Tuesday, November 4, 2014

घट्यो पेट्रोलियम पदार्थको भाउ, यस्तो छ नयाँ मूल्य :

काठमाडौं, १८  कात्तिक । नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। पेट्रोलमा दुई रुपैयाँ ४७ पैसा, डिजेल र मट्टीतेलमा एक रुपैयाँ ६७ पैसा घटाउने निर्णय भएको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए। यो सँगै निगमले पेट्रोलको प्रतिलिटर १२८ रुपैयाँ तोकेको छ। त्यसैगरी, डिजेल र मट्टितेलमा १०१ रुपैयाँ ५० पैसा तोकिएको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले तीन दिन ढिला गरि नयाँ मूल्य पठाएको निगमले जनाएको छ। आइओसीले एक तारिखमै नयाँ मूल्य पठाउनुपर्ने भए पनि शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सोमबार नयाँ मूल्य उपलब्ध गराएको हो। आइओसीले समयमै नयाँ मूल्य उपलब्ध नगराएकाले तीन ढिला गरी मूल्य समायोजन गरिएको निगमका प्रबन्ध निर्देशक चण्डिकाप्रसाद भट्टले जनाए।

आइओसीबाट प्राप्त हुने मूल्य अनुसार नै मूल्य घटाएको हो। आयल निगमले स्वचालित मूल्य प्रणालीबाट मूल्य निर्धारण गर्न सुरु गरेसूगै अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य घटबढ अनुसार नै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटबढ हुने गर्छ। भारतले शुक्रबार रातिबाट नै लागू हुनेगरी पेट्रोलको मूल्य दुई रुपैयाँ ५९ पैसा भारु घटाएको थियो। भारतमा अक्टोबर १ मा पेट्रोलको मूल्य ५४ पैसाले घटेको थियो भने अक्टोबर १४ बाट लागू हुनेगरी थप एक रुपैया घटाएको थियो।edailynewsnepal.blogspot.co.il/

भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस