Sunday, October 19, 2014

चुम्बन गर्नु फाइदै फाइदा

हिन्दू समाजमा चुम्बनलार्इ त्यति प्राथमिकतामा दिइदैन नकी समाजमा पनि पचाइन्छ तर चुम्बनका धेरै फाइदाबाट गुमेका छन । चुम्बन प्रेमानुभूतिको प्रतिक मानिन्छ । प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त गर्छन् । तर, चुम्बन प्रेमको अभिव्यक्तिमात्र नभई स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक छ भन्ने कुरा चाहिँ कमैलाई थाहा छ ।
जर्नल मेडिकल हाइपोथेसिसमा प्रकाशित एक अध्ययनअनुसार चुम्बनले महिलाको रोग प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्छ, चुम्बनबाट महिलाहरु साइटोमेगालो भाइरसबाट बच्न सक्छन् । यो भाइरस मुखदेखि मुखसम्म फैलन्छन् । यदि गर्भावस्थाका दौरान महिलामा यो भाइरस फैलन्छ भने नवजात शिशु अन्धोपन तथा अन्य कैयौं जन्मजात रोगको शिकार बन्न सक्छन् । दुखाई बिर्साउछ । दिनभर काम गरेर शरिर दुख्छ भने पेनकिलर लिनुको साटो आफ्नो जोडीको चुम्बन लिनुहोस्, यसले पेनकिलरको जस्तै काम गर्छ ।
मुटुको लागि फाइदाः चुम्बनले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रित गर्छ । एक अनुसन्धानका अनुसार आफ्नो जोडीलाई सधै चुम्बन गर्नेहरु सधै तनावमुक्त हुन्छन् । साथै उनीहरु आफ्नो सबंन्धमा सन्तुष्ट हुन्छन् । यसकारण चुम्बनका कैयौं प्रकारहरुले मुटुलाई स्वस्थ राखी हरेक प्रकारका मुटुसंबन्धी रोगबाट बचाउँछ ।
क्यालोरी कम हुन्छः अध्ययनका अनुसार चुम्बन क्यालोरी कम गर्न फाइदाजनक मानिएको छ । एक मिनेटसम्म चुम्बन गर्दा दुई देखि ६ क्यालोरीसम्म कम गर्न सकिन्छ । यदि एक जोडी एक घण्टासम्म चुम्बन गर्न सक्छन् भने त्यसबाट कैयौं क्यालोरी खर्च गर्न सक्छन् ।
अनुहारको मांसपेशी हुन्छ मजबूतः चुम्बनको अर्को फाइदा हो, अनुहारको मांसपेशीको व्यायाम । अनुसन्धानकर्ताका अनुसार चुम्बनका बेला अनुहारको ३० मांसपेशीको प्रयोग हुन्छ, यसबाट गालालाई सही आकारमा राख्न मद्दत पुग्छ ।
तनाव कम हुन्छः चुम्बन गर्दा शरिरमा अक्सटोसिन नामक हर्मोन पैदा हुन्छ । यो शरिरलाई तनावमुक्त राख्न मद्दत गर्ने प्राकृतिक हर्मोन हो । यसका साथै एण्डोरफिन्सको पनि स्तर बढ्छ, जसबाट रोमान्टिक संबन्ध मजबूत हुन्छ ।
/dainiknepal.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस