Home »
फिचर
,
समाचार
» श्रीमतीलाई घाइते बनाई श्रीमानले गरे झुण्डिएर आत्महत्या
२४ कात्तिक, विराटनगर । खोटाङको दिप्लुङ गाविसमा एक पुरुषले आफ्नै श्रीमतीलाई हथौडाले हिर्काएर घाइते बनाई आफूले आज झुन्डिएर आत्महत्या गरेका छन् ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार दिप्लुङ–२ बस्ने ४८ वर्षीय अमरबहादुर राईले आफ्नै ४५ वर्षीया श्रीमतीलाई गम्भीर घाइते बनाएपछि आज बिहान रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् । पतिपत्नीबीच वादविवाद हुँदा आइतबार बेलुकी उनले पत्नीलाई टाउकामा हथौडा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ । रासस by nepali headlines
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस