Sunday, November 23, 2014

जाडोमा नगर्नुहोस् यी गल्तीहरु नत्र अनुहार बिग्रेला...

अनुहारलाई राम्रो र चम्किलो बनाउनका लागि हामी दिनमा दुईदेखि चारपटक अनुहार धुने गर्छौँ, तर के हामीले अनुहारलाई सहि तरिकाले धुन्छौँ अथवा अनुहार धुँदा केहि गल्ती गरिरहेका हुन्छौँ । अनुहार धुनु केहि ठूलो कुरा होइन तर सहि तरिकाले धुनु महत्वपूर्ण हो । धेरै पटक हामी सानो– सानो कुरामा ध्यान दिदैनौँ र हाम्रो गल्ती त्यो नै हुने गर्दछ । आज हामी तपाईंलाई अनुहार सहि तरिकाले धुने टिप्स बताउँदैछौँ ।
१. थुप्रै पटक मुख धुनुः
पटक–पटक मुख धुँदा अनुहार निकै चम्किलो र गोरो हुन्छ भन्ने धेरैजनाले सोच्नुभएको होला तर यो साँचो होइन । यसले तपाईंको अनुहारको सुख्खापन बढ्ने गर्दछ र तपाईंको अनुहारको छाला फुट्न सुरु हुन्छ ।
२. गलत क्लिन्जरको प्रयोग गर्नुः
अनुहारलाई गलत क्लिन्जर अथवा साबुनको प्रयोग गर्नाले यसले छालामा नकारात्मक असर पर्ने गर्दछ । यसले अनुहारको छालालाई राम्रोबाट नराम्रो बनाउने गर्दछ ।
३. धेरै रगड्नुः
अनुहार धुँदा यसलाई धेरै नरगड्नुहोस् । यसले तपाईंको मृत छालालाई निकाल्ने त गर्छ नै तपाईंको कोशिकाहरुलाई पनि खराब गर्ने गर्दछ । जाडोको दिनमा यस्तो कुरामा अझ बढि ध्यान दिनुपर्ने हुन्छ ।
४. मोस्चर गर्न बिर्सनुः
कहिलेकाँही तपाईं धेरै व्यस्त हुँदा आफ्नो छालाको हेरबिचार गर्न बिर्सनुहुन्छ । आफ्नो छालालाई मोस्चर गर्न कहिले पनि नबिर्सनुहोस् । अनुहार धोइसकेपछि तुरुन्त क्रिम अथवा लोसन लगाउनुहोस् । (एजेन्सी)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

निर्माताले नव–कलाकारलाई आफूसँग एक रात बस्न भनेपछि हंगामा...

पहिलो चलचित्र ‘तरंग’बाट नेपाली रजतपटमा भित्रिदै गर्दा नव–कलाकार रचना लामा उत्साहित छिन् । १२ कक्षामा अध्ययनरत यी नव–कलाकारको सपना छ, स्टार बन्ने ।
स्टार बन्नका लागि उनीसँग अभिनय, लुक्स र कला छ ।
अनलाइनखबरले प्रस्तुत गरेको ‘फ्रेस फेस’का लागि कुरा गर्दै गर्दा रचना धेरै बिषयमा अकमकाइन् । फिल्म नगरीमा लागेर नाम, दाम सबै कमाउने ईच्छा छ उनमा । तर, पहिलो गासमा ढुंगा भनेजस्तै, उनलाई एक निर्माताले गरेको अनावश्यक प्रपोजले केही सशंकित बनाएको छ ।
रचना भन्छिन्–‘पहिलो चलचित्र गर्दा त त्यस्तो केही भएन । तर, एक निर्माताले चलचित्रमा नायिकाका लागि अफर गर्नुभयो । तर, उहाँले अभिनयको अफरसँगै आफूसँग एक रात बस्न भनेपछि चलचित्र नै गर्दिन भनेर हिडेँ ।
चलचित्र खेल्नका लागि ‘सेक्स’को अफर आएको बताउने रचनाले हरेश भने अझै खाएकी छैनन् । उनी भन्छिन्–‘ सबै मानिस एउटै हुन्छन् भन्ने पनि छैन नि । केही खराब भएपनि अरु सही छन् भन्ने मलाई लाग्छ ।’
चलचित्र खेल्नु भन्दा अगाडि उनले जे सोचेकी थिइन्, खेलेपछि पाइनन् । चलचित्र नगरीमा लाग्ने कलाकार ‘सेलिब्रेटी’ जस्तो नभएको उनको वुझाई छ ।
रचना आफूलाई सुहाउँदो भूमिका गर्न जहिले पनि तयार रहेको बताउँछिन् । अनलाइनखबरसँग उनले भनिन्–‘म यही नै भूमिका गर्छु भन्दिन । तर, ‘भल्गर’ नभएको सबै खालको फिल्म गर्छु ।
रचना आफूलाई अनमोल केसीसँग काम गर्न मन लागेको बताउँछिन् । पहिलो चलचित्र खेल्दा आफूले धेरै कुरा नवुझेको उनले बताइन् । तर, काम गरेपछि आफूले धेरै कुरा वुझेको उनको भनाई छ । रचनामा आफूलाई दर्शकले चाडै नै स्टारको रुपमा पाउने आत्मविश्वास छ ।edailynewsnepal.blogspot.co.i


 एजेन्सी भिडियो हेर्न तल क्लिक गर्नुहोस :

कारभित्रै सहवास गर्दा ट्राफिक जाम

निर्वस्त्र हुने डान्स क्लबको मज्जा लुटेपछि २४ वर्षकी युवती र उनका ३३ वर्षे प्रेमी कार पार्किङतर्फ लागे । सुरुमा त उनीहरु आफ्नो कार चलाएर घरतिर फर्किने सुरमा थिए । तर मनले मानेनछ । दुवैजना कारभित्र छिरेपछि ढोका लगाएर यौनक्रिडा गर्न थाले ।
मुख्य सडकको नजिक पार्किङस्थलमा रहेको कारभित्र एक जोडी युवायुवती यौनक्रिडामा मस्त रहेको दृश्य सडकमा गाडि चलाउने तथा हिड्नेहरुले देखिहाले ।
आफ्नै आखाअगाडि त्यस्तो दृश्य देखेपछि कसको मनले मान्थ्यो र ? गाडी चलाउनेहरुले पनि गाडीको स्पीड कम गरेर एक झलक भएपनि हेर्नथाले र बटुवाहरु त अझ उभिएरै हेर्न थाले । कारभित्रको यौनलीला हेर्ने गाडीचालकहरुले गाडीको गति कम बनाउँदा त्यहाँ ट्राफिक जाम भयो ।
कारभित्रको यौनलीलाले टाफिक जाम भएपछि प्रहरीकहाँ खबर पुग्यो र घटनास्थलमै प्रहरी आएर यौनलीलामा मस्त युवायुवतीमाथि हस्तक्षेप गर्नुपर्यो ।
घटना अमेरिकाको ओरेगनस्थित स्पि्रफिल्डको हो । २४ वर्षकी केली एम नुट्सन र ३३ वर्षका लोगान ज्याक्सनले वैँशमा मात्तिएर सार्वजनिक स्थानमै यस्तो लज्जाजनक हर्कतमा उत्रिएका थिए ।
कारभित्र यौनक्रिडा गरिरहेको बेलामा प्रहरीले रंगेहात समाएका उनीहरुले प्रहरी आएर कारको ढोका ढक्ढकाएपछि मात्र आफ्नो नित्यकर्म छाडेका थिए । प्रहरीले उनीहरुलाई सार्वजनिक स्थानमा अश्लीलता फैलाएको आरोपमा पक्राउ गरेको छ ।
www.onlinekhabar.com

आमाको प्रेमीद्धारा बालिकाको बलात्कार

काठमाडौ, ७ मंसिर(एजेन्सी) : भारतको हरियाणामा एक बालिकाले आफ्नी आमाको प्रेमीले पछिल्लो २० दिनदेखी बलात्कार गरेको आरोप लगाएकी छिन् । बालिकाले उक्त कार्यमा उनकी आमाले समेत साथ दिने गरेको आरोप लगाएकी छिन् ।
शनिबार बिहान ती बालिकाले आफ्नो साथमा भएको उक्त कार्यबारे छिमेकीहरूलाई भनेकी थिइन् । यसपछि उनका छिमेकीहरूले उनलाई लिएर प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले बालिकाकी आमा र आमाको प्रमीविरूद्ध मुद्दा दायर गरेको छ ।
ती बालिकाका अनुसार एक २५ वर्षीय युवक पछिल्लो केही महिनादेखी बालिकाको मामा अर्थात् आमाको धर्मभाई बनेर बस्दै आएको थियो । पछि ती बालिकाले ती युवक र आफ्नी आमाबीच अनैतिक सम्बन्ध रहेको थाहा पाइन् । बालिकाले ती युवकको कारण नै उनकी आमाले आफ्नो बाबुलाई घरबाट निकालेको आरोप लगाएकी छिन् । केही दिनपहिले जब यी दूईको पोल खूल्यो, तब उनीहरूले आफूहरूले विवाह गरेको हल्ला छिमेकमा फैलाएर सँगै बस्ने गरेका थिए ।
बालिकाले २० दिनदेखी आफ्नो बलात्कार गरिरहेको आरोप लगाएकी छिन् । राती उनकी आमाले मुख थुन्ने र युवकले बलात्कार गर्ने गरेको बताएकी छिन् । शुक्रबार पनि उनकी आमा र उनका प्रेमीले उनलाई कुटपिट गरि बलात्कार गरेका थिए । शनिबार बालिकाले छिमेकीहरूलाई बोलाएर आफूमाथी भएको दुष्कर्मबारे बताएकी थिइन् ।  edailynewsnepal.blogspot.co.il भिडियो हेर्न तल क्लिक गर्नुहोस :

क्याट्रिनालाई सबै भन्दा 'हट' हिरोइन

बलिउडमा रणबीर कपुरसँगको रोमान्सका कारण चर्चामा रहेकी सुन्दरी अभिनेत्री क्याट्रिना कपुर भारतकै सबै भन्दा हट अर्थात कामुक महिला बनेकी छिन् । विगत केही समय यता निरन्तर भारतकी सबै भन्दा सेक्सी महिलाको शीर्ष स्थानमा रहेकी क्याट्रिनाले हलीवुड स्टार स्कारलेट योहानसन, मोडल केप अप्टोन, क्याडिस स्वेनपोएललाई पछाडी पार्दै भारतकी सबै भन्दा हट महिला बनेकी हुन् । nepaliheadlines.com

महिलाले कति खर्च गर्छन् भन्ने उनको ब्रा हेरेर यसरी थाहा पाउनुहोस्

एजेन्सी । मानिसहरु आफ्नो पर्समा जति पैसा हुन्छ त्यही आधारमा खर्च गर्छन् । तर एक नयाँ अनुसन्धानले महिलाका सम्बन्धमा एक बिल्कुल फरक तथ्य सार्वजनिक भएको छ ।
अनुसन्धानका अनुसार जुन महिलाको ब्रा को साईज जति ठूलो हुन्छ उ त्यति नै ज्यादा फजुलखर्ची हुन्छन् । इकमर्स ग्रुप अलीबाबाका अनुसार ज्यादा सम्पन्न महिलाले लग्जरीका वस्तुमा ज्यादा पैसा खर्च गर्दछन् ।
रिसर्चका अनुसार ‘बी’ साईज ब्रा वाला मात्र ७ प्रतिशत महिलाले महंगो चिजमा पैसा गर्छन्, जबकी ‘सी’ साईजवालाले १७, ‘डी’ साईज वालाले २४ र ‘इ’ साईज वाला ब्रा लगाउने महिलाले ३३ प्रतिशत महिलाले महंगा वस्तुमा पैसा गर्छन् ।
अलीबाबाको यस रिसर्चमा ‘बी’ साईजवाला ब्रा लगाउने ६५ प्रतिशत महिलाले सस्तो चिजमा पैसा खर्च गर्छन् जबकी सी साई वाला महिलाले बी साइजवाला महिलाको तुलनामा ज्यादा महंगा चिजमा पैसा खर्च गर्छन् ।
यसको पछि अर्को कारण पनि छ । जोसँग खर्च गर्नका लागि कम पैसा हुन्छ उसले सानो ब्रा खरिद गर्ने गरेको पनि अनुसन्धानमा भनिएको छ ।
www.nepalsandesh.com

विदेशमा शून्य, यहाँ मालामाल

७ मंसिर, नेपालगञ्ज  ।
७ वर्ष मलेसियामा काम गरेर पनि राम्रो कमाई हुन नसकेपछि स्वदेश फर्किएर कुखुरापालन थालेका बाँकै कारकाँदो २ का कृष्ण सुवेदीको व्यवसाय अहिले ६० लाखको हाराहारीमा छ ।

उनी मासिक ६० हजार रुपैयाँभन्दा बढी नाफा आर्जन गर्छन् । अहिले उनी विदेश जान खोजिरहेका युवालाई स्वेदेशमै रोजगारी गर्न सुझव दिँदै हिँडिरहेका भेटिन्छन् ।

पैसा कमाउन विदेशै जानुपर्छ भन्ने छैन, सुवेदी भन्दै थिए, त्यहाँ पाउने तलब त मैले यहीँ कर्मचारीलाई दिन्छु ।

नेपालगन्जस्थित उनको सगरमाथा फ्रेस हाउस र सगरमाथा फ्रेस र एन्ड पोल्ट्री सप्लयार्स बाकेसँगै बर्दियाका कुखुरापालक कृषकहरुका लागि निकै परिचित छ ।

सुबेदीले उत्पादन गरेका कुखुरामात्र बेच्दैनन्, दुवै जिल्लाका कृषकले उत्पादन गरेको कुखुरासँगै मासु पनि विक्री गर्छन् ।

उनको फ्रेस हाउसबाट अहिले दैनिक ३ क्विन्टल र जिउँदो कुखुरा ५ क्विन्टल बिक्री हुन्छ । उनले बाँकै र बर्दियामा मासिक ८ हजार चल्ला आपूर्ति पनि गर्ने गर्दछन् । कुखुराको दाना नै मासिक सय टन बिक्री हुन् छ । फ्रेस हाउस र पोल्ट्री सप्लायर्समा दुवैमा औसत १० हजार रुपैयाँ तलब दिएर ६ कर्मचारी राखेको खबर आजको कारोबार दैनिकले छापेको छ ।
nepaliheadlines.com

यस्तो छ फेसबुकका मालिक जुगरबर्गको अफिस

अफिसमा राम्रोसँग काम गर्नको लागि सजिलो ठाउँ हुनु आवश्यक हुन्छ। कहिले काँही त झअै राम्रो बनाउने कोशिशमा टाउको नै दुख्ने पनि हुन्छ। यही कारण हुन सक्छ, कोही व्यक्ति आफ्नो ल्यापटप, आइप्याड रेष्टुरेन्टसम्म लिएर जाने गर्छन र काम गर्न शुरु गर्छन।
  भनिन्छ कसैको काम गर्ने ठाउँले नै उसको बारेमा कयौ चिज बताउछ। उदाहरणको रुपमा फेसबुकका अरबपति सिईओ जुगरबर्गलाई नै लिन सकिन्छ, उनी अफिसमा कसरी काम गर्छन। फेसबुकका मालिक मार्क जुगरबर्गले आफ्नो फेसबुकलाई यहाँसम्म ल्याउनको लागि काम गर्ने गरेको ठाउँ तस्वीरमा हेर्न सकिन्छ।
  सन २००४ मा स्थापना भएको फेसबुकको हालको कूल सम्पत्ति २,४२९ अरब रुपिया रहेको बताइन्छ ।nepaliheadlines.com

सिनेमा भन्दा पनि चर्चित भयो सलमानको बहिनीको विवाह

सुपर स्टार बलिउड सलमान खानकी बहिनी अर्पिताको विवाहको रिसेप्सन पार्टी शुक्रबार मुम्बईस्थित ताज होटेलमा सम्पन्न भएको छ । गत मंगलबार हैदराबादस्थित होटल फलकानुमा सम्पन्न वैवाहिक कार्यक्रममा जस्तै रिसेप्सन पार्टीमा पनि राजनीतिज्ञ, उद्योगपतिदेखि बलिउड सेलिब्रेटीको लर्को लागेको थियो ।



खान परिवारको निम्तोमा कलाकार आमिर खान, शाहरुख खान, अजय देवगण, ऋतिक रोशन, गाविन्दा, कट्रिना कैफ, करण जोहर, सुनिल सेट्ठी, अनिल कपुर सहभागी थिए ।

त्यसैगरी उद्योगपति मुकेश आम्बानीदेखि प्रियंका चोपडा, दिया मिर्जा, सोनाक्षी सिन्हा जरिन खान, ज्याकलिन फर्नान्डेज, किरण राव, मिका सिंह, आदित्य रोय कपुर, तुषार कपुर, वरुण धवन, कवीर खान, रीतेष देशमुख, जेनेलिया, इमरान खान, फराह अख्तर, बोनी कपुर, मान्यता दत्त, श्रद्धा कपुर, रणवीर कपुरकी बहिनी रिद्धिमा कपुरलगायत बलिउडका दर्जनौं हस्ती होट ताज पुगेका थिए ।

बलिउड अभिनेता आमिर खान आफ्नी धर्मपत्नीका साथ भोजमा सहभागी भएका थिए ।

रिसेप्सन पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरिए पनि व्यस्ताताका कारण आउन नसकेको बताइएको छ । पछिल्ला केही दिन बलिउडमा तरंग ल्याएको अर्पिताको विवाहले चलचित्र गतिविधिलाई पनि छायामा पारिदिएको छ ।
एजेन्सी

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

मिर्गौलाको पथ्थरी हुँदा के खाने ? के नखाने ?

डा. हेमराज कोइराला ।

मृगौलाको पथ्थरीको रोक-थाम तथा उपचारमा भोजन व्यवस्थापनको ठूलो महत्व छ। विशेषत: यो रोग केहि हदसम्म बंसानुगत भए पनि यसको मुख्य कारण भनेको खानपान र जीवनशैली हो। रोग निरोध गर्न स्वस्थ जीवनशैलीको अभ्यास गर्ने र रोग लागि सके पछि पथ-पहरेज मा बस्नाले यो रोग ठिक हुन्छ।

के खाने ?
१ . पथ्थरी भएको व्यक्तिले सामान्य भन्दा धेरै पानी पिऊन जरूरी छ। धेरै पानी पिउँदा पिसापको मात्रा पनि बढ्ने हुंदा यसले मृगौलामा बनेको पथ्थरीलाईं बगाई लान मद्दत गर्छ।

२ . पथ्थरी हुदा नरिवल पानीको उपयोगलाई पनि राम्रो मानिन्छ । नरिवल पानीमा पथ्थर बन्न रोक्ने र बढन नदिने मात्र होइन बनिसकेको पथ्थरलाईं समेत समन गर्नै खालका विशेष रसायन हरु छन। यसमा प्रशस्त प्राकृतिक पोटेशियम पाइन्छ जसले पथ्थरी बन्ने प्रक्रियालाई रोक्छ।

३ . हरियो मकैको चिया: यसमा प्रसस्तै मात्रामा प्रोटीन, कार्बोहाइड्रेट्स, विटामिन्स, मिनिरल्स पाइन्छ। यो चीया को सेवनले मूत्र उत्सर्जनलाई पनि बढाउछ। यसका अलाबा यो चीयामा टार्ट्रेट्स भन्ने तत्व पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ। यस चीयामा पाइने तत्वहरूले मिर्गौलाको इनफेक्शन कम गर्न र मिर्गौला तथा मुत्रथैलीलाई बलियो बनाउन मद्दत गर्छ।

४ . जौ को मांड: जौ को मांडले मुत्र-प्रवाहलाई बढाउनुका साथै मिर्गौला तथा मुत्रमार्गको इन्फेक्शनलाई समन गर्दछ।
५ . भुई-कटहरको रस: भुई-कटहरको रसमा पथ्थरीलाई गाल्ने इञ्जाइमहरू छन। यसमा भएको इञ्जाइम ले फ़ाइब्रिनलाई तोड्न पनि मद्दत गर्छ।

६ . पथ्थरी भएको व्यक्तिलाई केराले पनि फाइदा दिन्छ। केरामा भिटामिन बी -६ पाइन्छ जसले अक्जलिक एसिडलाई तोडेर ऑक्जेलेट क्रिस्टल बन्न दिदैन।

७ . बदाम : बदाममा प्रशस्त मात्रामा म्याग्नेशियम र पोटासियम पाइन्छ। यी तत्वहरूले पथ्थरी बन्न दिंदैन।

८ . कागती: कागतीमा प्रशस्त सिट्रेट पाईन्छ। यो अम्लले क्याल्सियम अक्जलेट पथ्थरी हुन दिदैन।

९ . गहतको झोल: गहतको झोललाई शक्तिशालि पथ्थरी समक द्रव्य मानिन्छ र एसको प्रयोगले पथ्थरी हुननदिनका साथै बनेको पथ्थरीलाई पनि गलाउन मद्दत गर्छ।

१० . करेला: करेलामा प्रशस्त मात्रामा म्याग्नेसियम र फस्फोरस पाईन्छ । यी तत्वले युरीक एसिड र मधुमेहलाई पनि नास गर्छ।

११ . गाँजर : यसमा पायरोफॉस्फेट र वनस्पति अम्ल पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ । यसका अलाबा गाजरमा पाइने केरोटिन नामक पदार्थले मूत्र संस्थान को भित्तामा हुने घाऊ निकोपार्न मद्दत गर्छ ।

के नखाने ?

पथ्थरी भएका हरूले पालुंगोको साग, गोलभेडा, अमला, चिकू फल, काजु , काक्रो र कालो अंगुर खान बन्देज गर्नु पर्छ। यी फल हरू मा अक्जलेट को मात्र धेरै छ जसले क्याल्सियम संग मिलेर कयाल्सियम अक्जालेट क्रिस्टल बनाउन सहयोग गर्छ। यसै गरी मिर्गौलाको पथ्थरी भएकाहरू ले फूल गोभी, भान्टा, च्याउ र फर्सी जस्ता खाद्य हरू पनि खान बन्द गर्नु पर्छ।

यी खाद्यान्न मा युरिक एसिड बनाउने प्यूरिन न्यूक्लियोटाइड प्रशस्तै पाइन्छ। खानामा यी तत्वहरूको समावेश भए युरीक एसिड र अक्जलेटको क्रिस्टल बनि चाडै पथ्थरी हुञ्छ

aajkoonline.blogspot.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस