह्ररमुखि रुद्राक्ष इन्द्रको स्वरूप भएको मानिएको छ। यो धन-सम्पत्ति, सौभाग्य एंव कामना पूर्ति गर्ने रुद्राक्ष हो।

चौदमुखी रुद्राक्ष हनुमानको स्वरूप भएको मानिन्छ। यो सबै पापको नाश एंव दुखबाट मुक्ति दिने आरोग्यदायक रुद्राक्ष हो।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Monday, November 3, 2014

हिन्दु धर्म अनुसार मृत्युका संकेतहरु

मृत्युको बिचार सबैका लागि निकै भयानक हुने गर्दछ । मानिसहरुको अन्तिम यथार्थ भनेको मृत्यु नै हो । जो जन्मन्छ उसको मृत्यु निश्चित छ । मृत्युको बारेमा सबैभन्दा तनावपूर्ण कुरा भनेको मृत्यु पछि के हुन्छ भन्ने विषय हो । यहि कारणहरुले गर्दा मानिसहरु मृत्युदेखि निकै डराउने गर्दछन् । तर यसो भन्दैमा मृत्युमाथि विजय पाउन सकिँदैन । मृत्यु कसैलाई पनि खबर नगरी आउँछ र जब तपाईंको मृत्यु हुन्छ, तपाईंलाई यसको बारेमा थाहा नै हुँदैन । तर हिन्दु धर्मग्रन्थहरुमा यस्ता थुप्रै संकेतहरुलाई सूचिबद्ध गरिएका छन् जसबाट मृत्युले ढोका ढक्ढकाइरहेको बारेमा थाहा हुन्छ ।
मृत्युको संकेतहरुको प्रथम उल्लेख शिव पुरााणमा पाइन्छ । शिव पुराणका अनुसार एकपटक देवी पार्वतीले भगवान शिवसँग कसैको मृत्यु हुँदै छ भन्ने कुरा कसरी थाहा पाउन सकिन्छ भनेर प्रश्न गरिन् । उनको प्रश्नको उत्तर दिँदै भगवान शिवले मृत्युका १० संकेतहरुको बारेमा बताएका छन् ।

१. मृत्युको संकेत नम्बर १
जब छालाको रङ पहेँलो अथाव सेतो हुन्छ जसमा हल्का रातो रङ देखिन्छ भने उक्त व्यक्तिको मृत्यु अघिल्लो ६ महिनामा हुनेछ ।
२. मृत्युको संकेत नम्बर २
जब व्यक्तिले आफ्नो प्रतिबिम्ब ऐना अथाव पानीमा देख्न छाड्छ उक्त व्यक्तिको मृत्यु ६ महिनाभित्र हुने बताइएको छ ।
३. मृत्युको संकेत नम्बर ३
जब कुनै व्यक्तिले सबै कुरा कालो देख्न थाल्छ यो संकेतलाई व्यक्तिको मृत्यु नजिक भइरहेको भन्ने बुझ्नुपर्छ ।
४. मृत्युको संकेत नम्बर ४
यदि व्यक्तिको बाँया हात एक हप्तासम्म लगातार फर्फराइरहेको छ भने यसको अर्थ उक्त व्यक्ति एक महिनाको पाहुना भन्ने बुझिन्छ ।
५. मृत्युको संकेत नम्बर ५
यदि कोही व्यक्तिको संवेदनशील अंग ढुङ्गाजस्ता कठोर हुने गरेको छ भने उक्त व्यक्ति ६ महिनाभित्र मर्दैछ भन्ने संकेत हो ।
६. मृत्युको संकेत नम्बर ६
जब कोही व्यक्तिले चन्द्र, सूर्य र आगोबाट निस्कने प्रकाश देख्न छाड्छ भने उसको मृत्यु निकट छ ।
७. मृत्युको संकेत नम्बर ७
यदि कुनै व्यक्तिको जिब्रो अचानक सुन्निन थाल्यो भने पनि त्यस्ता व्यक्तिहरु केहि दिनका लागि मात्र जीवित हुने बताइएको छ ।
८. मृत्युको संकेत नम्बर ८
यदि मानिसले आकाशमा ध्रुव तारा देख्न छाडेमा यसको अर्थ उक्त व्यक्तिको मृत्यु अघिल्लो ६ महिनामा हुने बताइएको छ ।
९. मृत्युको संकेत नम्बर ९
जब कुनै व्यक्तिले सूर्य, चन्द्र र आकाशलाई रातो देख्न थाल्छ भने उक्त व्यक्तिको मृत्यु चाँडै नै हुने बताइएको छ ।
१०. मृत्युको संकेत नम्बर १०
जब कसैले सपनामा उल्लु अथवा खाली वा नष्ट भएको गाउँ देख्छ भने उसको मृत्यु निकट छ भन्ने बुझ्नुपर्छ । (एजेन्सी) भिडियो हेर्न तल क्लिक गर्नुहोस :

नाभी हेरेर थाहा हुन्छ महिलाको स्वभाव

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा नपाएको कुरा नाभीबाट थाहा हुन्छ ।

कसरी थाहा पाउने कस्को स्वभाव कस्तो ?
१ समुद्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी लामो र अनियमित हुन्छ त्यस्ता स्त्रीमा आत्म विश्वास बढी हुन्छ । यस्ता स्त्रीहरु आफ्नै खुट्टामा उँभिन चाहने र स्वाभिमानी हुन्छन् । यिनीहरुको चिनजान गर्ने र घुलमिल हुने स्वभाव हुन्छ । यसकै कारणले पुरुषहरुसँग उनीहरुको सम्बन्ध भने समय समयमा समस्यामा पर्छ ।

२ त्यसैगरी जुन स्त्रीको नाभी गहिरो हुन्छ त्यस्ता महिला भावुक हुन्छन् । यस्ता महिलाहरु रुन र हाँस्न बेर लगाउँदैनन् र यिनीहरुको मन सफा हुन्छ । यिनीहरु सुन्दर पनि हुन्छन् तर स्वास्थ्यमा भने समस्या हुन्छ ।

३ जुन स्त्रीको नाभी माथि उठेको हुन्छ त्यस्ता महिला गोरी र सुन्दर हुन्छन् । यिनीहरु मिनलसार र रोमान्टिक हुन्छन् । यस्ता महिलाको जीवनमा अकस्मात धनलाभ पनि हुन्छ । यिनीहरुलाई धनी र सुन्दर पति मिल्छ ।


४ समुन्द्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी गोलो हुन्छ ती गुणवान हुन्छिन् । सामान्य तया यिनीहरुको स्वास्थ्य राम्रो हुन्छ र बुद्धीमान पनि हुन्छन् । यिनीहरुको स्वभाव दयालु हुन्छ । यसका कारण परिवार र समाजमा सम्मानित पनि हुन्छन्।


५ जुन स्त्रीको नाभी समतल हुन्छ त्यस्ता स्त्रीहरुसँग भने सचेत हुनु पर्छ । यिनीहरुले विश्वास गर्दैनन् र विश्वासिला पनि हुँदैनन् । यस्ता स्त्रीले दुःख दिन आइतबार कुर्दैनन् ।


६ समान्यतया नाभी केन्द्र भागमा हुन्छ तर जुन स्त्रीको नाभी फरक स्थानमा हुन्छ यस्ता स्त्री उर्जावान र उत्साही हुन्छन् । यिनीहरु आफ्नो क्षेत्रमा सफल हुन्छन् । यिनीहरुलाई खेल क्षेत्रमा बढी सफलता मिल्छ ।


७ समुन्द्र शास्त्रका अनुसार जुन महिलाको नाभी अलिकति बाहिर निस्किएको हुन्छ उनीहरुलाई सन्तान जन्माउन समस्या हुन्छ । गर्भधारणमा समेत यिनीहरुलाई समस्या हुने बताइन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

सूर्य अस्ताउने समयमा भुलेर पनि नगर्नुस् यी ४ काम

हामीले शास्त्रमा उल्लेखित दैनिक ब्यवहारहरु पालना गर्दैनौं । तर यस्ता ब्यबहारमा ख्याल गर्दा जीवनमा सुखी हुन सकिने शास्त्रविदहरु बताउँछन् । शास्त्रमा उल्लेख भए अनुसार कतिपय यस्ता कुरा छन् जुन कुरामा ध्यान नदिँदा हामी दुःखी, विरामी र दरिद्र हुन्छौं ।
कुन काम गर्नु हुँदैनः

वारि खलु काय्याणि सन्ध्याकाले विवर्जयेत्।
आहारं मैथुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम्॥
यो श्लोकको अर्थ हो विशेष रूपमा पति-पत्नीले साँझको समयमा मर्यादा पालना गर्नु पर्छ । सूर्य अस्ताउने समयमा पति पत्नीले संसर्ग गर्नु हुँदैन ।

पहिलो कामः

पति र पत्निले साँझको समयमा अत्याधिक सावधानी अपनाउनु पर्छ । यो समयमा प्रेम क्रिडा र प्रेमालाप राम्रो मानिँदैन । साँझको समयमा लक्ष्मी पृथ्वीको भ्रमणमा आउने विश्वास गरिन्छ तसर्थ साँझको समयमा यौन क्रियालाप गर्नु राम्रो मानिँदैन । यो समयमा पुजा पाठ वा धुप दीप गर्नु सबैभन्दा उत्तम रहेको शास्त्रमा उल्लेख छ ।

दोश्रो कामः
हामीले साँझको समयमा भोजन ग्रहण गर्नु हुँदैन । खाना खानका लागि खराव मानिन्छ यो समय । यो समयमा भोजन गर्दा पेट सम्बन्धी विरीमी हुने र कब्जियत हुने बताइन्छ । यदि कुनै पनि ब्यक्तिलाई साँझको समयमा अत्याधिक भोक लागेमा पनि जुस खानु राम्रो हुन्छ ।

तेश्रो कामः
साँझको समयमा कहिले पनि सुत्नु हुँदैन । सूर्यास्तको समय सुत्नै नहुने शास्त्रमा उल्लेख छ । यो समयमा सुत्दा अनिद्रा हुने र तनाव बढ्ने बताइन्छ । यो समयमा सुत्दा शरीरमा उर्जा असन्तुलनको समस्या हुने शास्त्रमा उल्लेख छ । यस कारण चक्कर लाग्ने वा टाउको दुख्ने हुन सक्छ ।


चौथो कामः
साँझको समयमा बेद वा अन्य शास्त्र पाठ गर्नु पनि अशुभ मानिन्छ । यतिबेला ध्यान वा पुजा गर्नु राम्रो भएपनि बेद पाठ साँझमा गर्नु हुँदैन । बेदपाठ विहानको समयमा गर्नु उत्तम मानिन्छ ।
यसर्थः साँझको समयमा भोजन, यौन क्रिडा, निद्रा र बेद पाठ गर्नु हुँदैन ।
nepaliheadlines.com

जीवनमा सफलता पाउनु छ भने अपनाउनुस् यी वास्तुटिप्स

बास्तोला, १५ वर्षे कोलकाता बसाइँ पछि आफ्ना श्रीमान् र छोरीसँगै अबका दिन नेपालमा नै बिताउन सोच बनाएर फर्केकी छिन् । कोलकातामा रहँदा आफूले गर्न चाहेको कुनै पनि कुरामा सफलता नमिल्दा तनावमा परेकी उनले यसको कारण जान्न इच्छा जाहेर गरिन् । कसैले उनलाई वास्तुशास्त्रको प्रभावले यस्तो भएको बताए । कसैले भनेको भरमा केहि पनि विश्वास नगर्ने उनले वास्तुशास्त्र नै पढी यसको ठाँटी कुरा पत्ता लगाउन सोच बनाइन् । उनी भन्छिन्, ‘सुरुका दिनमा वास्तुशास्त्रप्रति विश्वास नभए पनि यसले मानिसहरुको दैनिकीमा पुर्याउने असरको बारेमा जान्न निकै मन थियो ।

त्यसकारण यसको अध्ययन नै गर्ने सोच बनाएँ । अध्ययनपश्चात् यसको प्रभावको बारेमा थाहा पाउँदा र स्वयंमले भोग्दा म यसप्रति निकै प्रभावित भएँ ।’ कोलकातामा ज्योतिष र वास्तु विशेषज्ञ भएर काम गरेकी उनले नेपाल आएपछि भने आफ्नै व्यापारका कारण यसमा संलग्न हुन नसकेको बताइन् । उनै ज्योतिष र वास्तु विशेषज्ञ सुमा बास्तोलाले रातापाटीलाई वास्तुशास्त्रसँग सम्बन्धित केहि उपयोगी टिप्स दिएकी छिन् ।

१. पढ्दा के गर्ने ? – पढ्ने बेला जहिले पनि उत्तर–पूर्वी दिशातर्फ फर्केर पढ्नुपर्छ – यदि कोही विद्यार्थी पढ्नमा कमजोर भएको खण्डमा उक्त विद्यार्थीलाई दैनिक रुपमा तुलसीको बोटमा पानी हाल्न लगाउनुपर्छ । – घरमा अशोकको रुख पूर्वपट्टी रोप्नाले पनि यसको प्रभावले विद्यार्थीलाई पढ्न मनलाग्छ । – परिक्षामा जाँदा जहिले पनि हरियो रङको लुगा लगाउने ।

२. घरमा के गर्ने के नगर्ने ? – घर उत्तर पट्टी बनाउँदा निकै राम्रो मानिन्छ । पूर्व पट्टी बनाइएको घरलाई पनि राम्रो मानिन्छ । – पाहुनाहरु खुसी भएर चाँडै फर्कुन् भन्ने चाहनुहुन्छ भने पाहुनाकोठालाई पश्चिम–उत्तर कुनाको कोठामा बनाउनुहोला । – पूजाकोठालाई भुँइतलाको उत्तरपूर्वी कोठामा बनाउनु होला । वर्षमा ३६५ दिन नै पूजा गर्न नसकिँने हुँदा मूर्तीलाई भन्दा फोटोलाई पूजा गर्नुहोस् । मूर्तीलाई कहिले पनि भोको राख्न नहुने बास्तुको बुझाई छ । – दक्षिण पश्चिम कुनामा मेन गेट नराख्नुहोला । इनार अथवा रिजर्भ ट्याङ्की खनाउँदा पनि यो कुनामा नखनाउँदा नै वेश हुन्छ । – गेटमा त्रिशुल अंकित तस्बिर र जनावरका तस्बिरहरु नराख्नुहोला । यसले परिवारमा मनमुटाव पैदा गर्ने गर्दछ । यस्ता तस्बिरहरुको सट्टामा कमलको फूल, महालक्ष्मी, गणेशजस्ता भगवानको तस्बिर राख्नुहोला । – घरमा पिपल, बर र अरु जंगली बोट कहिले पनि नरोप्नुहोला । यदि आफैँ उम्रेको खण्डमा त्यसलाई तत्काल उखेलेर फाल्नुहोला । यस्तो बोटबिरुवा घरभन्दा २०० मिटर टाढा हुनुपर्छ । – हात्तिसँग सम्बन्धित केहि पनि वस्तुहरु घरमा नराख्ने । यस्तो सामानहरु घरमा भएमा आयमा कमी हुने, व्यापार डामाडोल हुने, बदनामी भएर जागीर छुट्नजस्ता नकारात्मक असर पर्ने गर्दछ । हात्तीको पुच्छरमा सुनचाँदी मोडेर लगाउनाले ९९ प्रतिशत मानिसहरुलाई नोक्सानी हुन्छ । – घरको उत्तर–पूर्वी कोठा सधैँ खुल्ला र सफा राख्नपर्ने हुन्छ । यस कोठाको झ्यालहरु बिहान उठ्ने बित्तिकै खोल्ने गर्नुपर्छ । – क्याकटसजस्ता काँडा भएका बोटहरु घरमा भरसक नरोप्ने । यदि रोप्नै परे पश्चिम तिर रोप्नुहोस् । – ठूला–ठूला बोटहरु रोप्नु छ भने दक्षिणमा रोप्नुहोस् ।

३. आमाबुवासँग छोराछोरीको कुरा नमिलेमाः उत्तरपूर्वी कुनामा पहेँलो रङको चिम राख्नाले आमाबुवासँग छोराछोरीको कुरा मिल्ने गर्दछ ।

४. विवाह हुन नसकेको छोरी घरमा भएः – अविवाहित महिला सधैँ उत्तर–पूर्वमा सुत्नुपर्छ । – यदि लामो प्रयासपछि पनि विवाह हुन नसकेको खण्डमा सकिन्छ भने दिनदिनै नभए प्रत्येक बिहिबार केराको जरालाई दुध चढाएर पाकेको केराले नै पूजा गर्नुपर्दछ ।

 ५. आयमा बढोत्तरीका निम्तिः – घरको मूल व्यक्ति (जसले परिवारको लागि कमाउने गर्दछन्), दक्षिणमा शिर र उत्तरमा खुट्टा राखेर सुत्नुपर्ने हुन्छ । – घरको भर्याङ दाहिने घुमेको हुनुपर्छ ।


६. नवविवाहित जोडिको कोठाः – श्रीमान–श्रीमतीको कोठा दक्षिण पश्चिममा फर्केको हुनुपर्छ । यदि पूर्व–दक्षिण कुनामा नवविवाहित जोडिको कोठा छ भने कोठा परिवर्तन गर्नु नै राम्रो मानिन्छ नभएर सम्बन्ध विच्छेद हुने पक्का छ ।

 वास्तुशास्त्रसँग विस्तृत रुपमा जानकारी लिन चाहनुहुन्छ भने सुमा बस्तोलालाई ९८४३६८८७९५ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

www.ratopati.com भिडियो तल छ

Sunday, November 2, 2014

यस्तो भयो भने बुझ्नुस् केही अशुभ हुँदैछ

ज्योतिष शास्त्रका अनुसार हाम्रो जीवन ग्रहको आधारमा चल्छ । हाम्रो जीवनमा हुने हरेक घटनामा ग्रहको प्रभाव हुन्छ ।
अहिले शनि राशि वृश्चिक राशिमा प्रवेश गरेको छ । शनिको स्थानान्तरणसँगै मानिसको जीवनमा परिवर्तन हुने सम्भावना हुन्छ ।
शनि अशुभ भएका राशिका ब्यक्तिलाई विभिन्न संकेत देखिने ज्योतिष शास्त्रको भनाइ छ ।

थाहापाइ राख्नुस् शनिका अशुभ संकेतः
१- शनि प्रतिकुल भएपछि मानिसमा नराम्रा कुराप्रति बढी ध्यान जाने हुन्छ, कुसंगति, नशा वा परस्त्री वा परपुरुष गमन तर्फ मात्र मन लाग्यो भनेपनि शनि प्रतिकुल भएको बुझ्नु पर्छ । यस्ता ब्यक्तिको धन र ब्यक्तित्वमा समेत नकारात्मक प्रभाव पर्न सक्छ ।
२- शनि प्रतिकुल भएमा सदैव आलस्य हुने र कुनै काम गर्न जाँगर नलाग्ने हुन्छ । यस्ता ब्कयक्तिको अनुहारमा थकान, तनाव देखिन्छ ।
३- जूते-चप्पल चुँड्ने वा च्यातिने भैराख्नु पनि शनि प्रतिकुल भएको लक्षण हो ।
४- शनि विपरीत भएमा आँखा पोल्ने वा कमजोर हुने, कमर दुख्ने जस्ता लक्षण देखिन्छन् ।
५- यदि कुनै विद्यार्थीको जीवनमा शनि प्रतिकुल भएमा पढाइमा मन नलाग्ने र असफलता हात लाग्छ ।
६- विवाह हुनासाथ ससुरालीको घरमा आर्थिक क्षति भयो भने शनि सकारात्मक छैन भन्ने बुझ्नुस् ।

७- यदि तपाइ घर बनाउँदै हुनुहुन्छ र भनेको जसरी काम नहुने र अनेक अवरोध आउने भएपनि बुझ्नुस् शनि प्रतिकूल छ ।
८- साना साना कुरामा समेत झगडा हुने र तनावको अवस्था पनि शनि प्रतिकुल भएको लक्षण हो ।
nepaliheadlines.com

Saturday, November 1, 2014

जन्मदिनबाट थाहा हुन्छ तपाइँलाई कस्ती केटी ठिक

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु ।
विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ ।
जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु ।
के हो मुलाङ्क ?
कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म मिती १० गते हो भने तपाइँको मुलाङ्क १ हो तर ११ गते हो भने १‌‍‍‌+१= २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १‌‍‍‌+४= ५ हुन्छ ।
९ सम्मको मुलाङ्क भएका केटी राम्रा मानिन्छन् । ९ सम्म मुलाङ्क भएका केटीहरुसँग सम्बन्ध गाँस्दा राम्रो हुने र जीवनमा सुख प्राप्ती हुने ज्योतिषको दावी छ ।


तर १ मुलाङ्क भएका केटालाई २ देखि ८ सम्मका जोर मुलाङ्क भएकी केटी जोडी परेमा यस्तो जोडीको जीवन दुःख र कलहले भरिएको हुन्छ । यिनीहरुको जीवनमा सँधै झगडा हुन्छ ।

यदि केटाको मुलाङ्क २ छभने त्यस्ता केटालाई १ देखि ७ सम्म मुलाङ्क भएका केटी ठिक हुँदैन । अन्य मुलाङ्क भएका केटी खोजेर सम्बन्ध जोड्नु उपयुक्त हुन्छ ।

जुन पुरुषको मुलाङ्क ३ हुन्छ त्यस्ता पुरुष ३, ४ र ५ मुलाङ्क भएकी केटीसँग टाढै बसेको राम्रो । तत्र जीवनभर कलह भोग्नु पर्ने हुन सक्छ ।


जुन पुरुषको मुलाङ्क ४ हुन्छ त्यस्ता पुरुष २, ४ र ५ मुलाङ्क हुने केटीसँग बँचेकै राम्रो ।
जसको मुलाङ्क ५ हुन्छ त्यस्ता पुरुषले १, २, ५, ६ र ८ मुलाङ्क मध्ये जुनसुकै भएकी केटीसँग सम्बन्ध जोड्दा पनि हुन्छ ।
जुन केटाको मुलाङ्क ६ हुन्छ त्यस्ता केटाले १ वा ६ मुलाङ्क भएकी केटीसँग सम्बन्ध राख्नु राम्रो हुन्छ अन्यथा जीवन तनावपूर्ण हुने खतरा हुन्छ ।

मुलाङ्क ७ हुने केटालाई मुलाङ्क २, ४ वा ७ हुने केटी जोडी मिल्छ ।
८ मुलाङ्क हुने केटाका लागि १, ४, ८ या ९ मुलाङ्क भएकी केटी जोडी ठिक हुन्छ ।
जुन पुरुषको मुलाङ्क ९ हो यस्ता पुरुषलाई १, २, ३, ६ वा ९ मुलाङ्क भएकी केटी राम्रो मानिन्छ । तर यो मुलाङ्क हुनेले ४ र ८ मुलाङ्क हुनेसँग भुलेर पनि सम्बन्ध राखुन् हुँदैन । भिडियो हेर्न तल क्लिक गर्नुहोस :