नयाँ दिल्लीकी प्रिती गुप्ता सन् २००९ देखि यस्तो समस्या शुरु भएको हो । उनको आँखाबाट आँशुको साटो रगत बग्छ भने पसिनाकोरुपमा समेत रगत आउँछ ।
उनका माता पिताले सामान्य रोग ठानेर अस्पताल लगे तर बरिष्ठ बरिष्ठ चिकित्सकले समेत उनको उपचार
गर्न सकेनन् । प्रितीका बाबु मनोजलाई आफ्नी छोरीलाई अरुले बहुलाइ भन्दा चित्त दुख्छ । तर छोरीलाई के भएको भन्ने उनलाई पनि थाहा छैन ।
आफू शुरुमा रगत बग्न थालेपछि निक्कै आत्तिएको बताउने प्रितीलाई अव भने सामान्य लाग्न थालेको छ । प्रितीलाई भएको जस्तो समस्या लाखौंमा एक जनालाई मात्र हुने चिकित्सकहरु बताउँछन् । मनोजले छोरीको उपचारका लागि लाखौं खर्च गरिसकेका छन् ।
उनलाई मानसिक समस्या भएको भनेर चिकित्सकहरुले पन्छिने गरेपनि हालै एक चिकित्सकले उनलाई उपचार गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
एजेन्सी ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
