प्रमोदलाई पछ्याउँदै स्टुडियो देखि कर्न्र्सटसम्म उनी धाउँछिन्। अन्तत उनीहरुबीच भिडियोमा प्रेम अंकुरण हुन्छ। तर शहरिया जीवनशैलीमा भर्खर घुलमिल हुदै गर्दा युवतीहरु विचलित भएर साँचो प्रेम विर्सदैं धेरैको बेडसम्म पुग्छन् भन्ने पात्रको रुपमा केकीले अभिनय गरेकि छिन्।
पछि वितृष्णा भएर वैराग्य भावमा उनी प्रमोदसँग माफी माग्छिन् तर केकीलाई पनि साँचो माया गरेका प्रमोद उनको प्रेम स्वीकार्ने नस्विकार्ने दोसाँधमा देखिन्छन्। भिडियोको मुलत कथा यहि नै हो। अमेरिका बस्दै आएकि श्रद्धा अधिकारीको शब्द र संगीतकार अर्जुन पोख्रेलको संगीतमा बनेको यो गीतलाई धेरै स्रोताले रुचाएका छन्। भिडियोमा प्रमोद र केकीका अतिरिक्त सहज बराल र सुमित ढकालले अभिनय गरेका छन्। हरि हुमागाईको छायाकंन र निशान घिमिरेको सम्पादन रहेको यो म्युजिक भिडियोलाई एकसाता भित्रै हजारौं दर्शकले युट्युब मार्फत हेरिसकेका छन्।
http://www.hamrakura.com भिडियो तल छ
