Saturday, October 18, 2014

गर्लफ्रेण्डलाई भन्न नहुने तीन कुरा के-के हुन ?


भनाइ नै छ, फस्ट इम्प्रेशन इज लास्ट इम्प्रेशन । मानिसप्रति पहिलो भेटमा जस्तो छाप पर्छ, त्यसले पछिसम्म पनि ऊ प्रतिको धारणा बनाउन काम गर्छ । अझ यस्ता तीन वटा कुरा छन्, जसलाई पुरुषले भुलेर पनि भन्नु हुँदैन । यदि तपाइँले त्यस्ता कुरा भन्न थाल्नु भयो भने सम्झिनुस् तपाइँको सम्बन्धको आयु लामो छैन । त्यसो भए के हुन त ती कुरा ?
१. आमाले भन्दा मिठो खाना त कसैले बनाउँदैन ।
खासगरी प्रेमिका वा पत्नीले यस्तो कुरा सुन्न मन पराउँदैनन् । यस्तो भन्दा उनीहरुले आफू अपमानित भएको महसुस गर्छन् ।महिलाहरुमा यसै पनि डाहा गर्ने स्वभाव हुन्छ । आमाको प्रशंसा गर्नु नराम्रो होइन्, तर प्रेमिका वा पत्नीको अगाडि निरन्तर आमाको प्रशंसा गर्न थाल्नुभयो भने सम्झनुस तपाईं गलत गर्दै हुनुहुन्छ । जसले तपाईंको सम्बन्धको आयु लामो नहुन सक्छ ।
२. यस्तो कपडा किन लगाएको ?
महिलाहरु सँधै प्रशंसा सुन्न चाहन्छन् । यदि तपार्इं प्रेमिका वा कुनै स्त्रीसँग पहिलो भेटमा जाँदै हुनु हुन्छ भने उसले लगाएको पहिरनको विषयमा नकारात्मक कुरा नगर्नुस् । प्रसंसा सुन्न सक्छन् तर स्त्रीले शुरुमै तपाईंले पहिरनको विषयमा नकारात्मक टिप्पणी गरेको मन पराउँदैनन् । शुरुवाती भेटमा प्रसंसा नै उत्तम हो ।
३. पैसा तिर्न
तपाईं प्रेमिकासँग कुनै रेष्टुरेण्टमा खान या घुम्न जानु भयो भने कहिल्यै पनि पैसा तिर्न नलगाउनुस् । कमसेकम पहिलो भेटमा आफ्नो लागि खर्च गरोस् भन्ने स्त्रीको चाहना हुन्छ । महिलाले तिर्न खोजे पनि आफू तिर्न तयार भएको सन्देश दिनुस् । नत्र तपार्इंको इज्जत माटोमा मिल्न सक्छ ।
dainiknepal.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस