Tuesday, December 9, 2014

मंगलबार जन्मने व्यक्तिले नछुटाई पढ्नुहोस्

थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।
  भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले मंगलबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः १. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । २. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन् । उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । ३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् । ४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ । ५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ । ६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् । ७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् । ८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् । ९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् । १०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । ११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो । १२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ । (एजेन्सी)www.ratopati.com

आलोकलाई श्रद्धाञ्जली दिदैं पर सरे आर्यन र केकी

फाल्गुण १५ गते प्रदर्शन मिति तोकेको चलचित्र ‘पुर्नजन्म’ यूनिटले एक साता पर सर्ने निर्णय गरेको छ ।
फाल्गुण १५ गते नै स्वर्गिय आलोक नेम्वाङको चलचित्र ‘अझै पनि’ लाग्ने भएकाले पर सरिएको निर्माता मोहनकृष्ण श्रेष्ठको तर्क छ ।
आलोकको अन्तिम चलचित्रलाई सम्मान गर्दै नजुधाउने निर्णय भएको निर्माताको भनाई छ ।
अब ‘पुर्नजन्म’ फाल्गुण २२ गते हलमा लाग्नेछ । सत्य घटनामा आधारित भनिएको यो चलचित्रलाई सजन श्रेष्ठले निर्देशन गरेका हुन् ।
चलचित्रमा आर्यन सिग्देल, केकी अधिकारी, गजित बिष्ट, सुस्मिता शाही, मिथिला शर्मा, विजय लामा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल, रुश्मा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
शिव ढकाल र नवराज कृष्ण थापाले खिचेको यो चलचित्रमा अष्ट महर्जनको द्वन्द्व छ । चलचित्रले नेपालको इतिहास बोल्ने निर्माणपक्षको दाबी छ ।
www.onlinekhabar.com

श्रद्धा कपुरले भनिन्- म प्रेममा परें

बलिउड सुन्दरी श्रद्धा कपुरले ट्वीटरबाट आफ्नो प्रेम सार्वजनिक गरेकी छिन् ।

यस अघि 'आशिकी 2' का सहकर्मी कलाकार आदित्य रफय कपूरसँग नाम जोडिएपनि सम्बन्ध नखुलेको अवस्थामा श्रद्धाले ट्वीटरमार्फत प्रेमको खुलासा गरेकी हुन् ।




उनले ट्वीटरमा भनेकी छिन्, 'ओके, रोमान्चक समय आउँदैछ । मलाई लाग्छ म प्रेममा परेकी छु' ।

श्रद्धाले आफूको सँग प्रेममा परेको भनेर खुलाएकी छैनिन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

ज्ञानेन्द्रले क–कसलाई भेटे दिल्लीमा ?

काठमाडौं,मंसिर २३ – भारत भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सत्तारुढ भारतीय जनता पार्टी ( भाजपा)का शीर्ष नेताहरुसित भेटवार्ता गरेका छन् ।
उनले कात्तिक २१ गते देखि १ मंसिरसम्म भारत भ्रमण गरेका थिए । भाजपाका संगठन विभाग प्रमुख डा. दिनेश उपाध्यायका अनुसार ज्ञानेन्द्रले २३ कात्तिकमा भारतीय प्रधानमन्त्री मोदीसित भेटवार्ता गरेका हुन् । छलफलका विषयबारे भने उनले विस्तृतमा बताउन चाहेनन् । भाजपा अध्यक्ष अमित शाह,बरिष्ठ नेता लालकृष्ण आडबाणीलगायतसित पनि पूर्वराजा ज्ञानेन्द्रले छलफल गरेको उपाध्यायले बताए । आजको नयाँ पत्रिका दैनिक आफ्नो खबरको अगाडि लेख्छ – ०६६ मा गुजरात जाँदा मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए । ज्ञानेन्द्र निकटस्थहरुका अनुसार उनीहरुबीच व्यक्तिगत सम्पर्क र सम्बन्ध छ । ज्ञानेन्द्र काठमाडौं फर्केपछि नेपाल आएका भाजपा नेता उपाध्याय र राष्ट्रिय स्वयंसेवक संघका नेता उपानन्द ब्रह्मचारीले उनलाई भेटेका थिए । उपाध्यायले नयाँदिल्ली र काठमाडौंमा पूर्वराजासँग लामो भेटवार्ता गरेका थिए । यसैबीच,पूर्वराजा ज्ञानेन्द्र भारत भ्रमणबाट फर्किएपछि राजावादीहरु सक्रिय भएका छन् । भारत राजसंस्थालाई स्पेस दिन तयार रहेको उनीहरुको बुझाइ छ । भ्रमणका क्रममा भारतीय नेताहरुसित भएको कुराकानीबारे पूर्वराजाले निकटस्थहरुलाई विस्तृततमा जानकारी दिएका छैनन् । तर पनि उनको हाउभाउको आधारमा राजावादीहरुले पनि भारत राजसंस्थालाई स्पेस दिन तयार रहेको अर्थ लगाउँदै अभियान चलाएका छन् । www.ratopati.com

आमा बनेकाले जान्नै पर्ने ....

धेरैजसो प्रसूति भएकी महिलाले सोचे भन्दा चाँडै उनीहरूमा पुनः प्रजनन् क्षमता विकास हुने र स्तनपान गर्ने अवधिमा परिवार नियोजनको कुन उपाय अपनाउने सम्बन्धमा अभैm पनि द्विविधा रहेको देखिन्छ ।  ब्रिटिस प्रिग्नेन्सी एड्भाइजरी सर्भिसले नयाँ आमा बनेकालाई सम्बोधन गरी प्रजनन् क्षमता विकास र परिवार नियोजनको उपयुक्त साधन बारेमा स्पष्ट

पारेको छ ।  प्रसूति भएको केही समयपछि नै कतिपय महिलाले बिनायोजना पुनः गर्भधारण गरेको देखिन्छ ।  यसैले ब्रिटिस एड्भाइजरीमा भनिएको छ– प्रसूति भएको २८ दिनमै प्रजनन् क्षमता फर्कन सक्छ तापनि तत्काल पुनः गर्भवती हुने इच्छा छैन भने महिलाले प्रसूति भएको २१ दिनपछि नै परिवार नियोजनको साधन प्रयोग गर्न थाल्नु पर्छ ।  स्तनपानले नचाहेको गर्भधारण गर्नबाट बचाउन ठूलो भूमिका खेल्न सक्छ तर यसमा कडा नियम अपनाउनु जरुरी छ ।  यसका लागि शिशु छ महिना भन्दा कम उमेरको हुनु पर्छ र आमाले नियमित रूपमा एक दिनमा चार घण्टा र राति छ घण्टाको अन्तरालमा स्तनपान गराउनु पर्छ ।  यसअतिरिक्त उनीहरूमा रजस्वला पुनः सुरु भएको हुनुहुँदैन ।  स्तनपान गराइरहेका महिलाले प्रोजेस्ट्रोजेनमा आधारित परिवार नियोजनका साधन जस्तो कि रिङ प्रयोग गर्न सक्ने सुझाव दिइएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Monday, December 8, 2014

मृगौला उपचार गर्न गएका बिरामीलाई अस्पतालले बोकाइदियो हेपाटाइटिस !

२२ मंसिर, काठमाडौं । मिर्गौला फेल भएर उपचारका लागि अस्पताल पुगेका बिरामीलाई अस्पतालले थप रोग बोकाएको छ । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले बिरामीको उपचारका क्रममा चरम लापरवाही गर्दा मिर्गौला फेल भएका बिरामी हेपाटाइटिसबाट पिडीत भएका छन् ।
अस्पतालको लापरवाहीका कारण साउनयता मात्र मिर्गौला फेल भएर डायलाइसिस र प्रत्यारोपणका लागि पुगेका १९ जनामा हेपाटाइटिस बी र सी को संक्रमण देखिएको छ । अस्पतालको लापरबाहिका कारण थप रोगी भएका मिर्गौला बिरामीहरुलाई अहिले बनस्थलीस्थित मिर्गौला उपचार केन्द्रमा पठाइएको छ । संक्रमण देखिएलगत्तै अस्पताल प्रसासनले संक्रमण निर्मलीकरणतर्फ नदिई अन्तै रिफर गर्ने गरेको छ । केन्द्रले आइतबार मात्र ५ जना बिरामीलाई थप उपचारका लागि मिर्गौल उपचार केन्द्रमा रिफर गरेको छ । बनस्थलीस्थित मिर्गौला उपचार केन्द्रका निर्देशक डा. ऋषिकुमार काफ्लेका अनुसार भक्तपुरबाट साउनमा दुई, असोजमा पाँच, कात्तिकमा तीन र आइतबार पाँच जना बिरामी संक्रमित भएर उपचारका लागि आएका छन् । तीमध्ये केही बिरामी प्रत्यारोपणको तयारीमा समेत थिए । डा. काफ्लेका अनुसार एउटा रोग लागेका बिरामीलाई थप अर्को संक्रमण लाग्नु भनेको झन खतरनाक अवस्था हो । चिकित्सकहरुका अनुसार अस्पतालले प्रयोग गर्ने औजार, उपकरण तथा अन्य सामाग्रीहरुको राम्रो सफाई नगर्दा संक्रमण फैलिएको हो । बिरामीमा हेपाटाइटिस बी र सी रगतजन्य संक्रमणका कारण मात्र सर्ने कलेजो रोग विशेषज्ञहरु बताउँछन् । तर, मानव अंग केन्द्रका निर्देशक डा. पुकार श्रेष्ठले बिरामीमा संक्रमण देखिएकाले समयमा नै रिफर गरिएको बताए । उनले अस्पतालले संक्रमणलाई निर्मलीकरण गरिसकेको समेत दाबी गरे । www.onlinekhabar.com

श्रीमानलाई कसरी खुसी बनाउने ? थाहा पाऔँ राम्रा तरिका

जब एक महिलाको विवाह हुन्छ तब उनी यहि मनोकामना लिएर बसेकी हुन्छिन् कि उनको श्रीमानले उनलाई सधैँ खुसी राखोस् । महिलाले मात्र होइन समाजका हरेक प्राणीले यहि सोच्ने गर्दछ कि एउटा श्रीमानले आफ्नी श्रीमतीलाई सधैँ खुसी राख्नुपर्छ ।
तर यो कसैले पनि सोचेको हुँदैन कि श्रीमतीको पनि आफ्नो श्रीमानलाई खुसी राख्ने कर्तव्य हुन्छ । श्रीमान–श्रीमती एक रथको दुई पाङ्ग्रा भएका कारण दुबैको खुसी महत्वपूर्ण हुने गर्दछ ।
तर यदि कहिलेकाँही तपाईंको श्रीमान उदास देखिएमा तपाईंले त्यसमा ध्यान दिनुपर्ने हुन्छ । हुनसक्छ तपाईंका श्रीमान् तपाईंका कारण नै दुखी भइरहेका छन् । तपाईंको कारण र अरु कसैका कारणले तपाईंको श्रीमान तनावमा भइरहेको तपाईंलाई राम्रो नलाग्न सक्छ । त्यसकारण हामी तपाईंलाई श्रीमानलाई सधै खुसी राख्ने तरिका बताउँदैछौँः

१. उनको कुराहरु सुन्नुहोस्ः

धेरै पुरुषहरुको यहि गुनासो हुने गर्दछ कि उनका श्रीमती कहिले पनि उनको कुरा सुन्ने गर्दैनन् । त्यसकारण जतिबेला तपाईंका श्रीमान कुराकानी गर्न थाल्छन्, उनको कुरालाई निकै मन लगाएर सुन्ने गर्नुहोस् ।

२. उनको जिम्मेवारीलाई बाँड्नुहोस्ः

थुपै्र पुरुषहरु श्रीमतीले उनीहरुको बित्तिय र अन्य जिम्मेवारीहरु बाँडोस् भन्ने चाहन्छन् । यदि तपाईंहरु दबैजना काम गर्नुहुन्छ भने घरखर्च चलाउने श्रीमानको मात्र जिम्मेवारी हुँदैन । त्यसकारण दुबैजना मिलेर घरखर्च टार्नुहोस् ।

३. उनको करियरमा रुची लिनुहोस्ः

तपाईंको विवाह भइसकेपछि आफू आकर्षक देखिने कुरामा लाग्नुभन्दा आफ्नो श्रीमानको कामकाजमा ध्यान दिनुहोस् जसबाट उनलाई तपाईं हरेक समय उनको साथमा हुनुहुन्छ भन्ने महसुस होस् ।

४. पैसा बगाउन बन्द गर्नुहोस्ः

अनावश्यक रुपमा पैसा खर्च गरेको कुनै पनि श्रीमानलाई राम्रो लाग्दैन । तपाईंको बढिरहेको सपिङको बिलले तपाईंलाई तपाईंको श्रीमानबाट टाढा बनाइरहेको हुन्छ । यदि शपिङ गर्दा तपाईं आफ्नै पैसा खर्च गर्नुहुन्छ भने यसबाट उनलाई केहि पनि फरक पर्दैन ।

५. बेडमा उनलाई खुसी राख्नुहोस्ः

यदि आफ्नो श्रीमानलाई बेडमा खुसी राख्ने तरिका आउँछ भने तपाईं निकै भाग्यमानी हुनुहुनेछ । बेडमा अल्छीपन नदेखाउनुहोस् ।

६. बेकारको बहस नगर्नुहोस्ः

श्रीमतीहरु आफ्नो श्रीमानसँग बेकारमा बहस गरेर कुरा लम्ब्याउने गर्दछन् । जसले गर्दा सम्बन्ध नै खतरामा पर्न सक्छ । तपाईं भने यस्तो गर्नबाट बच्नुहोस् ।

७. उनलाई तपाईंको कार्यक्रमको जानकारी दिनुहोस्ः

तपाईंलाई आफ्नो प्लान बनाउनका लागि श्रीमानको आवश्यक पर्दैन तर एक्लै केहि गर्नुभन्दा पहिले उनलाई त्यसको जानकारी दिनुहोस् जसले गर्दा उनलाई नराम्रो नलागोस् ।

८. आफ्नो जीवन पनि बाँच्नुहोस्ः

कोही पनि साधारण पुरुष आफ्नी श्रीमतीले उनको लागि पनि समय निकालोस् भन्ने चाहन्छन् । यसो गर्नाले श्रीमानका लागि पनि केहि समय निस्कनेछ ।

९. आर्थिक रुपमा उनलाई कहिले पनि धोका नदिनुहोस्ः

महिलाले कहिले पनि आफ्नो श्रीमानबाट पैसाको हिसाब–किताब लुकाउनु हुँदैन । यदि श्रीमानले आफ्नो पैसा तपाईंबाट लुकाएर राखेमा के तपाईंलाई राम्रो लाग्छ ?

१०. भविष्यको योजना एकसाथ बनाउनुहोस्ः

चाहे तपाईं लामो छुट्टीका लागि जान चाहेको कुरा होस् अथवा घरमा कोही नयाँ साथी आउने कुरा होस्, भविष्यको सबै योजना एकसाथ बनाउनुहोस् ।

११. उनको आमा–बुवालाई इज्जत गर्नुहोस्ः

जसरी तपाईं आफ्नो आमा–बुवालई माया र इज्जत गर्नुहुन्छ त्यसरी नै आफ्ना श्रीमानका आमा–बुवालाई सम्मान गर्नुहोस् ।

१२. उनको साथी बन्नुहोस्ः

तपाईंहरु दुईमा श्रीमान–श्रीमतीको भन्दा साथीको सम्बन्ध बढि हुनु आवश्यक छ । आफ्नो श्रीमानको साथी बन्नुहोस्, उनको आमा अथवा बोस होइन । (एजेन्सी) भिडियो हेर्न तल क्लिक गर्नुहोस

आफ्नु भन्नेले नै बिक्रि गरे मलाई ,अत्यन्तै कारुणिक पिडा सुनाउँदै मिजार ..

मंसिर २२ गते
आफन्तले नै झुक्याएर यूएई ल्याई ६ महिनासम्म बिभिन्न दुःख भोगेकी शान्ता मिजार घर फर्कन पाउने भएकी छिन् ।
बिगत केहि समयदेखि नेपाली राजदुतावास आबुधाबीको महिला सेल्टरमा बस्दै आएकी मिजार आइतवार आबुधाबी इमिग्रेसन जाँदैछिन् ।
उनलाई आबुबिधाको इमिग्रेसनले टिकट लगायतका लागि १५ सय दिर्हाम जम्मा गराउन भनेको तर आफूसँग उक्त पैसा नभएकाले सहयोगको अपिल गरेकी थिइन् । सेप्टेम्बर ३० का दिन सिन्धुपाल्चोक सेवा समाज यूएईको पहलमा समस्यामा परेकी मिजारलाई उद्धार गरी दुतावास पुर्याइएको थियो। इमिग्रेसनले मागे बमोजिमको उक्त रकम प्रवासी नेपाली मञ्च यूएई, सिन्धुपाल्चोक सेवा समाज यूएई र काभ्रे सम्पर्क समिती यूएईले संयुक्त रुपमा प्रदान गरेका हुन् ।
गत आइतवार दुतावासमा यूएईका लागि नेपाली राजदुत धनन्जय झाका सामु मञ्चका महासचिव उत्तम अधिकारी, गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष कृष्णप्रसाद भुसाल तथा नेपाली बिजनेस काउन्सिल दुबईका सचिव दिपकराज पौडेलसहितको उपस्थितिमा सो रकम प्रदान गरिएको थियो । त्यस क्रममा मिजारले आफू चाँडै इमिग्रेसन जाने र २ दिन जति त्यहाँ (इमिग्रेसनको डिपोर्ट सेन्टर) बसेपछि मुलुक फर्कन पाउने सूचना आफूलाई प्राप्त भएको बताइन् । इमिग्रेसनमा उक्त रकम जम्मा गराएपछि नेपाल जाने टिकट त्यहीं प्राप्त हुने जानकारी आफूले पाएको उनले बताइन् ।
आफन्तको ललाईफकाइमा यूएई आइपुगेकी उनको कथा यस्तो छ:
आफन्तको ललाईफकाईमा उनी भारतको बाटो हुँदै थाहै नपाई यूएई आइपुगेकी थिइन् । काभ्रे भकुन्डेवेसी स्थायी घर भएकी उनलाई सिन्धुपाल्चोककी सानीआमा नाता पर्ने मिना र तिनकी साथी कविताले फकाएर काठमाडौँ पुर्याएका थिए । त्यहाँबाट कविताको श्रीमान रामबहादुर तामांगले रात्रिवस चढाएर गत जेष्ठ १४ गते भारत पुर्याएको उनी बताउँछिन् । आफूले जान्न खोज्दा १ दिनपछि नेपाल पठाउने भन्दै आफ्नो जानकारीबिना नै दुबई ल्याइएको र यी सबैकुरा आफूलाई थाहा नै नभएको मिजारले बताएकी छिन् । “यहाँ आएपछि मलाई बिभिन्न स्थानमा बिभिन्न घरायसी काम गर्न लगाइयो, कुटपिट पनि गरियो र कसैसँग सम्पर्क र भेटघाट गर्न पनि दिइएन। तब मैले आफूलाई बेचिएको रहेछ भन्ने थाहा पाएँ”-उनी भन्छिन् ।

उनको साथमा पासपोर्ट तथा त्यसको प्रतिलिपि नहुँदा र पासपोर्टको बिबरण तथा यूएई छिरेको एयरपोर्टको समेत उनलाई ज्ञान नभएका कारण दुतावासलाई उनको पासपोर्ट प्राप्त गर्न निकै कठिनाई भएको थियो । अब भने आफ्नो मातृभूमि फर्कन पाएकामा उनले ढुक्क महशुस गरेकी छिन् । भन्छिन् “म विदेश आउदिन”।
स्रोत - दैनिक नेपाल बाट,, भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बढी गुलियो खाना खाने पुरुषका सन्तान मोटोपनको शिकार

बच्चाको स्वास्थ्य केवल आमासँग मात्र नभएर बाबुसँग पनि सम्बन्धित हुने एक अध्यनले देखाएको छ । हालै गरिएको शोधले बढी गुलियो खाने पुरुषका बच्चा बच्ची मोटोपनको शिकार हुने निष्कर्ष निकालेको हो ।

जर्मनीका शोधकर्ताहरुले आफ्नो अध्यनपछि गुलियो खानेकुरा खाएर सम्भोग गर्ने पुरुषबाट जन्मिएका बच्चा मोटोपनको शिकार हुने अनौठो तथ्य निकालेका हुन् ।




सम्भोग भन्दा एक दुई दिन अघि नै गुलियो पदार्थ खाएको भएपनि त्यस्ता पुरुषका सन्तान मोटोपनको शिकार हुन सक्ने शोधकर्ताको दावी छ ।

शोधकर्ताहरुका अनुसार महिलाहरु जस्तै पुरुषको खानपानले पनि उनीहरुका बच्चालाई असर गर्छ । जर्मनीको म्याक्स प्ल्याङ्क इन्स्टीच्यूट अफ इम्यूनोबायोलोजी एण्ड एपिजेनेटिक्सका शोधकर्ताहरुले यस्तो नयाँ तथ्य निकालेका हुन् ।
शोधकर्ता डा. एण्ड्रयू पोस्पिसिलिकले पुरुषको खानपानले समेत बच्चा प्रभावित हुने बताए ।

यो शोध सेल प्रेस जर्नलमा प्रकाशित छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

‘गर्ल फ्रेन्ड’ भेट्ने एसएमएस अायाे ? हाेसियार हुनाेस् !

२२ मंसिर, काठमाडौं । “आफ्नो प्रेमलाई भेट्न चाहनु हुन्छ? अहिले फोन गर्नुहोस्”
“साँचो मित्रताले तपाईलाई पर्खिरहेको छ !” “+२४३१३३०९८९ मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ?”
तपाइको मोबाइलमा नचिनेका नम्बरबाट यस्ता एसएमएस आउने गरेका छन् ? तुरुन्तै डिलिट गर्नुहोस् । किनकि ती एसएमएसमा भाइरस समेत हुनसक्छन् । जसले मोबाइलको डाटा चोर्ने, नष्ट गर्ने, ह्याङ्ग गराउने मात्र नभई साधारण कल गर्दा पनि धेरै पैसा उठ्न सक्छ । यस्ता सन्देशहरु राखेर आएको एसएमएस ठगहरुले पठाएको नेपाल टेलिकमले वताएको छ ।
केही समययता मोबाइलमा समेत इमेलमा जस्तै स्पाम (हानिकारक) एसएमएस आउन थालेका छन् । यस्ता एसएसएसबाट नेपाल टेलिकम र एनसेलका उपभोक्ता हैरानीमा परेका छन् । मोबाइल उपभोक्ताहरुमा प्रायजसोः “मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ? आफ्नो प्रेमलाई भेट्न चाहनु हुन्छ ? अहिले फोन गर्नुहोस्, साँचो मित्रताले तपाईंलाई पखिर्रहेको छ, आफ्नो बाँकी मनलाई भेट्नुहोस्, अरुहरुलाई तपाईंसँग भेट्ने एक मौका दिनुहोस्” जस्ता एकै प्रकारका एसएमएस आउने गरेको गोरखापत्रमा खबर छ ।
बानेश्वर बस्दै आएका निश्छल पोख्रेलले मोबाइलमा नचाहिदाँ म्यासेज आउने गरेको बताउनुहुन्छ । एक साता अघि उहाँको एनटीसीको मोबाइल नम्बरमा, “मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ? एसएमएस आयो । “पहिला त मलाई लाग्यो कुनै साथीले मजाक गरेको होला । तर त्यो नम्बरमा कल गर्दा कल लागेन तर मेरो मोबाइलबाट दश रुपियाँ काटियो । पछि थाहा भयो मेरा साथीहरुलाई पनि यस्तो एसएम आएको रहेछ, यो त स्पाम पो रहेछ” उहाँले आफू स्पाम एसएमएसबाट ठगिएको अनुभव सुनाउनुभयो ।
“मोबाइल स्पाम एसएमएस चलाउनु हुँदैन । यस्ता एसएमएस आएमा तुरुन्तै डिलिट गर्नुहोस् । यसलाई रोक्ने बारेमा दुरसञ्चार प्राधिकरणसँग छलफल भैरहेको छ”– महानगरीय अपराध महाशाखा हनुमानढोका साइबर सेलका प्रमुख प्रहरी निरीक्षक पशुपति रायले भन्नुभयो ।
यस्ता एसएमएसमा मालवेयर, ट्रोजन भाइरस आउने गरेका छन् । जसले मोबाइलको डाटा नष्ट गर्ने, साधारण कल गर्दा पनि धेरै पैसा उठ्ने । इन्टरनेटसँग जोडिएका फोन र विशेषगरी स्मार्ट फोनमा यस्ता एसएमएसले हानी गर्ने रायले बताउनुभयो ।
“नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुमा +२४३१३३०७६१ वा यस्तै नम्बरबाट विभिन्न प्रकारका एसएमएस आएको पाइएको छ । कम्पनीले यो फेक एसएमएस भएको जानकारी दिइसकेको छ । यो नेपाल टेलिकम तथा टेलिकमको भ्यालु एडेड सर्भिसको सेवासँग सम्बन्धित छैन । यो नम्बरमा झुक्किएर पनि कल नगर्नु होला । कम्पनी यस किसिमका फेक एसएमएस नियन्त्रणमा लागेको छ ।
यदि तपाइ वा तपाइको साथीको कुनै नम्बरमा यस्तो एसएमएस आएको छ भने एसएमएस आएको उक्त नम्बर हामीलाई यही पेजमा वा ntc.news@ntc.net.np मा मेल गरी जानकारी दिनुहुन अनुरोध छ । फेक एसएमएस आउने त्यस्ता नम्बरलाई बन्द गर्न सकिने ब्यवस्था गरिएको छ ।” टेलिकमले आफ्नो आधिकारीक फेसबुकमा उल्लेख गरेको छ ।
www.onlinekhabar.com