कार्यक्रममा आदिवासी चलचित्रलाई पनि अवार्ड वितरण गरिएको छ । कलाकारहरुको एकपछि अर्को प्रस्तुतीको साथमा अवार्ड समारोहलाई ‘वीपी इन्टरनेशनल होटल’को भव्य हलमा उपस्थित हङकङमा रहेका नेपालीहरुले मनोरञ्जन लिइरहेका छन्
नेपाली सिनेमाका अधिकांश कलाकारको उपस्थिती रहेको अवार्ड समारोहमा कसले कुन अवार्ड जिते, अनलाइनखबरमा हामीले अपडेट गर्नेछौ ।
उत्कृष्ट लेखक : अर्पण थापा (धन्दा)
सर्वोत्कृष्ट पटकथा : सुवर्ण थापा (सुनगाभा)
सर्वोत्कृष्ट संवाद : दीपकराज गिरी (छ एकान छ)
सर्वोत्कृष्ट श्रृङ्गार : निमा लामा (धन्दा)
सर्वोत्कृष्ट पहिरन : निलिमा शर्मा (वितेका पल)
सर्वोत्कृष्ट नृत्य निर्देशक : रिनाशा राई (भिजा गल)
सर्वोत्कृष्ट द्वन्द्व निर्देशक : हिमाल केसी (वार)
सर्वोत्कृष्ट ध्वनी मिश्रण : दीप तुलाधर (प्रोड्यूसर)
सर्वोत्कृष्ट सम्पादक : लोकेश बज्रचार्य (कर्कश)
अभिनेता भुवन केसी र एसएसपी रमेश खरेल क्रमश: ग्रेट पर्फेक्ट लिमिटेड र एनआरएन हङकङको तर्फबाट सम्मानित गरिएको छ । कार्यक्रममा बोल्दै एसएसपी रमेश खरेलले नेपाल आउादा शान्ती सुरक्षाको प्रत्याभुतीको आभाष हुने बताए ।
विज्ञापन गुरूको रूपमा निर्मल राज पौडेललाई नेपाल चलचित्र प्राबिधिक संघको तर्फबाट गरिएको छ ।
सर्वोत्कृष्ट छायांकन : शैलेन्द्र डी कार्की (वधशाला)
सर्वोत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाइ नभन्नु ल २ )
सर्वोत्कृष्ट संगीतकार : बसन्त सापकोटा (रिदम)
सर्वोत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (छ एकान छ)
सर्वोत्कृष्ट म्यूजिक एरेन्जर : नव क्रान्ती ब्यान्ड (मोक्ष)
/www.onlinekhabar.com
