कालो परिदृष्यमा एस आकारमा राखिएको मैनबत्तिको तस्विर आफ्नै डाइनडि रुममा खिचेको नेपालले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् ।
गत मंगलबार तिहारको सुभकामना दिने उदेश्यले नेपालले सो तस्विर आफ्नो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा राखेका थिए, हिन्दुस्तान टाइम्स लेख्छ, त्यसको केही घन्टा पछि नै नरेन्द्र मोदिको फेसबुकमा सोही तस्विर राखेर भारतीय प्रधानमन्त्रिले धन्तेरास शुभकामना दिएका थिए ।मैले मानेका मान्छेमध्येका एक, भारतका सच्चा नेता तथा प्रधानमन्त्ती मोदीले आफ्नो फेसबुकमा मेरो एक तस्विर प्रयोग गरेका छन् ।
गतबर्ष मैले आफ्नो डाइनिड रुममा छोरीको सविनाको सहयोगमा सो तस्विर खिचेको थिएँ । छोरीले क्याम्ब्रिज म्यासास्युटेस् स्थित हाम्रो घरको डाइनिड रुममा मैनबत्ति बालेकी थिइन् । मेरो ठुलो प्रश्न फोटोग्राफरका लागि कुनै क्रेडिट छैन, के हुन्छ कपिराइटका कुराहरु, उनले कुनै अनुमति पनि मागेनन्, आफ्नो फेसबुकमा नेपालले मंगलबार लेखेको कुरालाई समेत हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । नेपाली भिजन डटकमले समाचार लेखेको छ । pahilopost.blogspot.com बाट
