Tuesday, November 4, 2014

पारस शाहको नयाँ रुप

काठमाडौं, कात्तिक १८
थाइल्याण्डमा लागूऔषधसहित पक्राउ परेर धरौटीमा छुटेका पूर्वयूवराज पारस शाह पुन: फेसबुकमा सक्रिय भएका छन्।
स्टाटस अपडेट गर्ने,फोटो–भिडियो अपलोड गर्ने मात्र नभएर कमेन्टहरुको जवाफ दिनसमेत पछि परेका छैनन्। मंगलबार उनले ‘सेल्फि फोटो’ फेसबुकमा पोष्ट गरेका छन्। फोटोमा उनी निकै खुसी देखिएका छन्।
टाउकोमा मखमली कपडा बेरेर आफैंले खिचेको फोटो फेसबुकमा हालेका छन्।
पारस शाहको नाममा रहेको उनको एकाउन्टमा झन्डै चार हजार साथीहरु छन् । थुप्रैले कमेन्टमा उनलाई सरकार भनेर सम्बोधन गरेको देखिन्छ । प्रायः कमेन्टहरुमा पारसलाई नेपाल आउन र देश सेवामा लाग्न आग्रह गरिएको छ। कमेन्टको जवाफ दिँदै पनि गरेका हुन्छन्।
लागूऔषध मुद्दामा धरौटीमा छुटेपछि नेपाल ल्याउनका लागि परिवारले पहल गरे पनि उनले इच्छा देखाएका छैनन्। थाई प्रेमिका कनिकासँग पुन:  बैंककमा उनीसँगै बस्न थालेका छन् । पछिल्लो पटक लागु औषधमा पक्राउ पर्दा प्रेमिका कनिकासाग उनको सम्बन्ध चिसिएको यियो। http://edailynewsnepal.blogspot.co.il/भिडियो हेर्न तल क्लिक गर्नुहोस :

नीताले सार्वजनिक गरिन् आफ्नो प्रेमी

काठमाडौँ । नायिका नीता ढुंगानाले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । रियल लाइफमा नीताका ब्वाइफ्रेन्ड हुन्– अमेश भण्डारी । नीताले आफ्नो आधिकारिक फेसबुक पेजमा आफू र अमेशको फोटो पोस्ट गरी ‘विथ माई लभ’ लेखेकी छिन् ।   अमेश अभिनेता, गायक तथा संगीतकार हुन् । हाल सुटिङ भइरहेको दिनेश डिसीको
फिल्म फूलैफूलको मौसम तिमीलाईमा नीता र अमेश जोडी भई अभिनय गरेका छन् । त्यसभन्दाअघि पनि नीता र अमेशले तँ, म र ऊ फिल्ममा सँगै अभिनय गरेका थिए । ‘अमेश मेरो ब्वाइफ्रेन्ड हो,’ आफू विगत तीन वर्षदेखि अमेशको प्रेममा रहेको खुलासा गर्दै नीताले भनिन्, ‘हाम्रो चिनजान  पारिवारिक रूपमा भने सानैदेखि थियो । तर,  भेट भने तीन वर्षअघि मात्रै भएको थियो । त्यसपछि हामी निकट हुँदै गयौँ ।’ नीताले आफू र अमेशको भेट एक स्कुलको कार्यक्रममा भएको स्मरण गरिन् । ‘पहिलो भेटमा हेराहेर मात्र भयो । पछि, कुराकानी हुँदै जाँदा प्रेममा पर्‍यौँ,’ नीताले भनिन्, ‘हामीबीच एकदमै अन्डरस्ट्यान्डिङ छ । उनी पनि फिल्ममै करिअर बनाउन चाहन्छन् । एक–अर्कालाई हामीले निकै नजिकबाट बुझेकाले हरेक कुरा सजिलो भएको छ ।’   काठमाडौं, कालीमाटीका अमेश पनि नीता र आफू गहिरो प्रेममा रहेको स्वीकार गर्छन् । ‘नीता र म प्रेममा छौँ,’ अमेश भन्छन्, ‘दुवैजना एकै क्षेत्रका भएकाले हामीलाई निकै सजिलो भएको छ ।’   अझै केही समय प्रेममै मस्त हुने र आगामी वर्ष भने विवाहबन्धनमा बाँधिने योजना नीता–अमेशको छ । ‘बिहेचाहिँ अर्काे वर्ष गर्नुपर्ला,’ नीता भन्छिन्, ‘अहिले त हामी करिअरमै कन्सन्ट्रेट छौँ ।’   तँ, म र ऊ तथा फूलैफूलको मौसम तिमीलाई पछि पनि नीता अमेशकै जोडी भई फिल्म खेल्ने भएकी छिन् । ‘हामी दुवैलाई लिएर फिल्म बनाउने केही अफर छन्,’ नीता भन्छिन्, ‘आफ्नो मान्छेसँग काम गर्दा निकै सहज हुन्छ ।’   अफेयरको कुराले करिअरमा असर नपर्ने बुझाई नीताको छ । ‘अफेयरको कुराले करिअरमा कुनै असर पर्दैन,’ उनको दाबी छ, ‘हामी दुवैजना प्रोफेसनल कलाकार हौँ ।  अफेयर, बिहेपछि पनि फिल्म अभिनयमै रहनेछौँ । यो कुराले त झन् सजिलो पो हुन्छ त ।’ उनी आफू र अमेशको सम्बन्धलाई दुवैको परिवारले स्वीकार गरिसकेको बताउँछिन् । - /nepaliheadlines.comu

विहान उठेर गर्नुस् हत्केलाको दर्शन दिन नै शुभ हुन्छ

दिनचर्याको शुरुवात जहिले पनि विहान उठेपछि हुन्छ । उठ्ने वित्तिकै हामीले जे गर्छौ त्यसको प्रभाव दिनभरी रहन्छ । यहाँ उठ्ने वित्तिकै गर्नु पर्ने दैनिक संस्कारको चर्चा गरिएको छ ।


हत्केलाको दर्शन
विहान उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्नु उत्तम मानिन्छ । हरेक मानिस दिनभरी शान्त र प्रसन्न रहन चाहन्छ । यसका लागि हामीले उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्ने गर्‍यो भने दिन शुभ हुने शास्त्रमा उल्लेख छ ।

विहान उठ्ने वित्तिकै पुस्तक हेरे जस्तै गरी हत्केलाको गर्दा दिनभर मन शान्त र प्रसन्न रहने उल्लेख छ ।

कराग्रे वसते लक्ष्मी: करमध्ये सरस्वती।
कर मूले स्थितो ब्रह्मा प्रभाते कर दर्शनम्॥

अर्थात- मेरो हातको अग्रभागगमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ ।

हातको दर्शन गर्दा यो मन्त्र बोल्नु राम्रो मानिन्छः
कराग्रे वसते लक्ष्मी: करमध्ये सरस्वती।
करमूले तू गोविन्दः प्रभाते करदर्शनम ॥

अर्थात- मेरो हातको अग्रभागमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा भगवान विष्णुको निवास छ ।
हातको दर्शन गर्दा आफ्नो भाग्यमा नभएर कर्ममा विश्वास गर्नु पर्छ । यसरी हातको दर्शन गर्दा जीवनमा धन, सुख र ज्ञान प्राप्त हुने शास्त्रको भनाइ    छ ।
हातको दर्शन गर्नुको अर्थ हो मेरा हातबाट कुनै पनि खराव काम नहुन् । सबै कल्याणको काम मात्र होस् ।

हातको दर्शन नै किन
हाम्रो संस्कारले सदैव सत्कर्मको सन्देश दिन्छ । र अधिकाँश कर्म हातबाटै गरिन्छ । धर्म, अर्थ, काम र मोक्ष पाउनु पुरुषार्थ मनिन्छ । यी सबैमा हातको भूमिका प्रधान हुने भएका कारण पनि हातको दर्शन गर्न भनिएको हो । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

घट्यो पेट्रोलियम पदार्थको भाउ, यस्तो छ नयाँ मूल्य :

काठमाडौं, १८  कात्तिक । नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। पेट्रोलमा दुई रुपैयाँ ४७ पैसा, डिजेल र मट्टीतेलमा एक रुपैयाँ ६७ पैसा घटाउने निर्णय भएको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए। यो सँगै निगमले पेट्रोलको प्रतिलिटर १२८ रुपैयाँ तोकेको छ। त्यसैगरी, डिजेल र मट्टितेलमा १०१ रुपैयाँ ५० पैसा तोकिएको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले तीन दिन ढिला गरि नयाँ मूल्य पठाएको निगमले जनाएको छ। आइओसीले एक तारिखमै नयाँ मूल्य पठाउनुपर्ने भए पनि शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सोमबार नयाँ मूल्य उपलब्ध गराएको हो। आइओसीले समयमै नयाँ मूल्य उपलब्ध नगराएकाले तीन ढिला गरी मूल्य समायोजन गरिएको निगमका प्रबन्ध निर्देशक चण्डिकाप्रसाद भट्टले जनाए।

आइओसीबाट प्राप्त हुने मूल्य अनुसार नै मूल्य घटाएको हो। आयल निगमले स्वचालित मूल्य प्रणालीबाट मूल्य निर्धारण गर्न सुरु गरेसूगै अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य घटबढ अनुसार नै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटबढ हुने गर्छ। भारतले शुक्रबार रातिबाट नै लागू हुनेगरी पेट्रोलको मूल्य दुई रुपैयाँ ५९ पैसा भारु घटाएको थियो। भारतमा अक्टोबर १ मा पेट्रोलको मूल्य ५४ पैसाले घटेको थियो भने अक्टोबर १४ बाट लागू हुनेगरी थप एक रुपैया घटाएको थियो।edailynewsnepal.blogspot.co.il/

भिडियो हेर्न तल क्लिक गर्नुहोस

जवर्जस्ती तानेर बिहे गर्ने यो कस्तो तरिका ?

गोरखा,कात्तिक १८ – सहरतिर महिलाको अन्च्छिामा छोए वा गलत नियतले हेरे पनि ‘आशय करणी’ को ऐनअन्तर्गत कारबाही हुन्छ । महिला अधिकारकर्मीहरुले नाराजुलुस गरेर सामाजिक बहिस्कार गर्छन् । तर गोरखाको केही गाउँमा युवतीलाई बाटोमा हिँडिरहेका बेला,सुतिरहेका बेला वा काम गरिरहेका बेला उपरिचित
युवकले जवरर्जस्ती तानेर विवाह गर्न पाउने चलन छ । ‘सरकारको नीति होइन,गाउँकै रीति हो’, ल्होका छेवाङ लामा भन्छन्,‘तल सहरतिर भए कानुन लाग्थ्यो होला,यहाँ पुरानो रितिस्थिती नै यस्तै छ ।’ युवकलाई युवती मन परेपछि बलफल्ती तानेर लाने र पछि परिवारलाई मनाउने परम्परा नै भएको उनले बताए । भोटे,लामा बसोबास गर्ने बिही,प्रोक,ल्हो,सामागाउँ,चुम्चेत र छेकम्पार गाविसमा तानेर बिहे गर्ने चलन रहेको स्थानीयले बताए । बिही गाविस ७ की कर्साङ डिकी लामा आफ्नो पनि तानेर बिहे भएको तर एक वर्षपछि सम्बन्ध विच्छेद गरेको बताउँछिन् । सोही गाउँकी छिरिङ डेमा पनि आफूलाई नचिनेको युवकले तानेर लगेका तर साथीहरुले बाटोबाटै खोसेर फर्काउन सफल भएको बताउँछिन् । ‘रातको समयमा मेला हेर्न गएको समय,राति घट्टमा मकै र गहुँ पिस्न जाँदा युवती तान्ने सम्भावना हुन्छ,’ तानेरै बिहे गरेका प्रोक ७ का पेमा लामा भन्छन्,‘रक्सी बेच्न गाउँगाउँ चहार्दा,मेलामा काम गरिरहेका बेला पनि तान्छन् ।’सहरमा पढेर भर्खरै गाउँ फर्केका युवतीलाई पनि गाउँका नचिनेका युवकले तान्ने गरेको बताए । ‘तानिने डरले सहरमा पढ्न गएका युवती गाउँ फर्कन समेत मान्दैनन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । स्केचः इकान्तिपुरबाट साभार www.ratopati.com

यसरी धनी भए शाहरुख खान

एजेन्सी  – ६ सय मिलियन डलर कमाइका साथ शाहरुख खान सबैभन्दा धनी भारतीय कलाकारको सूचीमा परेका छन् । यसै वर्ष मेमा उनी संसारका दोस्रो धनी अभिनेता घोषित भएका थिए । सिंगापुरको वेल्थ एकस
कम्पनीले गरेको एक सर्भेमा टप टेनको सूचीमा एकमात्र भारतीय स्टार थिए उनी । उनले टम क्रुज,जोनी डेप र टमह्याक्स जस्ता हलिउड स्टारलाई पछाडि पारेका थिए ,भारतका त सबै स्टारलाई पछि पारे । शाहरुख बलिउडका सबैभन्दा व्यस्त स्टारमध्ये एक हुन् । उनको कमाई फिल्ममा अभिनयबाट मात्रै होइन,निर्माण र टिभी सञ्चालनबाट पनि हुन्छ । त्यसका साथै उनी आइपिएल र अरु ब्रान्ड प्रबद्र्धनमा व्यस्त हुन्छन् । उनी विज्ञापनबाट पनि राम्रो कमाउँछन् । उनी अहिले करिब ४० वटा ब्रान्ड प्रबद्र्धदनमा लागिपरेका छन् । ६ महिना पहिले मात्रै उनले डिटिएचको तीन दिने सुटिङका लागि मात्रै उनले सात करोड रुपैयाँ लिएका थिए । त्यसका साथै अवार्ड कार्यक्रम चलाउने,विवाह पार्टी वा कार्यक्रममा नृत्य गरेर पनि उनको कमाइ हुन्छ । विवाहमा नृत्य गरेको उनी करोडौं रुपियाँ लिन्छन् । केही पहिले उनले दुवइमा एक विवाहमा नृत्य गरेको आठ करोड लिएका थिए । त्यस्तै मुम्बइमा भएको एक विवाहमा आधा घन्टा सहभागि हुँदा उनले पाँच करोड लिएका थिए । उनलाई हरेक वर्ष २ सय ५० भन्दा बढी बिबाहबाट निम्ता आउँछन्,तर केबल १० वटामा मात्रै सहभागि हुन भ्याउँछन् www.ratopati.com

आफूमा मात्र सिमित राख्नुपर्ने ६ कुरा

(एजेन्सी)– माया भनेको एकअर्काको सबै कुराहरु साटासाट गर्नु र एकअर्कालाई भरपूर माया गर्नु हो । तर, यसो भन्दैमा आफ्ना सबै कुराहरु भन्नै पर्ने हुन्छ भन्ने छैन । केहि कुराहरु तपाईंले आफूमा मात्र सिमित राख्नुपर्ने हुन्छ । आफ्नो सम्बन्धको इच्छा अनुसार तपाईंले केहि कुरा लुकाउँदा नै राम्रो हुन्छ
। १. आफ्नो पुरुषलाई असुरक्षित महसुस नगराउनुहोस्ः उनलाई प्रभाव पार्ने मनसायका साथ आफ्नो पूर्व प्रमीलाई आफूले धोका दिएको र आफ्नो सबैभन्दा मिल्ने साथीले दुइवटा सम्बन्धलाई मिलाएर कायम राखेको कुराहरु नभन्नुहोस् । याद राख्नुहोस्, यसलाई उनले राम्रो तरिकाले लिएको हुँदैनन् । यस्तो कुरामा उनले आफ्नो भविष्य पनि हेरेका हुन्छन् । २. आफ्नो सबैभन्दा मिल्ने साथीको निजि कुराहरु नभन्नुहोस्ः आफ्नो बेष्ट फ्रेन्डको फोन नम्बर, इमेल आइडि आफ्नो प्रेमीलाई नभन्नुहोस् । तपाईंको बेष्ट फ्रेन्डले आफ्नो निकै गोप्य कुराहरु भनेता पनि तपाईंले यस्ता कुराहरु कहिले पनि आफ्नो प्रेमिलाई नबताउनुहोस् । एक त उनलाई यस्तो कुराहरु सुन्न केहि इच्छा नभएको हुनसक्छ र अर्को कुरा उनी केहि इष्र्यालु भएर उनीप्रति सहानुभूति देखाउलान् र यहि कारण तपाईहरुको बिच झगडा उत्पन्न गराउने माध्यम पनि हुनसक्छ । ३.तपाईंको पासवर्डः विवाहित भइसकेपछि पनि एक अर्काको पासवर्ड सेयर नगर्नुहोस् । सम्बन्धमा केहि खुकुलोपन हुन निकै जरुरी छ । इमेलको पासवर्ड र एटिएम पिन नम्बर झुक्किएर पनि नभन्नुहोला । यसले सम्बन्धमा फाटो ल्याउने काम गर्दछ । ४. आफ्नो तलबको बारेमा छलफल नगर्नुहोस्ः विवाह भइसकेपछि परिवार मिलेर केहि ठूलो लगानी गर्दै हुनुहुन्छ भने मात्र आफ्नो तलबको व्याख्या गर्नुहोस् नभए आफ्नो तलबको बारेमा नभन्दा नै राम्रो । आफ्नो तलबमा कति वटा जिरो छ भनेर बताइरहन जरुरी छैन । यो कुरा तपाईंको प्रेमीमा पनि लागु हुन्छ । उनलाई पनि आफ्नो तलबको बारेमा सोधिरहन जरुरी छैन । ५. महिलाहरु आफ्नो महिनावारीको कुरा भन्न रुचाउँछन्ः आफ्नो शरिरको परिवर्तनको बारेमा बताउँदा आफ्नो प्रेमिसँग नजिक हुनुहुन्छ भनेर सोच्दै हुनुहुन्छ भने तपाईंले गलत सोचिरहनु भएको छ । कुनै पुरुषहरु यस्तो कुरा गर्न लजाउन सक्छन् र तपाईंले यस्तो कुरा गर्दा उनीहरुलाई असजिलो र अनौठो महसुस हुनसक्छ । त्यसकारण यस्तो कुराहरु आफैँसँग राख्दा राम्रो हुन्छ । ६.बितेको कुरालाई बित्न दिनुहोस्ः आफ्नो पूर्व प्रेमिसँगको सम्बन्ध तितो भएता पनि अहिलेको प्रेमी त्यस्तो नभएका कारण नै तपाईंहरु सँगै हुनुहुन्छ । भावमा बहेर आफ्नो पूर्व प्रमिसँगको सबै नराम्रा कुराहरु भन्न थाल्नुभयो भने तपाईंले पछि गएर पछुताउनुपर्ने हुन्छ । त्यसकारण बितेका कुरालाई बित्न दिएर पहिलाको गल्ती नदोहोराई आफ्नो प्रेमिसँग खुसीसाथ बस्नुहोस् । www.ratopati.com

Monday, November 3, 2014

फोटोसुटका क्रममा लगाएको भित्री बस्त्र फुस्किएपछि एक मोडल फोटो सहित

एक फोटोसुटका क्रममा लगाएको भित्री बस्त्र फुस्किएपछि भिक्टोरिया सेक्रेट मोडल मार्यना लिन्चुकलाई पर्नु आपत् पर्‍यो । धेरै मानिसको भिडमा उनले पहिरन फेर्न लागेकी थिइन् । तर पहिरन फेर्ने क्रममा उनले लगाएको भित्री बस्त्र फुस्कियो र उनको बक्षस्थल देखियो ।

छेउमै रहेकी एक युवतीले दुबै हातले उनको बक्षस्थल छोपिदिइन । २५ बर्षकी यि मोडलको यस्तो क्रियाकलाप देखेर समुन्द्र तटमा उपस्थित अन्य व्यक्तिहरु लाजले रातो भए । तर मोडललाई भने यसले खासै फरक पारेन । - OnlineKhabar भिडियो तल छ

हिन्दु धर्म अनुसार मृत्युका संकेतहरु

मृत्युको बिचार सबैका लागि निकै भयानक हुने गर्दछ । मानिसहरुको अन्तिम यथार्थ भनेको मृत्यु नै हो । जो जन्मन्छ उसको मृत्यु निश्चित छ । मृत्युको बारेमा सबैभन्दा तनावपूर्ण कुरा भनेको मृत्यु पछि के हुन्छ भन्ने विषय हो । यहि कारणहरुले गर्दा मानिसहरु मृत्युदेखि निकै डराउने गर्दछन् । तर यसो भन्दैमा मृत्युमाथि विजय पाउन सकिँदैन । मृत्यु कसैलाई पनि खबर नगरी आउँछ र जब तपाईंको मृत्यु हुन्छ, तपाईंलाई यसको बारेमा थाहा नै हुँदैन । तर हिन्दु धर्मग्रन्थहरुमा यस्ता थुप्रै संकेतहरुलाई सूचिबद्ध गरिएका छन् जसबाट मृत्युले ढोका ढक्ढकाइरहेको बारेमा थाहा हुन्छ ।
मृत्युको संकेतहरुको प्रथम उल्लेख शिव पुरााणमा पाइन्छ । शिव पुराणका अनुसार एकपटक देवी पार्वतीले भगवान शिवसँग कसैको मृत्यु हुँदै छ भन्ने कुरा कसरी थाहा पाउन सकिन्छ भनेर प्रश्न गरिन् । उनको प्रश्नको उत्तर दिँदै भगवान शिवले मृत्युका १० संकेतहरुको बारेमा बताएका छन् ।

१. मृत्युको संकेत नम्बर १
जब छालाको रङ पहेँलो अथाव सेतो हुन्छ जसमा हल्का रातो रङ देखिन्छ भने उक्त व्यक्तिको मृत्यु अघिल्लो ६ महिनामा हुनेछ ।
२. मृत्युको संकेत नम्बर २
जब व्यक्तिले आफ्नो प्रतिबिम्ब ऐना अथाव पानीमा देख्न छाड्छ उक्त व्यक्तिको मृत्यु ६ महिनाभित्र हुने बताइएको छ ।
३. मृत्युको संकेत नम्बर ३
जब कुनै व्यक्तिले सबै कुरा कालो देख्न थाल्छ यो संकेतलाई व्यक्तिको मृत्यु नजिक भइरहेको भन्ने बुझ्नुपर्छ ।
४. मृत्युको संकेत नम्बर ४
यदि व्यक्तिको बाँया हात एक हप्तासम्म लगातार फर्फराइरहेको छ भने यसको अर्थ उक्त व्यक्ति एक महिनाको पाहुना भन्ने बुझिन्छ ।
५. मृत्युको संकेत नम्बर ५
यदि कोही व्यक्तिको संवेदनशील अंग ढुङ्गाजस्ता कठोर हुने गरेको छ भने उक्त व्यक्ति ६ महिनाभित्र मर्दैछ भन्ने संकेत हो ।
६. मृत्युको संकेत नम्बर ६
जब कोही व्यक्तिले चन्द्र, सूर्य र आगोबाट निस्कने प्रकाश देख्न छाड्छ भने उसको मृत्यु निकट छ ।
७. मृत्युको संकेत नम्बर ७
यदि कुनै व्यक्तिको जिब्रो अचानक सुन्निन थाल्यो भने पनि त्यस्ता व्यक्तिहरु केहि दिनका लागि मात्र जीवित हुने बताइएको छ ।
८. मृत्युको संकेत नम्बर ८
यदि मानिसले आकाशमा ध्रुव तारा देख्न छाडेमा यसको अर्थ उक्त व्यक्तिको मृत्यु अघिल्लो ६ महिनामा हुने बताइएको छ ।
९. मृत्युको संकेत नम्बर ९
जब कुनै व्यक्तिले सूर्य, चन्द्र र आकाशलाई रातो देख्न थाल्छ भने उक्त व्यक्तिको मृत्यु चाँडै नै हुने बताइएको छ ।
१०. मृत्युको संकेत नम्बर १०
जब कसैले सपनामा उल्लु अथवा खाली वा नष्ट भएको गाउँ देख्छ भने उसको मृत्यु निकट छ भन्ने बुझ्नुपर्छ । (एजेन्सी) भिडियो हेर्न तल क्लिक गर्नुहोस :

जीवनमा खुसी रहनका लागि ६ अचुक शुत्र

हरेक मानिस खुसी हुन चाहन्छ । तर धेरैले जीवन जिउने तरिका नजानेर दुःखी हुन्छन् । मनदेखि प्रसन्न ब्यक्ति शारीरिकरुपमा पनि स्वस्थ हुने चिकित्सकहरु बताउँछन् । यहाँ जीवनमा खुसी रहन गर्नु पर्ने छ चीजको चर्चा गरिएको छ ।

१ हसाउँने कुराहरु हेर्नुस्
हाँसोले जीवनलाई सहज बनाउँछ । हाँसो रोक्दा घाटा हुन्छ । हाँसोलाई सके सम्म उजागर गर्नुस् । तपाइँलाई हसाउँने चुटकिला, चलचित्र वा कुनै टेलिभिजन शो नियमित हेर्ने गर्नुस् । एक पटक हेरिसकेको चलिचित्र वा शो फेरि हेर्दा पनि कुनै घाटा हुँदैन यदि त्यसले हसाउँछ भने ।

२ बाहिर निस्कनुस्
तपाइँ गाउँमा बस्नु हुन्छ कि ठूलो शहरमा त्यसले खास फरक पार्दैन । तपाइँ बाहिर निस्कनुस् दुनियाँ हेर्नुस् । आसपासमा भैरहेका परिवर्तनले मानिसलाई जीवन उर्जा दिन्छ । यदि नजिकै बगैचा वा पार्क छ भने त्यहाँ केहीबेर बस्नुस् । बाहिर निस्किँदा घाम छ भने त्यसले पनि फाइदा गर्छ । घामबाट पाहिने भिटामिन डीले निराशा र दिक्कपनबाट मुक्ति दिन्छ ।

३ नियमित ब्यायाम गर्नुस्
विहान उठेपछि वा साँझको समयमा यस्तो केही काम गर्नुस् जसले तपाइँको शरीरबाट पसिना छुटोस् । यसले दिमागलाई तेज बनाउँछ । प्रत्येक दिन ब्यायामको लागि समय निकाल्नुस् ।

४ शरीरमा मालिस गर्नुस्
समय समयमा शरीर मालिस गर्नु स्वास्थ्य र आराम दुवै दृष्टीले राम्रो हुन्छ । दिनमा एक पटक शरीरमा हल्का मालिस गर्दा पनि तपाइँलाई चुस्त र फुर्तिलो बनाउँछ ।

५ सुगन्धित तेलको प्रयोग गर्नुस्
स्प्रे वा सुगन्धित तेल लगाउने बानीले तपाइँलाई स्फुर्त बनाउँछ । यसले तपाइँको ब्यक्तित्व पनि आकर्षक बनाउँछ ।

६ सकारात्मक सोंच
सकारात्मक सोंच सुखी जीवनका लागि सबैभन्दा आवश्यक पर्ने कुरा हो । यदि तपाइँ खुसी रहन चाहनु हुन्छ भने हरेक परिस्थितिमा सकारात्मक सोंच राख्नु पर्छ । सकारात्मक सोंच राख्ने क्षमताले प्रतिकुल परिस्थितिमा पनि सुखी राख्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :