यद्यपि, त्यहाँका मानिसले रहरले शवलाई घरमा राखेका होइनन् । शवलाई समाधिस्थ गर्न ठाउँ अभाव भएपछि आफन्तको शव घरमा राख्न त्यहाँका मानिस बाध्य छन् ।
शव समाधिस्थ गर्ने ठाउँ पाउन छोडेपछि उक्त सहरमा एउटा घर बनाइएको थियो, जहाँ मानिसले आफन्तका शव राख्ने गरिन्छ । घरलाई ‘बोन हाउस’को नामले चिनिन्छ ।
१२औँ शताब्दीदेखि यसरी सो घरमा शव राख्न थालिएको विश्वास गरिन्छ । ‘त्यतिवेलादेखि बोन हाउसमा शव राख्न थालिएको हो । शवका कंकालहरू घरमा सुरक्षित राखिन्थ्यो । कंकाल कुन व्यक्तिको हो भन्ने पहिचान गर्न नाम पनि लेखिन्थ्यो । तर, कंकाल राख्ने चलन अहिले छैन,’ समाचारमा भनिएको छ ।
सन् १९५५ यता घरमा कंकाल राख्न बन्द गरिएको हो । त्यसअघिका कंकाल भने घरमा अझै भेटिन्छन् । अहिले घरमा १२ सयभन्दा बढी खप्पर छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
