Sunday, October 26, 2014

यस्तो कल्पना कहिले पनि नगर्नुस् ! जीवन नै बर्वाद हुन्छ

मानिस कल्पनाशील प्राणी हो ।  मानिसले यौनिक कल्पना गर्नु अनौठो कुरा होइन । आफ्नो पार्टनरसँग यौनिक कल्पना पनि सामान्य नै मानिन्छ । तर अञ्जान मानिसहरुसँग पनि तपाइँले यौनिक कल्पना गर्न थाल्नु भो भने चाँही घातक हुने एक अध्यनले देखाएको छ ।

द हेल्थ नामक वेवसाइटमा प्रकाशित सामग्रीका अनुसार आफूसँग नजिक नभएका र धेरै चिनजान समेत नभएका ब्यक्तिसँग सेक्स गरेको कल्पना गर्नु स्वास्थ्य र जीवनकै लागि घातक हुने उल्लेख छ ।यस्तो कल्पनाले मानिसको यौन ब्यवहारमा नकारात्मक प्रभाव पार्ने र मनोरोग समेत देखिन सक्छ ।

उक्त अध्यनका अनुसार अधिकाँश मानिसहरु यौनिक कल्पना गर्छन् तर उनीहरुको कल्पना सामान्य नै हुन्छ । तर कतिपयमा भने अत्याधिक यौनिक कल्पना हुन्छ र त्यो पनि नचिनेका र घुलमिल नभएका ब्यक्तिसँग । क्यानडाको ट्रेन्ट विश्वविद्यालयका डा बेथ ए भिजरका अनुसार आफ्नो पार्टनर वा घुलमिल भएको ब्यक्तिसँगको यौनिक कल्पना सामान्य भएपनि घुलमिल कम भएका र देखेका मात्र ब्यक्तिसँग यौन सम्बन्ध राखेको कल्पना अत्याधिक हुनु घातक हुन्छ ।

उनले १ सय ९५ जोडी महिला र पुरुषमा यस्तो अध्यन गरेका थिए । त्यसैगरी उनले ३५५ जना विद्यार्थीसँग पनि यस विषयमा सोधेका थिए । कम चिनेको वा चिन्दै नचिनेको ब्यक्तिको विषयमा यौनिक कल्पना गर्ने ब्यक्तिमा यौन आक्रामकता बढी हुने र कतिपयमा मनोरोग समेत देखिने उनले बताएका छन् । भिडियो तल छ

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस