Thursday, October 16, 2014

सहवासबारे सबैभन्दा बढी सोधिने ५ प्रश्न (जवाफ सहित)

सेक्स जीवनको अभिन्न पाटो हो । तर यसको विषयमा कुरा गर्न भने त्यति सहज मानिदैन ।
सेक्स सम्बन्धी केही आम जिज्ञासाहरु जीवनभर जवाफ नभेटिने पनि हुन्छन् । केही त्यस्ता प्रश्न पनि छन् जो सबैको मनमा उठ्छन् तर जवाफ सहजै पाहिँदैन । यहाँ हामी आम मानिसमा सेक्सका विषयमा हुने ५ जिज्ञासामाथि सेक्स विशेषज्ञ र सेक्स थेरापिष्टका जवाफ प्रस्तुत गरेका    छौं ।



१ सामान्यतया जोडीहरुले कति समयमा सेक्स गर्छन् ‍?


सबै जसो मानिसमा यो जिज्ञासा मनमा हुन्छ कि सामान्य जोडीले कति समयमा कति पटक सेक्स  गर्छन् । सेक्स विशेषज्ञ डाक्टर रेदेलम्यानका अनुसार बयस्क जोडीहरु हप्तामा २ देखि ३ पटक सम्म यौन सम्बन्ध राख्छन् ।
तर अलि पाका उमेरका जोडी भने हप्ता वा १५ दिनमा १ वा २ पटक सम्म सेक्स गर्छन् ।
२ सेक्सको अवधि कति हो वा कति सम्म लम्बिन सक्छ ?
खासमा सेक्स कति समय सम्म गरिन्छ वा लम्विन सक्छ भन्ने कुरा निरपेक्ष नरहेको विशेषज्ञहरुको भनाई छ । जोडीको मनोदसा, उनीहरुको एक अर्काप्रतिको भाव, समय र परिस्थिती सबै कुरा यसमा जोडिएका हुन्छन् ।

सामान्यतया एउटा पुरुष महिलाको योनीमा लिङ्ग प्रवेश गराएको ५ देखि ६ मिनेटमा स्खलित हुन्छ । यदि कुनै पनि पुरुष २ मिनेट भन्दा पनि कम समयमा स्खलित हुन्छ भने त्यो भने समस्याको विषय हुन सक्छ ।
तर महिलाको हकमा भने यो विषय अलि जटिल छ । सबै महिला केवल लिङ्ग योनीमा छिराएकै भरमा सन्तुष्ट नहुने विशेषज्ञहरुको भनाइ छ । महिलाहरुलाई कम्तिमा २० मिनेट यौन क्रिडा गर्नु पर्छ । यो सबै महिलालाई आवश्यक रहेको उनीहरुको भनाइ छ ।
३ लिङ्ग कति ठूलो हुनु पर्छ ? सामान्य लिङ्गको आकार के हो ?
सेक्स विशेषज्ञ डाक्टर रेदेलम्यानका अनुसार  सामान्य लिङ्गको लम्बाइ ४ दशमलव ५ इन्च देखि ७ दशमलव ५ अर्थात ११ देखि १८ सेन्टिमिटरको हुन्छ ।
तर सामान्य अवस्थामा जुनसुकै आकारको देखिएपनि उत्तेजित भएको समयमा लिङ्गले आफ्नो बास्तविक आकार ग्रहण गर्ने उनको भनाइ छ ।
४ महिलाहरुमा जि स्पट वास्तवमै हुन्छ त ?के सबै महिलामा जि स्पट हुन्छ ?
सेक्स थेरापिष्ट डाक्टर गिनी म्यान्सवर्ग जि स्पट एउटा भ्रम मात्र भएको बताउँछिन् । योनीको अघिल्लो भित्तोमा एउटा स्थान हुने र त्यसमा छुँदा अत्याधिक आनन्द आउने गरेको भएपनि यो नियमित भने नभएको उनको भनाइ छ ।
त्यसैगरी सेक्स विशेषज्ञ डाक्टर रेदेलम्यान पनि जि स्पट हुनेमा आफुलाई विश्वास नभएको बताउँछन् ।

५ आफ्नो पार्टनर यौनिकरुपमा सन्तुष्टी दिन नसक्ने भएमा वा यौन सम्बन्धी समस्या आए के गर्ने ?
आफ्नो साथीलाई कुनै पनि यौन सम्बन्धी समस्या आएमा केही असहज हुन सक्छ । तर जुनसुकै समस्या देखिएपनि एक अर्कामा कुराकानी गरेर समाधान खोज्नु बुद्धिमानी हुन्छ । मानिसहरु हतारमा पार्टनरलाई परेको समस्या नबुझ्ने पनि हुन्छन् । तर त्यसो गर्नु हुँदैन ।
सन्तुष्टी नआएपनि पार्टनरसँग रिसाइ हाल्ने वा आरोप लगाउने बानी राम्रो होइन ।
पुरुषहरुमा शीघ्र पतनको समस्या आम रुपमा हुन्छ । तर चिकित्सकको सहयोगमा समस्या समाधान गर्न सकिन्छ ।
त्यसैगरी कतिपय महिलामा पनि यौनमा सन्तुष्टी नआउने वा पार्टनरलाई सन्तुष्ट राख्न नसक्ने समस्या हुन्छ । कतिपय औषधीको प्रयोगले पनि यस्तो हुन सक्ने विशेषज्ञहरुको भनाइ छ ।
nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस