भारतको नालगोण्डा जिल्लाको एक निजी स्कुलमा अध्ययनरत ६ वर्षे चन्दुलाई अंग्रेजी बोल्न नजानेको भन्दै शिक्षिकाले भित्तामा टाउँको ठोकाउँदा उनको ज्यान गएको छ।
तेलगु मातृभाषी चन्दु कक्षा एकमा पढथे। शनिबार दिउसो 'क्लास टिचर' समिथीले अंग्रेजी नजानेको भन्दै उनलाई पिटेकी थिइन। उनले चन्दुको टाउको भित्तामा ठोक्याएकी थिइन।
स्कुलबाट घर फर्केपछि बिरामी परको भन्दै चन्दुलाई अस्पतालमा लगिएको थियो। अस्पताल भर्ना गरेको केही घण्टामै उनको मृत्यु भयो। चिकित्सकले टाउको भित्र गम्भीर चोट लागेका कारण मृत्यु भएको बताएका छन।
दोषी शिक्षिकालाई कारबाहीको माग गर्दै उनका अभिभावक र स्थानीयले विद्यालय बाहिर प्रदर्शन गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ।
http://setopati.com/samaj/19810/
भिडियो तल छ
