पेट दुखेर जँचाउन गएको बेला डाक्टरले किन जिब्रो हेरेका होलान् ? भन्ने प्रश्न सहजै उठ्ने गर्छ । जिब्रोको मुख्य काम स्वाद थाहा पाउने हो । पञ्च ज्ञानेन्द्रीय मध्येको एक जिब्रो यत्तिमा मात्र सिमित भने छैन ।
जिब्रोले विभिन्न स्वास्थ्य समस्याको बारेमा जानकारी समेत दिन्छ । जिब्रोको अवस्था हेरेर जिउमा भएका केही रोग तथा स्वास्थ्य समस्या थाहा पाउन सकिन्छ ।
खोकी, ज्वरो, जण्डिस, टाउको तथा पेट दुख्ने जस्ता समस्याहरु जिब्रोको अवस्था हेरेरै पत्ता लगाउन सकिन्छ भने र जिब्रोको अवस्थाले डाक्टरहरुलाई रोगको निदान गर्न सहयोग पूराउँछ ।
स्वस्थ मानिसको स्वस्थ जिब्रोको रङ गुलाबी हुनुका साथै जिब्रो सफा तथा स-साना स्वाद टुसाहरु (प्यापिली) ले भरिएको हुन्छ ।
डढेको जस्तो, रातो, कालो वा सेतो रंगको जिब्रो हुनु मुखमा ढुसी वा ब्याक्टेरियाको संक्रमण भएको लक्षणको रुपमा लिइन्छ भने एलर्जीका कारण जिब्रो सुन्निएको हुन्छ ।
ल्ामो समयसम्म एन्टिबायोटिक औषधि सेवन गरेका मानिसहरु तथा एचआइभी संक्रमित मानिसहरु जसको मुखमा ढुर्सीको संक्रमण भएको हुन्छ उनीहरुको जिब्रो कालो तथा रंगहीन हुन्छ ।
जिब्रोको सतहमा लामो गहिरो धर्साहरु हुनु भिरिंगी जस्ता यौन संक्रामक रोगको लक्षण हुनसक्ने विज्ञहरुको भनाइ छ ।
जिब्रोमा घाउहरु हुनु पेटको जटिल रोग ‘क्रोहन डिजिज’को लक्षण हो ।
स्वाद कोशिका कम भएको चिल्लो जिब्रो ले सरीरमा भिटामिन बी १२, फलाम तत्व तथा फोलेट कम भएकेा र रक्तअल्पताको संकेत गर्छ ।
बेलायतको क्यान्सर रिसर्च संस्थाका अनुसार जिब्रोमा जिब्रोमा गाँठागुठी हुनु तथा जिब्रोबाट धेरै रगत आउनु मुखको क्यान्सरको लक्षण हुनसक्छ ।
www.onlinekhabar.com