Monday, November 10, 2014

गायिका बन्दै नायिका प्रियंका

काठमाडौं,कात्तिक २४ अभिनेत्री प्रियंका कार्कीले आफ्नो परिचय गायिकाको रुपमा पनि विस्तार गर्ने भएकी छन् । केही समयपछि उनलाई नायिका तथा गायिका भन्नुपर्नेछ । । यसका लागि उनले आफूलाई तयारpriyanka-karki पार्दैछिन् । अर्थात् प्रियंकाले एकल एल्बम स्रोतामाझ पस्कदै छिन् । नाच्न मात्रै होइन,सानैदेखि गाउन समेत रुचि राख्ने प्रियंका आफूलाई गायिकाको रुपमा पनि स्थापित गराउन चाहन्छिन् । जसकारण अचेल उनी एल्बमको तयारीमा लागेकी छन् । नाम न्वारान नभइसकेको उनको एल्बममा पप,आधुनिक शैलीका आठ गीत हुनेछन् । सैलेश श्रेष्ठ र शैलेन्द्र सिंहको शब्द र संगीत रहने गीतमा प्रियंका एक सातापछि रेकर्डिमा जानेछिन् । गायनमा सानैदेखि रुचि थियो । बीचमा समय अभावका कारण निरन्तरता दिन सकिएन,प्रियंका भन्छिन्,तर मैले केही समय गायन र संगित सिकें ।अब भने सोलो एल्बम निकाल्दै छु ।सुवास कोइराला निर्देशित आवरण फिल्ममा प्रियंकाले छोपिएको सत्य बोलको शीर्ष गीत गाएकी थिइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । - See more at: http://www.ratopati.com/2014/11/10/181220.html#sthash.E0siSPIl.Tl7NVsB7.dpuf

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस