Thursday, December 11, 2014

तोरीको सागमा पाइने भिटामिन, मिनिरल, फाइबर र प्रोटीन निक्कै लाभदायक हुने विज्ञहरु बताउँछन् । १०० ग्राम तोरीको सागमा २७ क्यालोरी, शून्य दशमलव ४ ग्राम चिल्लो, ३५८ मिलिग्राम पोटाशियम, ४ दशमलव ७ ग्राम कार्वोहाइड्रेट, २ दशमलव २ ग्राम फाइवर, १ दशमलव ३ ग्राम सुगर, विटामिन ए, सी, डी, बी १२, म्याग्नीशियम, आइरन र क्याल्शियम जस्ता तत्व हुन्छ ।

जाडोमा तोरीको साग सेवन गर्दा हुने फाइदाः
तोरीको सागमा एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा हुन्छ । यसले शरीरमा रहेका विकार विसर्जनमा मुख्य भूमिका खेल्छ । र रोगसँग लड्ने क्षमता बढाउँछ । त्यतिमात्र होइन तोरीको साग सेवन गर्दा मुत्रनली, पेट, छाती, फोक्सो, प्रोस्टेट र पाठेघरको क्यान्सरबाट समेत तोरीको सागले बचाउँछ ।




१ मुटुका लागि राम्रो
तोरीको सागले शरीरमा नकारात्मक कोलेष्ट्रोल नियन्त्रण गर्छ र फोलेटको निर्माण बढाउँछ । यसले कार्डियोभास्कुलर रोगको सम्भावना समेत घटाउँछ ।

२ पेट सफा बनाउँछ
तोरीको साग फाइबरको मात्रा बढाउँछ जुन पाचनको लागि निक्कै राम्रो मानिन्छ । यसको सेवनले पाचन प्रणली स्वस्थ रहन्छ ।

३ कम क्यालोरी बढी फाइवर
तोरीको सागमा क्यालोरी कम र फाइबर बढी हुने हुँदा यसले शरीरको पाचन प्रणाली मात्र राम्रो राख्दैन । मोटोपन पनि नियन्त्रण गर्छ । मोटोपनको शिकार भएकाहरुलाई समेत तोरीको साग लाभदायक छ ।

४ हाडलाई बलियो बनाउँछ
तोरीको सागमा क्याल्सियमको मात्र बढी हुन्छ । यसले पोटाशियमको मात्रा पनि बढी दिन्छ । हड्डी बलियो बनाउन चाहिने यी तत्व तोरीको सागमा पाहिन्छ । हाडको समस्या हुनेलाई समेत तोरीको साग राम्रो मानिन्छ ।

५ आँखा तेज बनाउँछ
आँखाको लागि सागपात सबै भन्दा राम्रो चिज हो । तोरीको सागले आँखाको तेज बढाउँछ र आँखाका मांसपेसी समेत मजबुत राख्छ । स्रोत नेपाली हेडलाइनस् भिडियो हेर्न तलको बाकस थिच्नुहोस

प्रेममा खटपटपछि बलात्कारको मुद्धा

२५ मङ्सिर, भक्तपुर ।
काभे्रपलाञ्चोक जिल्ला साँगा–५ बस्ने २३ वर्षीया अन्जु (परिवर्तित नाम) र पर्सा महादेवपट्टी–१ घर भई भक्तपुर नगरपालिका–१५ बस्ने २४ वर्षीय दयानन्द चौधरीबीच छ वर्षदेखि प्रेम सम्बन्ध कायम थियो ।

यो बीचमा उनीहरुबीच आपसी सहमतिमा कयौँपटक शारीरिक सम्बन्ध कायम भएको दुवैले स्वीकार पनि गरेका छन् तर गत भदौ २६ गते चौधरीले जबर्जस्ती करणी गरेको भन्दै घटनाको चार दिनपछि भक्तपुर प्रहरीमा अन्जुले किटानी जाहेरी दिइन् ।

प्रहरीले चौधरीलाई पक्राउ गर्‍यो । हाल चौधरी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

प्रहरी स्रोतका अनुसार चौधरी बिस्तारै अन्जुदेखि टाढिन थालेपछि दुईबीच खटपट सुरु भएको थियो । अन्तमा अन्जुले जिल्लास्थित महिला अधिकारकर्मीको सहयोगमा चौधरीविरुद्ध जबर्जस्ती करणी गरेको आरोप लगाउँदै उजुरी गरेकी थिइन ।

घटनाको दिनमा पनि दुवैजना पाटनको एक स्थानमा भेट भई चौधरीकै मोटरसाइकलमा अन्जु भक्तपुरस्थित चौधरीको डेरामा पुगेर यौन सम्पर्क गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

त्यस्तै काभे्र बालुवापाटीकी २१ वर्षीया एक युवती र सिन्धुपाल्चोक ठूलोपाखर घर भई भनपा–१६ घलाँटे बस्ने २४ वर्षीय विनोद तामाङबीच फोनमा कुराकानी हुने गरेको लामो समय भइसकेको थियो ।

यसैबीच गत भदौमा युवतीकी आमा बिरामी भई भक्तपुर अस्पतालमा उपचारका लागि आएकाबेला ती युवतीको तामाङसित प्रत्यक्ष भेट भयो । सहमतिमै युवती तामाङको कोठामा गई रात बिताए तर घटनाको दुई हप्तापछि जबर्जस्ती करणीको उजुरी गरिन् । तामाङ अहिले पुर्पक्षका लागि जेल चलान भएका छन् ।

मध्यपुर थिमी नगरपालिका–७ डेरा लिई बस्ने सुन्तली (परिवर्तित नाम) र सिन्धुपाल्चोक जिल्ला मगाम–७ बस्ने शेरबहादुर तामाङ नातामा देवर भाउजु हुन् । सुन्तलीका पति लामो समयदेखि वैदेशिक रोजगारमा छन् ।

देवर भाउजुबीच पटक–पटक शारीरिक सम्बन्ध कायम भएको दुवैले सकारेका पनि छन् । गत असार २४ गते पनि भाउजुकै अनुरोधमा मदिरापान गरेर शेरबहादुर सुन्तलीको कोठामा गए र त्यही रात बिताए तर त्यसको पाँच दिनपछि देवरविरुद्ध सुन्तलीले जबर्जस्ती करणीको उजुरी महानगरीय प्रहरी वृत्त थिमीमा दर्ता गरिन् । स्रोतका अनुसार उनी देवरविरुद्ध सार्वजनिक अपराधबमोजिम कारबाहीको माग गर्दै उजुरी गर्न गएकी थिइन् तर वृत्तमा कार्यरत एक प्रहरीकै सल्लाहमा उनले शेरबहादुरविरुद्ध जबर्जस्ती करणीसम्बन्धी उजुरी दर्ता गरेकी थिइन् ।

मुद्दा अदालतमा पुग्यो । भक्तपुर जिल्ला अदालतले शेरबहादुरलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दियो । सोहीबमोजिम शेरबहादुर थुनामा छन् ।

भक्तपुरमा पछिल्लो समय सहमतिमा कायम भएको शारीरिक सम्बन्धलाई पनि कानुनको सहारामा बलात्कारको घटनामा परिणत गर्ने परिपाटी विकास भएको छ । मनपरुन्जेल सम्बन्ध गाँस्ने तर मन नपरेपछि बलात्कारको आरोप लगाउने प्रवृत्तिले पुरुष कानुनको सिकार बन्दै गएका छन् ।

प्रहरी स्रोतका अनुसार घटनाको प्रकृति हेर्दा कुनैपनि कोणबाट बलात्कार हुन नसक्ने घटनालाई बलात्कारअन्तर्गत मुद्दा चलाउनुपर्ने बाध्यता रहेको छ ।

अशक्त, उमेर नपुगेका बालिका हो भने जबर्जस्ती करणी हुन सक्दछ तर उमेर पुगेका बयस्क युवती, त्यसमाथि शिक्षित युवती यौन सम्पर्क भएको हप्ता दिनपछि बलात्कृत भएको भन्दै उजुरी गर्न आउनु आफैँमा शङ्कास्पद भएको प्रहरीको भनाइ छ ।

जबर्जस्ती भएकै हो भने प्रतिकारका केही सामान्य लक्षण हुनुपर्छ, त्योसमेत नहुने गरेको प्रहरी बताउछन् । “बचाउका लागि चिच्याएको, झडप भएको केही हुँदैन, चोटपटक लागेको केही हुँदैन तर पनि जबर्जस्ती करणी गरेको आरोपमा केटालाई कारबाही गर्नुपर्ने अवस्था छ”, प्रहरी स्रोतले भन्यो ।

विभिन्न महिला अधिकारकर्मी र सङ्घ संस्थाको दबाब तथा पीडित पक्षको किटानी जाहेरीका कारण प्रहरीले आरोपी व्यक्तिमाथि मुद्दा चलाउनैपर्ने बाध्यता रहेको प्रहरी स्रोतले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

बलात्कृत भएको भन्दै घटनाको केही दिनपछिमात्र प्रहरीमा उजुरी पर्नु नै आपसी सम्बन्धमा आएको असमझदारी भएको प्रहरीको भनाइ रहेको छ । “किटानी जाहेरी दर्ता नगर्दा अनावश्यक विवाद र अधिकारकर्मीको दबाब आउने भएकाले त्यस्ता घटनाको मुद्दा प्रक्रियामा जान प्रहरी बाध्य छ” स्रोतले भन्यो । यस्तो बेला पीडितको शारीरिक जाँच र यौन सम्पर्क भएको बेला स्खलन भएको विर्य जाँचलगायतमा समस्या आउने गरेको प्रहरी बताउँछन् ।

मुलुकी ऐनको जबर्जस्ती करणीसम्बन्धी महलमा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा १६ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा जबर्जस्ती करणी गरेको ठहर्ने’ उल्लेख गरिएको छ । सो महलको स्पष्टीकरण प्रयोजनमा ‘डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन’ भनी उल्लेख छ ।

भक्तपुरमा गत वर्षमात्र २८ वटा जबर्जस्ती करणीसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता भएका थिए । तीमध्ये २२ वटाको फैसला भइसकेको जिल्ला अदालतका स्रस्तेदार खड्गराज अधिकारीले जानकारी दिए । त्यस्तै यस आर्थिक वर्षको साउनदेखि यतामात्र अदालतमा बलात्कारका पाँच मुद्दा दर्ता भएको उनले भने ।

उनले कानुनमा स्पष्टसँग अनुचित प्रभाव र झुक्यानमा पारी लिएको मञ्जुरीलाई मञ्जुरी नमान्ने व्यवस्था गरेकाले प्रेमी प्रेमिकाबीच सहमतिमा भएको शारीरिक सम्बन्ध पनि जबर्जस्ती करणीमा जाने गरेको बताए । बिहे गर्ने भनी झुक्याएर यौन सम्पर्क गरेको आरोपसहित उजुरी आउने र सोही बमोजिम प्रहरी प्रतिवेदन र आरोपीको साविती बयान हुने भएकाले अदालतले कानुन बमोजिम कारबाही गर्ने गरेको उनले बताए । रासस
nepaliheadlines.com

जिब्रोले बताइदिन्छ जिउको रोग

पेट दुखेको होस् वा टाउको अथवा अन्य कुनै रोगको उपचारका लागि डाक्टरकहाँ जाँदा डाक्टरले चेकजाँचका क्रममा मुख आँ… गर्न लगाएर जिब्रो बाहिर निकाल्न अह्राउने र हाम्रो जिब्रो मज्जाले हेर्ने गरेको अनुभव तपाइँ हामीले गरेकै छौँ ।
पेट दुखेर जँचाउन गएको बेला डाक्टरले किन जिब्रो हेरेका होलान् ? भन्ने प्रश्न सहजै उठ्ने गर्छ । जिब्रोको मुख्य काम स्वाद थाहा पाउने हो । पञ्च ज्ञानेन्द्रीय मध्येको एक जिब्रो यत्तिमा मात्र सिमित भने छैन ।
जिब्रोले विभिन्न स्वास्थ्य समस्याको बारेमा जानकारी समेत दिन्छ । जिब्रोको अवस्था हेरेर जिउमा भएका केही रोग तथा स्वास्थ्य समस्या थाहा पाउन सकिन्छ ।
खोकी, ज्वरो, जण्डिस, टाउको तथा पेट दुख्ने जस्ता समस्याहरु जिब्रोको अवस्था हेरेरै पत्ता लगाउन सकिन्छ भने  र जिब्रोको अवस्थाले डाक्टरहरुलाई रोगको निदान गर्न सहयोग पूराउँछ ।
स्वस्थ मानिसको स्वस्थ जिब्रोको रङ गुलाबी हुनुका साथै जिब्रो सफा तथा स-साना स्वाद टुसाहरु (प्यापिली) ले भरिएको हुन्छ ।
डढेको जस्तो, रातो, कालो वा सेतो रंगको जिब्रो हुनु मुखमा ढुसी वा ब्याक्टेरियाको संक्रमण भएको लक्षणको रुपमा लिइन्छ भने एलर्जीका कारण जिब्रो सुन्निएको हुन्छ ।
ल्ामो समयसम्म एन्टिबायोटिक औषधि सेवन गरेका मानिसहरु तथा एचआइभी संक्रमित मानिसहरु जसको मुखमा ढुर्सीको संक्रमण भएको हुन्छ उनीहरुको जिब्रो कालो तथा रंगहीन हुन्छ ।
जिब्रोको सतहमा लामो गहिरो धर्साहरु हुनु भिरिंगी जस्ता यौन संक्रामक रोगको लक्षण हुनसक्ने विज्ञहरुको भनाइ छ ।
जिब्रोमा घाउहरु हुनु पेटको जटिल रोग ‘क्रोहन डिजिज’को लक्षण हो ।
स्वाद कोशिका कम भएको चिल्लो जिब्रो ले सरीरमा भिटामिन बी १२, फलाम तत्व तथा फोलेट कम भएकेा र रक्तअल्पताको संकेत गर्छ ।
बेलायतको क्यान्सर रिसर्च संस्थाका अनुसार जिब्रोमा जिब्रोमा गाँठागुठी हुनु तथा जिब्रोबाट धेरै रगत आउनु मुखको क्यान्सरको लक्षण हुनसक्छ ।
www.onlinekhabar.com

अब एसएलसी दिने सबै पास

२५ मंसिर, काठमाडौ । एसएलसी परीक्षामा अनुतीर्ण हुने प्रावधान खारेज गरिएको छ । शिक्षामन्त्रीको अध्यक्षतामा बुधवार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विगत ८१ वर्षदेखि लागू हुँदै आएको एसएलसी परीक्षामा अनुतीर्ण हुने प्रावधान खारेज गरेको गोरखापत्रमा खबर छ ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलले विद्यालयबीचको अस्वस्थ प्रतिष्पर्धी उन्मुलन गर्न र विद्यार्थीलाई मानसिक तनावबाट मुुक्त पार्न एसएलसी परीक्षामा अनुतीर्ण हुने ब्यवस्था अन्त्य गरिसकेको बताए । उनका अनुसार अवदेखि विद्यार्थीको हातमा अनुतीर्ण भएको प्रमाणपत्र थमाइने छैन ।
यस्तै ब्यवस्था यसवर्ष प्राविधिकतर्फको एसएलसी परीक्षामा परीक्षणका रुपमा लागू गर्ने र आगामी २०७२ सालको एसएलसी परीक्षादेखि साधारणतर्फ पनि लागू गरिने छ ।
परिषद्को बैठकले प्रशितका आधारमा गरिदै आएको परीक्षाको मूल्यांकन पद्धतिलाई विस्थापित गरी ‘लेटर ग्रेड’का आधारमा मूल्यांकन गर्ने आधारलाई स्वीकृत गरेको छ ।
केन्द्रका कार्यकारी निर्देशक ढुंगेलका अनुसार ९० देखि एक सय प्रतिशत अंक ल्याउनेलाई ‘ए प्लस’ (विशिष्ट), ८० देखि ८९ प्रशित अंक ल्याउनेलाई ‘ए’ (उत्कृष्ट), ६० देखि ७९ प्रतिशत अंक ल्याउनेलाई ‘बी’ (धेरै राम्रो), ४० देखि ५९ प्रतिशत अंक ल्याउनेलाई ‘सी’ (राम्रो) तथा २५ देखि ३९ प्रतिशत अंक ल्याउनेलाई ‘डी’ (कमजोर) र २५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई ‘ई’ (धेरै कमजोर) भनी प्रमाणपत्रमा उल्लेख गरिनेछ ।
www.onlinekhabar.com

Wednesday, December 10, 2014

आफ्नै दुध बेचिन् युवतीले ,क्रिसमसको खर्च जुटाउँन

आउँदै गरेको क्रिसमस भव्य रुपमा मनाउने खर्चको जोहो गर्नका लागि एक युवतीले आफ्नै दुध बेचिकी छिन् ।बेलायतकी २६ वर्षीय युवतीले आफ्नो बच्चालाई चुसाउने दुध दुहेर बिक्रि गरिरहेकी छिन् । आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ जम्मा गरिसकेको उनले जनाइन् ।

चार सन्तानकी आमा रेबेका हडसनकी कान्छी छोरी मिली एक वर्षकी छिन् । काखकी छोरीलाई पुग्ने भन्दा आफ्नो वक्षस्थलले धेरै दुध उत्पादन गरेको निधो गर्दै उनले त्यसलाई खेर फाल्नुभन्दा दुहेर बेच्ने निधो गरी सोही बमोजिम गरेकी हुन् ।उनको एक बोतल दुध साढे १२ पाउण्ड अर्थात् झण्डै १९ सय ४० रुपैयाँमा बिक्ने गरेको उनले बताइन् । उनले अहिलेसम्म ८ जना ग्राहकलाई दुध बेचिसकेकि हुन् ।

आफ्ना कतिपय ग्राहकले यौनिक प्रयोजनका लागि आफ्नो दुध खरीद गरेको उनले खुलासा गरेकी छिन् ।
उनको दुध पिउने पुरुषहरुले आफ्नो यौन क्षमता बढेको अनुभव गर्ने गरेका उनले भनाई छ । आफुले आफ्नो दुध किन्न चाहने जो कोहीलाई पनि दुध बेच्ने भन्दै उनले बडी विल्डर देखि लिएर सेक्स क्षमता बढाउन चाहने सबैलाई आफुले दुध बेच्ने जनाइन् ।

मान्छेको दुध पिउनु प्राकृतिक र सामान्य कुरा भएको भन्दै उनले आफ्नो दुधमा प्रसस्त भिटामिन रहेको एक टेलिभिजन कार्यक्रममा दाबी गरेकि छिन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

नयाँ कानुन : २४ घण्टाभित्र बलात्कारीको हत्या गर्नेलाई कारबाही नहुने

काठमाण्डौ, २४ मंसिर– बलात्कारीलाई घटनाको २४ घण्टाभित्र हत्या गरे कानुन नलाग्ने व्यवस्थासहितको कानुन बन्ने भएको छ ।
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा त्यस्तो कडा प्रावधानसहितको व्यवस्था लागू गर्न प्रस्ताव गरिएको हो । हालको ऐनमा बलात्कारीलाई घटनाको एक घण्टाभित्र पीडितले हत्या गरेमा कानुनी कारबाही नहुने व्यवस्था छ ।
विधेयकबारे छलफल गर्न बुधबार आयोजित कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याणमन्त्री निलम केसीले यस्तो जानकारी दिएकी हुन् ।
उनले राज्यका हरेक तहमा महिलाहरुको समान सहभागिता नभएसम्म लैंगिक विभेद अन्त्य नहुने बताइन् ।
उनले महिला हिंसा अन्त्यको अभियान घरबाटै सुरु हुनेपर्ने उल्लेख गरिन् ।
‘प्रत्येक नेपालीलाई म हिंसा गर्दिन र हिंसाविरूद्ध आवाज उठाउँछु’ भन्ने प्रतिबद्धता जाहेर गर्न उनले आग्रह गरिन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

नर्स बन्ने सपना बोकेर अमेरिका पुगेकी किशोरी कसरी पोर्न स्टार बनिन्?

विन्दु परियारको लुकेको कथा
काठमाण्डु– फेसबुक, इन्टरनेट र अनलाइन मिडियाहरूमा पोर्न स्टारका रुपमा प्रचारित विन्दु परियार को हुन् ? उनलाई पोर्न गर्लका रुपमा मात्रै लिने र अझ नेपाली ‘पोर्न गर्ल’ भनेर चर्चा गर्ने धेरैलाई उनको नखुलेको भित्री कथा थाहा छैन । विन्दु परियारका नाममा अनलाइनमा प्रसारित सयौं भिडियोहरू थुप्रैले हेरिसकेका छन् । तर, खासमा विन्दु को हुन् वा के–का लागि अहिले पनि संघर्षरत छिन्, त्यो धेरै कमलाई मात्रै थाहा छ । विन्दु नेपाली, हटी विन्दु वा मलिका, विन्दी, हटी विन्दी नामबाट चिनाइएकी विन्दुले अमेरिकाको एक अनलाइनलाई दिएको अन्तर्वार्तामा आधारित उनको जीवनको रहस्यमय कथा उनकै शब्दमा प्रस्तुत छ : 
मलाई घरिघरि रुन मात्रै मन लाग्छ, जब म आफ्नो बाल्यकाल सम्झन्छु । म पश्चिम नेपालको कास्की जिल्लाअन्तर्गत हेमजामा जन्मेकी हुँ । एकदमै गरिब परिवारमा । बच्चैदेखि म नाचगानमा रुचि राख्थें । स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन्थें । लोकदोहोरी, कौडा र रोदीमा नाच्नु धेरै रमाइलो हुन्थ्यो । नाचगानमा मेरो गहिरो रुचि थियो । म साथीहरूसँग नाचगानकै लागि थुप्रै ठाउँमा पुग्थें ।
म सानै छँदा मेरो घरमा कोही मान्छे आयो र मेरो पढाइमा उसले सहयोग गर्यो । मैले ज्ञानुबाबा स्कुलबाट १२ कक्षासम्मको पढाइ पूरा गरें । त्यसपछि म ऊसँगै अमेरिका आएँ । टम सवेल नामको त्यो व्यक्ति मभन्दा ३० वर्ष जेठो थियो । उसले पहिले मेरी काकीलाई बिहे गर्यो र पछि सम्बन्धविच्छेद गरेर मेरी दिदी पर्ने सीता परियारलाई बिहे गर्यो । मेरो स्कुले शिक्षाको सबै शुल्क उसैले बेहोरेको थियो । तर, उसको मास्टर प्लान (गुरुयोजना) के थियो भन्ने कसैलाई थाहा थिएन । ऊसँग बिहे गरेकी सीता दिदीले पनि उसलाई छाडेपछि भने धेरै कुरा फेरिन थाले । ऊ आत्महत्या गर्छु भन्थ्यो तर मैले उसलाई रोकें । उसले मलाई सीता दिदीका नांगा फोटा र भिडियोहरू देखाएर उसले आफूलाई धोका दिएको भन्थ्यो । मलाई उसले भनेको सबै कुरा साँचो हो जस्तो लाग्थ्यो । तर कथा अर्कै रहेछ । उसले त दुईनम्बरी धन्दा गरेर पैसा कमाउन दिदीलाई दबाब दिंदो रहेछ ।
टमले मलाई अमेरिका लैजान चाह्यो किनभने कलिली र सुन्दरी केटीहरूबाट पैसा कमाउन सकिन्छ भन्ने
उसलाई थाहा थियो । अहिले बल्ल मलाई महसुस हुन्छ, मैले त्यतिबेला दिदीको कुरा किन सुनिन ? सायद म अमेरिका आउनका लागि एकदमै इच्छुक थिएँ । त्यतिबेलासम्म म उसको मास्टर प्लानमा फँसिसकेकी थिएँ ।
मेरा बा आमा गरिब थिए । उनीहरू ठान्थें– गरिबका छोराछोरीलाई सहयोग गर्ने टम हाम्रा लागि भगवानै हो । जसले त्यति धेरै सहयोग गरेको थियो, उसलाई अविश्वास म कसरी गर्न सक्थें र ? त्यसैले मैले उसले दिएका सबै कागजहरूमा सही गरिदिएँ । अमेरिका आउन त मलाई साँच्चै नै मन थियो । तर त्यसका लागि खर्च गर्नुपर्ने पैसा कहाँबाट आउँछ, यो मलाई थाहा थिएन । जब म अमेरिका आइपुगें, त्यसपछि मेरो जिन्दगी खराबबाट खत्तम हुन थाल्यो । उसले मलाई यहाँ ल्याएको त पढाइका लागि थियो, राम्रो जीवनको लागि थियो र परिवारलाई सहयोग पुग्छ भनेर थियो । तर बिस वर्षपछि मैले बल्ल थाहा पाएँ, उसले विन्दुलाई अमेरिका किन ल्याएको रहेछ ।
उसले मलाई यहाँ मेरो सपना पूरा गर्न भनेर ल्याएको थियो । मेरो सपना नर्स बन्ने थियो । मेरा बाआमा खुशीले दंग थिए । म अमेरिकामा पढ्न भनेर आएकी थिएँ । उसकी श्रीमती र यौन दास बन्न आएकी थिइन । म पहिलो पटक २०१० को अक्टुबरमा अमेरिका आएँ । यहाँ आउनासाथ उसले मलाई नाइट क्लबमा काम गर्न दबाब दियो र भन्यो, ‘तँलाई यहाँसम्म ल्याउन मेरो थुप्रै लगानी परेको छ ।’ मैले प्रतिरोध गर्न नखोजेकी पनि होइन । तीन महिनाजति काम गरेपछि मैले घर फर्कन्छु भनेँ । तर उसले मलाई धम्क्याउन थाल्यो र मेरा नांगा फोटा र भिडियोहरू सार्वजनिक गरिदिन्छु, बाआमालाई देखाइदिन्छु भन्न थाल्यो । जसले गर्दा मलाई त्यहीँ, त्यस्तै काम गर्न बाध्य पार्यो ।
मेरो पासपोर्ट लगायतका सबै कागजपत्रहरू पनि उसैसँग थिए । अमेरिकाको कानुनी व्यवस्था के छ र त्यसका
लागि कहाँ जानुपर्छ भन्ने पनि मलाई केही थाहा थिएन । मैले चिनेजानेको वा भेट्ने मान्छे पनि कोही थिएन । प्रहरीकहाँ जाने कसरी भन्ने पनि मलाई जानकारी थिएन । मेरा लागि यो बिल्कुलै अर्कै संसार थियो । त्यसपछि त मेरो जीवन नर्कमै गएजस्तो भयो । मैले उसलाई धेरै विश्वास गरें । उसले मेरा लागि त्यत्रो वर्ष कुरेर अमेरिका ल्याएको थियो र यो सबथोक गरेको थियो । पैसा थुप्रै कमाइसकेपछि मैले उसलाई अनुरोध गरें– अब त पैसा पनि कमायौ, मलाई छाड्देऊ । तर उसले मलाई धम्काउन छाडेन ।
मैले हरेक रात एक हजार डलर कमाएर उसलाई बुझाउँथे । नत्र उसले मलाई कुट्थ्यो । ऊ घरै बस्थ्यो म भने हरेक रात नांगै काममा जानुपथ्र्यो । मैले हरेक दिन १२ घण्टा काम गर्थें । उसले मलाई कति पैसा कमाउनुपर्छ र कतिसँग उसको आनन्दका लागि सित्तैमा सुत्नुपर्छ भनेर लेखेर दिन्थ्यो । मैले धेरै नै बिरामी पनि परें, पाँच पटक त म हस्पिटल भर्ना समेत भएँ । अन्ततः मैले उसलाई छाडिदिएँ । कैंयौंपटक औषधि उपचार गरें । अब भने मैले उसलाई छाडिसकेकी छु र आफ्नै जीवन बाँच्ने प्रयास गर्दैछु । अब म कलेज पनि भर्ना हुनेछु र नर्सिङ डिग्री लिएर सुखद जीवन बाँच्नेछु ।

मेरा नाममा विगतमा जे–जे फोटो, भिडियो वा अरु सामग्री आए, ती सबैलाई म गलत साबित गर्नेछु । त्यो मेरो काम थियो । मैले हरेक रात त्यतिबेला ८ सयदेखि तीन हजार डलरसम्म कमाउँथे । त्यसको १० प्रतिशत रकम मैले घरमा पठाउँथे । म सन् २०१२ मा डलास गएर सम्बन्धविच्छेदको दर्ता गराएँ । उसले त मलाई अझै तीन वर्ष सँगै बसौं अनि म रिटायर्ड हुन्छु भनेको थियो । तर म अझै मुर्ख हुन सकिन । उसले मलाई धम्क्यायो र मैले उसलाई छाडें भने मेरा सबै नांगा फोटा र भिडियोहरू इन्टरनेट राखिदिन्छु भन्यो । मैले उसलाई छाडिदिएँ, त्यसैले अहिले अनलाइनहरूमा के आइरहेको छ, सबैले देखिरहेका छन् ।
विगतलाई म एउटा खराब सपनाका रुपमा बिर्सन चाहन्छु । दुई वर्ष भयो मैले उसलाई छाडेको । त्यसपछिको मेरो जीवन निकै सुखद छ । अहिले म नर्सिङ पढिरहेकी छु । मेरो जिन्दगीको अबको सपना भनेको राम्रोसँग नर्सिङ पढ्ने र आफ्ना बाआमाका लागि घर फर्केर केही गर्ने हो । मलाई नेपालमै हुँदा जे–जस्तो सहयोग ग¥यो, त्यसका लागि म टमप्रति कृतज्ञ छु । म आफ्नो नर्सिङ पढाइ पूरा गर्न फेरि नृत्यमा काम गर्नुपर्यो भने पनि गर्छु । किनभने मलाई पढ्नु छ । मलाई माया गर्ने र सहयोगी मान्छे पाए म काम गर्दै पढाइ पूरा गर्ने थिएँ । खानबस्न र परिवारलाई सुखी देख्न पाए मलाई जुन काम पनि ठीक छ ।
kathmandutoday.com बाट भिडियो हेर्न तल क्लिक गर्नुहोस

महिलाले सुन्न चाहने १० चिज

अधिकाँश पुरुषहरु महिलाई के मन पर्छ भन्ने आफूले बुझ्न नसकेको गुनासो गर्छन् । यहाँ केही त्यसता कुराको चर्चा गरिएको छ जुन कुरा सुन्न महिलाहरु लालायित हुन्छन् तर पुरुषहरु भने भन्न हिच्किचाउँछन् ।
यदि कुनै महिलाई आकर्षित गर्न वा खुसी राख्न राहनु हुन्छ भने धेरै केही गर्नु पर्दैन सामान्य बोलीचालीमा उनीहरुलाई मन पर्ने कुरा गरिदिए पुग्छ ।
तपाइँलाई अचम्म लाग्न सक्छ तर यो सत्य कुरा हो ।
यदि तपाइँ आफ्नो सम्बन्धमा प्रतिबद्ध हुनुहुन्छ र सम्बन्ध टुट्लाकी भनेर चिन्तित हुनुहुन्छ भने यि महिलालाई मन पर्ने केही कुरा ध्यानमा राख्नुस् ।


सुन्दरताको बयानः
पुरुषले जहिले पनि महिलालाई मन पर्ने तीन कुरा मनमा राखि रहनु  पर्छ । सबै महिलालाई मन पर्ने खाना, दराजमा नयाँ नयाँ कपडा र पुरुषहरुले आफ्नो सुन्दरताको बयान गरेको मन पर्छ । महिलाई तिमी राम्री छौ भन्दिँदा जित खुसी अरु केही गर्दा नि लाग्दैन । कुनै पुरुषले तिमीलाई यो कपडा राम्रो देखिएको छ भन्यो भने मख्ख पर्छन् । ३० वर्षकी महिला पनि यो उमेरमा पनि कस्तो सेक्सी देखिएको भन्दा फुरुक्क पर्ने  हुन्छन् ।
'तिमी मेरो पहिलो प्रेम हो'
महिलालाई तिमी मेरो पहिलो प्रेम हो भन्यो भने मख्ख पर्छन् किन भने उनीहरुलाई यो एक मात्र महिलालाई प्यार गर्ने पुरुष हो भन्ने पर्छ ।
सँगै सुत्दा प्रशंसा गर्नुस्
जुन सुकै महिला पनि आफ्नो प्रशंसा सुन्न लालायित हुन्छन् । खासगरी सँगै सुतिरहेको समयमा प्रशंसा गरेको महिलालाई खास मन पर्छ । यसो गर्दा तपाइँ सेक्स जीवनमा सन्तुष्ट हुनुहुन्छ भन्ने प्रभाव पर्छ र महिला खुसी हुन्छन् ।
'तिमी असल आमा बन्न सक्छौ'
कुनै पनि महिला आमा बन्न लालियत हुन्छन् । त्यसकारण उनीहरुलाई तिमी असल आमा बन्न सक्छौ भनिदियो भने अति खुसी हुन्छन् । महिलाहरुमा बच्चा सम्हाल्न सक्छु कि सक्दिन भन्ने पिर मनमा हुने हुँदा पनि यसो भन्न जरुरी हुन्छ ।
भावुकताको कदर गर्नुस्
सबैजसो महिलाहरु भावुक हुन्छन् । तिमी मेरो जीवन साथी बन भनेर भन्दा महिलाहरु पग्लिन्छन् । त्यति भनेकै भरमा तपाइँले उनीहरुको मनमा राज गर्न सक्नु हुन्छ ।
हरेक कुरामा सल्लाह लिनुस्
महिलाहरु साना सान कुरामा पनि उनीहरुसँग सल्लाह लिएको मन पराउँछन् । तपाइँले मोबाइल किन्दा होस् या गाडी किन्दा महिलासँग तिमीलाई कुन मन पर्छ भनेर सोध्नु भो भने उनीहरु खुसी हुन्छन् । यसले उनीहरुलाई सम्मानित पनि अनुभव गराउँछ ।
'तिमी मेरी सबैभन्दा नजिकको साथी हो'
कुनै पनि स्त्री आफूलाई कुनै पुरुषले साथी भनेको सुन्न लालायित   हुन्छे । उनीहरुलाई केवल सुन्दरता र शरीरको बर्णनले मात्र पुग्दैन उनीहरुलाई साथी बनाएको बढी मन पर्छ ।
महत्व बुझाउनुस्
स्त्रीहरुलाई पुरुषले महत्व दिएको मन पर्छ । तिमी मेरो जिन्दगी हो भनेमा उनीहरु मख्ख पर्छन् । तिमी मेरो जीवनमा कति महत्वपूर्ण छौ भन्ने कुरा सँधै बुझाउनुस् ताकि उनीहरुलाई आफ्नो गहनता महसुस हुन्छ ।


आई लभ यू
आई लभ यू अर्थात म तिमीलाई प्रेम गर्छु भन्ने केवल तिन शब्दले महिलाको मन सहजै जित्नै सकिन्छ । महिलाहरु आई लभ यू भनेको सुन्न लालियत हुन्छ । यद्यपी यस्को प्रयोग भने सही समयमा गर्नु  पर्छ ।
nepaliheadlines.com

३ मिनेटमै स्खलित हुनु हुन्छ? समस्या हुन सक्छ

अन्तर्राष्ट्रिय यौन विशेषज्ञहरुको एक टोलीले कुनै पनि पुरुष यौन सम्पर्कको समयमा ३ मिनेट वा त्यस भन्दा पनि कम समयमा स्खलित हुन्छ भने यसलाई शीघ्र पतन भन्न सकिने बताएका छन् ।

यो रिपोर्टका एक जना लेखक समेत रहेका अष्ट्रेलियाका यौन विशेषज्ञ क्रिश म्याकमोहनले यस अघि यो विषयमा धेरै भ्रमहरु रहेको र अधिकाँश पुरुषले आफूलाई शीघ्र स्खलनको समस्या रहेको ठान्ने गरेको बताए ।


केही वर्ष अघि सम्म अधिकाँश पुरुषमा शीघ्र स्खलनको समस्या रहेको भन्ने मान्यता रहेपनि पछिल्लो अध्यनले भने यो प्रतिशत निक्कै कम रहेको देखाएको छ ।

२ देखि ३ प्रतिशत सम्म ब्यक्ति मात्र जीवनभरि नै यस्तो समस्याबाट गुज्रिने उनीहरुको भनाइ छ । त्यस्ता मानिस केवल १ मिनेट वा त्यस भन्दा पनि कममै स्खलित हुने बैज्ञानिकहरुको भनाइ छ ।

त्यसै गरी अर्काथरी पुरुषहरु ३ मिनेटको आसपासमा वा त्यस भन्दा कममा स्खलित हुन्छन् । त्यसलाई पनि शीघ्र स्खलन नै मानिन्छ ।
कतिपय पुरुषहरुले यौन सम्पर्कको समयमा स्खलनलाई नियन्त्रण गर्न नसक्ने भएका कारण उनीहरुमा मानसिक समस्या समेत देखिने बताइन्छ ।
यो रिपोर्ट जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस

सलमानको नाम लिँदा झर्किइन् ऐश्वर्या

सलमान खान र ऐश्वर्या रायको प्रेम प्रसंग बलिउडमा सबैभन्दा चर्चित प्रेम सम्बन्ध मानिन्छ । उनीहरुको ब्रेकअप समेत उत्तिकै चर्चा भयो ।
 उनीहरुको ब्रेकअप भएर ऐश्वर्याको विवाह भएको समेत ७ वर्ष भैसकेको छ । तर सलमानको नाम लिँदा ऐश्वर्यालाई अहिले पनि टाउको दुख्छ । भारतको एक अखवारले हालै पनि विदेशमा एक कार्यक्रममा उपस्थित ऐश्वर्या सलमानको नाम आएपछि रिसाएर झर्किएको खुलासा गरेको छ । ऐश्वर्या शारजाहमा एशियाभिजन मूवी अवार्ड्समा सहभागी हुन पुगेकी ऐश्वर्या कसैले सलमानको नाम लिएपछि असहज मात्र भइनन् रिसाइन् पनि । समारोहमा ऐश्वर्यालाई ‘आइकन अफ इण्डियन सिनेमा’ अवार्ड दिइएको थियो ।   सलमान जाने भनेपछि दुवइ समेत जान अस्वीकार गरेकी ऐश्वर्याले सलमान खान नभएर मलयालम फिल्मका स्टार दुलकेर सलमान रहेको थाहा पाएपछि मात्र उनी त्यहाँ जान तयार भएको बताइएको छ । nepaliheadlines.com