Sunday, October 26, 2014

फेसबुकमा लभ परेर होटल बोलाइएकी युवती आफ्नी बुहारी परेपछि…

सामाजिक सञ्जाल लभ अफेयर चलाउने गतिलो साधन भएको छ । कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् । कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ ।
तर, चीनमा एउटा यस्तो घटना भएको छ, अनलाइनमा साथी बनेर भेट्न जाँदा ससुराबुहारी पो परेछन् । एकआपसमा भेट्दा यी दुबै जना लाजले पानी पानी मात्रै हुनु परेन्, बाबुले छोराको कुटाइसमेत खानुपरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
घटना चीनको हेलोगजियांग प्रान्तको हो । यी ससुरा र बुहारी दुबैले आफ्ना पति पत्निलाई झुक्काएर च्याट गर्थे । दुवै जनाले आफ्नो नाम र फोटो समेत बदलेका थिए । अनजानवश च्याटमा भएको भेट र कुराकानी माया प्रेममा परिणत हुन थाल्यो ।
यसो त ५७ बर्षीया वांगलाई अनलाइनमा साथी बनाउने र च्याट गर्ने लत नै थियो । वांग आफ्नै बुहारीसँग कुरा गर्दा आफू एउटा कम्पनीको निर्देशक भएको भनेर ढाँटथे, श्रीमतीको मृत्यु भइसकेकाले आफू एक्लै भएको ती महिलालाई बताउथें ।
बुहारी लिली पनि के कम ? उनी आफ्नो श्रीमान जेलमा रहेकाले छोरासँग मात्रै बस्दै आएको बताउँदै आएकी थिइन् । हरराति यी दुईबीच च्याट्मा कुरा हुन्थ्यो । पछि फोटो पठाउने कुरा भयो । अनि दुबै जनाले आफ्ना साथीका राम्रा फोटो पठाइदिए । फोटो हेरिसकेपछि दुबैजनाले बेलुकी स्थानीय होटेलमा ६ बजे भेट्ने तय गरे । लिली र वांगबीच होटेलमा भेट्ने तय भएकै दिन लिलीका श्रीमान यात्राबाट घर पर्किए । उनले च्याटबारे सबै जानकारी पाएपछि दुबैलाई रंगेहात समात्न होटलतिर लागे । लिली जब होटेलमा गएर कोठा ढकढकाईन् त्यसपछि ढोका खोल्दा आफ्नै ससुरा पो परेछन् । पछि श्रीमान पनि लिलीलाई पछ्याउँदै होटल पुगेपछि लफ्डा सुरु भयो । लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कुटपिट गरेपछि प्रहरी आइपुग्यो । अहिले फेसुबक लभको को चक्करमा प्रहरीले सासुबुहारीलाई केरकार गरिरहेको छ ।
dainiknepal.com

मस्तीजादे’ मा डबल मजा दिँदै सनी लियोन

रोलमा देखिने भएकी छन । तुषारले यस अघि पनि सेक्स कमेडी फिल्महरूमा काम गरिसकेका छन । यो फिल्म पनि एक सेक्स कमेडी श्रेणीमानै निर्माण हुने भएको छ ।

यस फिल्मको शूटिङ समेत शूरू भैसकेको छ । यस फिल्ममा सनी दोहोरो भूमिकामा लैला र लिली का रूपमा देखिने भएकी छन । यो फिल्मको निर्माण प्रितीश नन्दी कम्यूनिकेशनले गरिरहेको छ । बलिउडमा आफ्नो नयाँ करिअर शुरू गर्ने यी क्यानाडाली पोर्न स्टार सनीको दोहोरो भूमिका भएको यो पहिलो फिल्म हो । सन्नी लियोनले यस फिल्मका बारेमा आधिकारीक पुष्टि भने सोशियल नेटवर्किङ वेबसाइट ट्विटरमा गरेकी हुन । यस फिल्मका निर्देशन मिलाप जावेरी हुन । मिलापले यस अघि ‘एक भिलेन’ र ‘ग्रान्ड मस्ती’ फिल्महरूका पटकथा लेखिसकेका छन । डबल रोलमा देखिएर सनीले दर्शकहरूलाइ मजा पनि डबलनै दिने कुरा स्वयं निर्माताले पनि यस अघिनै बताइ सकेका छन ।

भिडियो तल छ

आज साँझ हङकङमा इन्फा अवार्ड हुँदै, कलाकारको भब्य स्वागत




गोपाल दाहाल/श्रीधर पौडेल
हङकङ । इन्टरनेसनल नेपाल फिल्म एकेडेमी (इन्फा) अवार्डकालागि नेपाली कलाकारहरु शनिबार बेलुका


हङकङ आईपुगेका छन् ।
इन्फा अवार्ड हङकङको युएन लङ थिएटर हलमा आइतबार साँझ हुँदैछ । कलाकारहरुलाई सहआयोजक नेपाल क्लब हङकङकी अध्यक्ष रिता गुरुङ र हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगरले विमानस्थलमा स्वागत गरे ।


इन्फाले पहिलोपटक गर्न लागेको अवार्ड समारोहमा सहभागी हुन शिव श्रेष्ठ, भुवन केसी, उद्धव पौडेल, गौरी मल्ल, विजय लामा, राजेन्द्र खड्गी, दिपक श्रेष्ठ, सुरज सुब्बा नाल्बो, दिपाश्री निरौला, नन्दिता केसी, नम्रता श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई, जीतु नेपाल, केकी अधिकारी,बाबु बोगटी, सिताराम कटेल, कुञ्जना घिमिरे, निशा अधिकारी, पि्रयंका कार्की, सुरजसिंह ठकुरी, रिमा विश्वकर्मा, मलिना जोशी, अर्जुन कार्की, माला सुब्बा, अविनास गुरुङ, अनुपविक्रम शाही, निलुडोमा शेर्पा, कविराज गहतराज, रञ्जीता लिम्बु लगायत हङकङ आईपुगेका हुन् ।




उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा २५ विधातर्फ  अवार्ड वितरण गरिने आयोजक इन्फाका अध्यक्ष तथा फिल्म निर्देशक दीपक श्रेष्ठले जानकारी दिए ।


http://www.onlinekhabar.com भिडियो तल छ

अमेरिकामा रहेका वकिलहरु मध्येबाट सुपर लयर छनौटमा नेपाली मूलका खगेन्द्र क्षेत्री छनौट....


न्युयोर्क, कात्तिक ९- अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खगेन्द्र क्षेत्री अमेरिकाको सुपर लयर समुहमा पर्न सफल भएका छन् । न्युयोर्कमा रहेर वकालत पेशामा सकृय रहेका क्षेत्री सुपर लयर २०१४ मा पर्न सफल भएका हुन् । क्षेत्री अमेरिकामा रहेका वकिलहरु मध्येबाट सुपर लयर छनौट पश्चात सार्वजनिक गरिएको सूचीमा पर्न सफल भएका हुन् ।

कार्यसम्पादन, अध्ययन लगायतका विभिन्न विषयलाई आधार मानेर सुपर लयर छनौट गर्ने गरिन्छ । विभिन्न ७० क्षेत्रका वकिलहरु मध्येबाट उत्कृष्ट लयर छानिनेमा नेपाली मूलका अधिवक्ता क्षेत्री इमिग्रेसन क्षेत्रका अधिवक्ता तर्फबाट सुपर लयरमा पर्न सफल भएका हुन् । नेपालको गुल्मी जिल्लामा जन्मेका अधिवक्ता क्षेत्रीले कोलम्बिया युनिभर्सिटीबाट एलएलएम र फोरदम


युनिभर्सिटीबाट जेडी गरेका छन् । २५ बर्ष भन्दा धेरै समयसम्म वकालत गरेका क्षेत्रीले सुपर लयरमा परिसके पश्चात खुशी व्यक्त गरे । सुपर लयर समूहमा परे पश्चात आफूलाई कार्य सम्पादनमा थप हौसला प्राप्त भएको क्षेत्रीले बताए । अमेरिकाबाट सञ्भालित ह्वाईट हिमाल टेलिभिजनको साप्ताहिक कार्यक्रम ल एण्ड लएर मार्फत अमेरिकामा रहेका नेपालीहरुलाई इमिग्रेशन कानुन सम्बन्धी बिभिन्न जानकारी समेत दिदै आएका क्षेत्री ह्वाईट हिमाल टेलिभिजनको बिशिष्ट सदस्य समेत हुन् । सुपर लयरमा पर्न सफल क्षेत्री एनआरएन अमेरिकाको अध्यक्ष समेत हुन् ।



www.ratopati.com

आईसीसी डिभिजन ३ क्रिकेट : नेपाल र सिंगापुरबीच खेल जारी


तस्विर स्राेत : क्रिकइन्फो
काठमाडौ, कार्तिक ९ - एक हार र एक जितसँगै दुई अंक बटुलेको नेपालले दोस्रो जितको आशासहित अबिले मलेसियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ मा सिंगापुरविरुद्ध खेलिरहेको छ ।

टस जितेको सिंगापुरले नेपालाई व्याटिङ निम्तो दिएको छ । क्रिजमा ज्ञानेन्द्र मल्ल र नरेश बुढाएर छन् ।

नेपालले पहिरो ओभरमै ओपनर सुबास खकुरेललाई गुमाएको छ । उनी दुई बल मात्र खेलेर शून्य रनमै आउट भए ।

पहिलो खेलमा मलेसियाँग २० रनले पराजित नेपालले दोस्रो खेलमा बर्मूडालाई ८ विकेटले हराएको थियो ।

डिभिजन ३ को शीर्ष स्थानमा रहने दुई टिम डिभिजन २ मा बढूवा हुनेछन् ।http://www.ekantipur.com/

Saturday, October 25, 2014

जहाँ एक पटक हाँसेको ३७ रुपैयाँ जति धेरै हाँस्नुभयो उति धेरै पैसा तिर्नुपर्ने !

कुविक एनपी न्युज
हाँसेको पनि पैसा ? हो, जति धेरै हाँस्नुभयो उति धेरै पैसा तिर्नुपर्नेछ । पैसा तिर्नबाट जोगिन हाँसो नलागेको अभिनय गर्न पाउनुहुनेछैन, मेसिनले तपाइँ कत्तिको हाँस्नुभएको छ भित्रैदेखि भन्ने कुरा जाँचिहाल्नेछ र तपाइँको हाँसोको मूल्य तोकिहाल्नेछ । हाँसेको पनि पैसा तिर्नुपर्ने यो

अनौठो नियम हाम्रो देशमा भने होइन । स्पेनको बार्सिलोनास्थित एक कमेडी क्लबले यस्तो नियम बनाएको हो । टिट्रेनु कमेडी क्बलमा एकचोटी हाँसेको ३८ सेन्ट अर्थात् झण्डै ३७ रुपैयाँ तिर्नुपर्छ । उक्त कमेडी क्लबले आफुकहाँ आएको दर्शकहरुबाट उनीहरुको हाँसो अर्थात् उनीहरुले लिएको आनन्दका आधारमा शुल्क लिन थालेको छ । त्यसका लागि उसले दर्शक दीर्घाका हरेक कुर्सीमा अनुहार चिन्ने प्रविधि जडान गरेको छ । उक्त प्रविधिले कुर्सीमा बस्ने व्यक्तिले कमेडी शो अवधिभर कति पटक हाँस्यो, उसको हाँसोको मात्रा कस्तो थियो वा कत्तिको मज्जाको हाँसो थियो भन्ने कुराको विश्लेषण गरी त्यसको मूल्य निर्धारण गरिदिन्छ । कमेडी शो अवधिभर दर्शकको हाँसोको मात्राको आधारमा टिकटको अधिकतम शुल्क ३० डलर सम्म पुग्न सक्छ । तर यसका लागि उक्त दर्शक कुर्सीमा बसेदेखि नउठ्दासम्म मुक्त हाँसो हाँसेको हाँस्यै हुनुपर्छ । कमेडी शो हेर्ने दर्शकको हाँसोको आधारमा औषत टिकट शुल्क साढे ७ डलर हुने गरेको छ, यो प्रविधि भित्राएसँगै । हाँसेको मात्र पैसा तिर्नुपर्ने र नहाँसेको खण्डमा टिकटको मूल्य तिर्नु नपर्ने लोभमा केही दर्शक हाँस्दै नहाँस्ने बाचा गरेर कमेडी क्लबभित्र छिरेका थिए । तर उनीहरुले हाँसो नलागेको अभिनय गरेपनि अनुहारको हाँसो मेसिनले बुझिहाल्यो र उनीहरुले समेत टिकट शुल्क तिर्नैपर्यो !एजेन्सी

श्वेताले कोरिन् श्रीकृष्णका लागि दुई शब्द

काठमाडौं, कात्तिक ८ – निकै खुसी भएर केहि महिना पहिले मात्र मैले आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने सोच गरेको थिए । तर अहिले मैले जति प्रयास गर्दा पनि म आफ्नै खुट्टामा उभिन सकेकी छैन । वास्तवमा भन्नु पर्दा, मेरो केहि गर्ने जाँगर मरिसकेको छ, मलाई अहिलेसम्म पनि मेरो बिस्ताराबाट उठेर हिँड्ने आँट
आएको छैन । आफैँलाई हेर्दा प्रश्न गर्ने गर्दछु– के म त्यहि श्वेता हो र ?   यो सँचो हो, यदि तपाईंलेपहिलोपटक कसैलाई मन, मष्तिस्क र मुटुले माया गर्नुहुन्छ भनेयसले तपाईंलाई परिवर्तन गरिदिनेछ र उनको याद इतिहास सरि मानस्पटलमा ताजा भइरहन्छ जसलाई कहिले पनि मेट्न सकिन्न । मेरो प्यारोश्रीमान्, तपाईं मेरो जीवनको वास्तविक हिरो हुनुहुन्छ र म तापईंलाई मेरो मुटुमा सधैँ मायाले जतन गरेर राख्नेछु । तपाईंअहिले जहाँ भएपनि म तपाईंलाई मेरो जिवन रहुञ्जेल आफूसँगै लिएर अगाडि बढ्नेछु । म सधैँ तपाईंको नै हुनेछु । म सधैँ तपाईंसँगै हुनेछु । तपाईंको याद निकै धेरै आइरहेको छ ।   – तपाईं अनि मात्र तपाईंकी श्वेता   श्वेता खड्काको आधिकारीक फेसबुक पेजबाट साभार www.ratopati.com

प्रधानमन्त्री कोइराला र बाबुराम भट्टराईबीच भेटवार्ता

८ कात्तिक, काठमाडौ ।
प्रधानमन्त्री सुशील कोइराला र संवैधानिक –राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भयो ।

संविधानका अन्तरवस्तुमा रहेका विवादमा सहमति निर्माणको गृहकार्यस्वरुप सभापति भट्टराईले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो ।

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री कोइरालासँगको भेटवार्तामा समिति सभापति भट्टराईले सहमति निर्माणका लागि आग्रह गर्दै त्यसमा ‘प्रधानमन्त्रीको प्रभावकारी भूमिकाको अपेक्षा आफूले गरेको’ भट्टराईलाई उद्धृत गर्दै उहाँका स्वकीय सचिव विश्वद्वीप पाण्डेले राससलाई बताउनुभयो ।

पहिलो चरणमा प्रमुख तीन दलबीच गोकर्णमा भएको बैठकबारे पनि सभापति भट्टराईले जानकारी गराउनुभएको थियो । भेटका क्रममा सभापति भट्टराईले आइतबारदेखि हुन लागेको दोस्रो चरणको बैठकमा सहमति हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले चा“डो सहमति गरेर संविधान जारी गर्नुपर्नेमा जोड दिनुभएको थियो । त्यसका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने उहा“को भनाइ रहेको सभापति भट्टराईले बताउनुभएको सचिव पाण्डेले जानकारी दिनुभयोे ।
सभापति भट्टराईले सहमति निर्माणका लागि गृहकार्यस्वरुप शुक्रबार एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालस“ग छुट्टाछुट्टै भेटघाट गर्नुभएको थियो ।

यसैबीच, स्वकीय सचिव पाण्डेका अनुसार सभापति भट्टराईले आइतबार प्रमुख तीन दलको बैठकअघि पनि गृहकार्यलाई निरन्तरता दिनुहुने छ । आइतबार बिहान संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको संयोजनमा तीन दलका शीर्ष नेताको उपस्थितिमा दलका बीचमा रहेको विवादका विषय ‘न्यायप्रणाली’माथि छलफलका लागि प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरुस“ग भेटवार्ताको कार्यक्रम तय भएको छ ।

साथै, निर्वाचन प्रणालीबारे प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरुस“ग पनि आइतबार बिहान छलफल हुने भएको छ ।
सिंहदरबारमा हुने यी छलफलपछि आइतबार अपराह्न प्रमुख तीन दलका शीर्ष नेताहरुबीच पहिले छुट्टाछुट्टै र सोमबार सामूहिक रुपमा बैठक बस्नेछ । संवाद समितिकै संयोजनमा प्रमुख दलबीच बैठक हुन लागेको हो । संवाद समितिलाई सहमति कायम गर्ने समयावधि कात्तिक १५ गतेसम्मका लागि तोकिएको छ । रासस
nepaliheadlines.com

थुनुवाको मृत्युपछि सिजुवा तनावग्रस्त

फोटो :सौजन्य : विनोद घिमिरे
विराटनगर: प्रहरीले पक्राउ गरेर हिरासतमा राखेका थुनुवाको मृत्यु भएपछि शनिबार विहानै देखि मोरङको सिजुवा तनावग्रस्त बनेको छ ।
मदिरा सेवन गरेको आरोपमा शुक्रबार बेलुका साढे ४ बजे पक्राउ परेका सिजुवा ३ का चिया व्यापारी ६० बर्षीय मधु ताजपुरियाको शुक्रबार साँझ ७ बजे मृत्यु भएको थियो ।

प्रहरीको कुटाईबाट ताजपुरियाको मृत्यु भएको भन्दै मृतकका आफन्त विरोधमा उत्र्रिएपछि शुक्रबार विहानैबाट तनाव सृजना भएको थियो । घटनाको विरोधमा उत्र्रिएकाहरु र प्रहरी विच पटक पटक दोहोरो झडप समेत भएको थियो ।

प्रहरीको लाट्ठी प्रहारबाट आठ जना स्थानीयलाई चोट लागेको छ भने स्थानीयको ढुँगा प्रहारबाट तीन जना प्रहरीलाई सामान्य चोटपटक लागेको छ । घटनाको विरोधमा उत्र्रिएका स्थानीय बासिन्दाले ना ४ ख ६८१ नम्वरको यात्रुबहाक बस तोडफोड समेत गरेका छन् ।

स्थितीलाई नियन्त्रणमा लिनका लागि छ सेल अंशुग्याँस र पाँच राउण्ड हवाई फायर गरिएको मोरङ प्रहरीले जनाएको छ । स्थितीलाई नियन्त्रणमा लिन डीएसपी जगन्नाथ गौतमाको नेत्रृत्वमा प्रहरी परिचालन गरिएको छ ।

नियन्त्रण बाहिर स्थिती जाने अवस्थामा पुगेपछि थप मद्धतका लागि जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय उर्लावारी र रंगेलीबाट प्रहरी सिजुवा लगिएको थियो । ओम शान्तीले आयोजना गरेको कार्यकं्रममा मदिरा सेवन गरेका ताजपुरिया पुगेर होहल्ला गर्न थालेपछि उनलाई कार्यक्रम स्थलबाट बाहिर निकाल्न आयोजकले प्रहरीको सहायता मागेको थियो ।
प्रहरीले उनलाई कार्यक्रम स्थलबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा राखेको थियो । अत्यधिक मदिरा सेवन गरेका ताजपुरिया पक्राउ परेको केही बेरमा नै बेहोस भएको र उपचारका लागि कोशी अञ्चल अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको दावी प्रहरीले गरेको छ ।

 ‘बेहोस भएपछि उनलाई उपचारका लागि विराटनगर ल्याइँदै थियो’, मोरङ प्रहरी प्रमुख एसपी ठूले राईले भने, ‘उपचारका लागि ल्याउने क्रममा बाटो मै उनको मृत्यु भएको हो ।’
प्रहरीले कोशी अञ्चल अस्पतालमा लासको पोष्टमार्टम गरेर शुक्रबार राती नै लास आफन्तलाई जिम्मा दिएको थियो । सिजुवा ३ स्थित घरमा प्रहरीले लास जिम्मा दिएपछि आफन्त र स्थानीय बासिन्दा रातीदेखिनै आक्रोसित बनेका थिए । उनीहरुले प्रहरीले कुटेर उनको हत्या गरेको दावी गर्दै आएका छन् ।

स्थानीय राम भट्राईले मृत्यु भएपछि मात्र प्रहरीले आफन्तलाई जानकारी गराएका कारण यो घटना केही रहस्यमय र प्रहरीको कमजोरी रहेको उल्लेख गरे । आफन्तलाई जानकारी नदिइकन प्रहरीले अस्पतालबाट लास पोष्टमार्टम गरेर घरमा ल्याइ पु¥याएको भट्राईको भनाइ छ । आफन्त र स्थानीय ताजपुरियाको लास लिएर इलाका प्रहरी कार्यालय घेराउ गर्न शनिबार विहानै आएका थिए ।

त्यही विषयलाई लिएर प्रहरी र स्थानीय विच घम्साघम्सी हुँदा स्थिती तनावपूर्ण बनेको हो । ‘हामी मृत्यु हुनुको कारण खोज्नका लागि प्रहरी कार्यालयमा पुगेका थियौं’, भट्राईले भने, ‘प्रहरीले एक्कासी लाट्ठी प्रहार गर्न थाल्यो, यो ज्यादती र दमन हो ।’ प्रहरीले लाट्ठी जार्च गर्न थालेपछि स्थानीयले पनि ढुँगामुडा गरेको उनको दावी छ । अहिले पनि सिजुवा बजारको विच चौकमा ताजपुरियाको लास रहेको र कसैले पनि नउठाएको भट्राईले बताए ।

स्थानीय बासिन्दा इलाका प्रहरी कार्यालय सिजुवाको नेत्रृत्व गर्ने प्रहरी निरीक्षक बाबुराम पोखरेलमाथि कारवाही हुनु पर्ने, घटनाको सत्यतथ्य छानाविन हुनु पर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनु पर्ने माग गर्दैै विरोधमा उत्र्रिएका थिए । थप मद्धतका लागि घटना स्थलमा बाहिरबाट प्रहरी लगिएपछि स्थितीलाई प्रहरीले नियन्त्रणमा लिन सकेको थियो । अहिले आन्दोलनकारी केही पर हटेका छन् । स्थिती सामान्य बन्दै गएको दावी प्रहरीले गरेको छ ।

घटनालाई साम्य बनाउनका लागि स्थानीय बासिन्दा संग छलफल र बार्ताको तयारी भइरहेको एसपी राईले जनाए । ‘घटनाका विषयमा हामीले छलफल गरेर निस्कर्षमा पुग्नु पर्छ भनेका छौ’, एसपी राईले भने, ‘उताबाट पनि सकारात्मक कुरा आएको छ ।’ तर स्थानीय बासिन्दाले मानव अधिकारकर्मीहरु सहितको बार्ता गर्नु पर्ने अडान लिंदै आएका छन् । एसपी राईले घटनाको छानविन गरिने र प्रहरी दोषी देखिए घटनामा संलग्नलाई कारवाही गरिने बताए ।
annapurnapost.com

ह्याप्पी न्यू इयरले तोड्यो ओपनिङ रेकर्ड


मुम्बई, कार्तिक ८ - शाहरुख खानको ह्याप्पी न्यू इयर पहिलो दिन सबैभन्दा धेरै आम्दानी गर्ने बलिउड फिल्म बनेको छ ।  दीपिका र शाहरुख जोडीलाई फेरि एक पटक दर्शकको पत्याएका छन् । फिल्मको पहिलो दिनको कमाई ३८ देखि ४० करोड रुपैयाँ रहेको अनुमान गरिएको छ ।

यसअघि पहिलो दिन सबैभन्दा धेरै कमाउने फिल्म आमिर खानको धुम ३ को नाममा थियो । जसले रिलिजको पहिलो दिन ३२ करोड कमाएको थियो ।

बिदाको अवसर पारेर शुक्रबार रिलिज भएको फिल्मको पहिलो दिन अधिकांश हलमा ८० प्रतिशत अकुपेन्सी रहेको बताइएको छ ।

आमिर खानको थ्री इटियट्सबाट सुरु भएको बलिउडका तीन खान साहरुख, आमिर र सलमानबीचको प्रतिस्पर्धालाई फिल्मको कमाईसँग तुलना तुलना गरिन्छ । थ्री इडियट्सपछि सलमानको दबंग, एक था टाईगर र साहरुख खानको चेन्नई एक्सप्रेस बढी कमाई गर्ने फिल्म बन्यो । अघिल्लो बर्ष फेरि आमिरले धुम ३ बाट आफूलाई सबैभन्दा बिकाउ नायकको रुपमा उभ्याएका थिए ।

यअसघि साहरुख र दीपिकालाई नै लिएर मै हु ना हु र ओम शान्ति ओम बनाएकी निर्देशक फराह खानले ह्याप्पी न्यू इयरको निर्देशन गरेकी हुन् । हिरा चोर्ने उद्देश्यले डान्स कम्पिटिसनमा सामेल समूहको बारेमा फिल्म घुमेको छ ।

फिल्ममा अभिषेक बच्चन, ओमन इरानी, सोनु सोदको पनि अभिनय छ ।http://www.ekantipur.com/