Thursday, October 16, 2014

कम्प्युटर स्लो भएको छ ? यसो गर्नुस्...

कम्प्युटर अपरेटिङ सिस्टम र त्यसको स्पिडले कम्प्युटरमा गरिने कामको अहम भूमिका हुन्छ । कम्प्युटरलाई राम्रोसँग चलाउनका लागि केही कुरा हरू ध्यान राख्नु आवश्यक हुन्छ । यदी कम्प्युटरले निकै कम गतिमा काम गरिरहेको छ भने त्यसबाट मुक्ति पाउने उपायहरू यस्ता छन् ।

- कम्प्युटर भाइरसले अपरेटिङ सिस्टमलाई प्रभावित गर्छ । डाटा स्टोरेज डिभाइस, डिभिडी, इन्टेरनेटमा अनावश्यक फाइलहरू प्रयोग गर्दा कम्प्युटर स्लो हुन्छ । यस्तै, कम्प्युटर हुने भाइरसले पनि कम्प्युटरको गति निकै स्लो बनाउने गर्छ । यसबाट बच्नका लागि एन्टिभाइरसहरुको प्रयोग गर्नु उपयुक्त हुन्छ । एन्टी भाइरसको प्रयोग गर्ने र त्यसलाई समय-समयमा अपडेट गरे कम्प्युटरमा लाग्ने भाइरसबाट छुटकारा पाउन सकिन्छ र कम्प्युटरले आफ्नो क्षमताअनुसार काम गर्न सक्छ ।

- कम्प्युटरमा काम गर्दै जाँदा हामीले डेक्सटपमा राख्ने फाइलले पनि कम्प्युटरको गतिलाई निकै स्लो बनाउने गर्छ । जति धेरै फाइल डेक्सटपमा भयो उतिनै कम्प्युटरको गति ढिलो हुन्छ । सकेसम्म आवश्यक फाइललाई डेक्सटप नराखि अन्य ठाऊँमा राख्ने र अनावश्यक फाइललाई डिलिट गर्ने गर्दा पनि कम्प्युटरको गतिलाई बढाउन सकिन्छ। यस्तै, बेला-बेलामा रिसाइकल बिन फोल्डरलाई पनि खाली बनाउनु पर्छ ।

- हार्ड ड्राईभको व्यवस्थापनका लागी डिस्क क्लिनअफ र डिस्क फ्याग्मेन्टेशन गर्नु उपयुक्त हन्छ । फाइललाई एकै ठाऊँमा व्यवस्थित गर्नका लागि यसको प्रयोग गर्नु राम्रो हुन्छ ।

- कम्प्युटरको गति राम्रो बनाउनका लागि समय समयमा टेम्प फाइल डिलिट गर्नुपर्छ । तपाईले कुनै काम गर्दा केही फाइलहरू कम्प्युटरमा आफै बनिरहेको हुन्छ । ती फाइलहरू टेम्प नामको फोल्डरमा गएर बस्छ । ती फाइलहरू जति धेरै भयो तपाईको कम्प्युटर पनि त्यति नै स्लो हुँदै जान्छ । यसैले टेम्प फोल्डरमा भएको फाइलहरू समय-समयमा डिलिट गर्नु फाइदा जनक हुन्छ ।

उक्त फाईल डिलिट गर्नका लागि कम्प्युटरको स्टार्ट बटनमा क्लिक गर्ने र रन या सर्च गर्ने ठाऊँमा गएर टाइप गरेर इन्टर गर्ने । त्यसपछी खुल्ने फोल्डरका सबै फाइल डिलिट गर्ने ।

- कुनै कुने बेला भाइरसले कम्प्युटरमा प्रवेश गर्दा त्यसले कम्प्युटरको विण्डो नै खत्तम बनाउन सक्छ । यस्तो अवस्थामा कम्प्युटरमा रहेको महत्वपूर्ण फाइलहरू नष्ट हुन्छ । यसबाट बच्नका लागि रिस्टोर प्वाइन्ट बनाएर राख्नु उपयुक्त हुन्छ । यसले कम्प्युटरमा आउने भाइरसबाट कम्प्युटरको फाइलहरूलाई सुरक्षित राख्न मद्धत गर्छ ।
- nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस