Tuesday, October 28, 2014

केकी र प्रियंकालाई छैन आफ्नै सिनेमाको मतलब

एकपछि अर्को सिनेमामा काम गरिरहेका दुई मोडल तथा कलाकार केकी अधिकारी र प्रियंका कार्कीका कारण एक सिनेमाका निर्माताले दु:ख पाएका छन् । सिनेमा प्रदर्शनको दिन नजिकै जाँदा २ कलाकार प्रमोशनबाट टाढा देखिएका छन् ।
मुख्य भूमिकामा रहेकी मोडल तथा कलाकार केकी अधिकारीले ‘श्री ५ अम्बरे’को प्रमोशनबाट आफूलाई टाढा राखेकी छिन् । अन्य सिनेमामा काम गरेपनि कलाकारले अभिनय गरेपछि प्रमोशनलाई महत्व दिनुपर्छ । तर, अवार्डका लागि हङकङ २ पटक पुगेकी केकीले आफ्नै सिनेमालाई महत्व नदिनु आश्चर्यको कुरा हो ।
‘नेफ्टा अवार्ड’मा उत्कृष्ट नायिकाको अवार्ड जीतेकी केकीले ‘इन्फा अवार्ड’मा सहभागी हुनका लागि भने राम्रै रकम लिएको बजारमा चर्चा चलेको छ । सिनेमा हिट हुँदा त्यसको क्रेडिट आफूले लिने तर असफल हुँदा परै बस्ने विशेषता नेपाली कलाकारको लागि नयाँ होइन ।
सिनेमाका कन्सेप्ट निर्देशक जीवनसाथी बस्नेत केकी र प्रियंकाको व्यवहारले आफूहरु निक्कै दु:खीत भएको बताउँछन् । उनले भने-‘यो सिनेमाले केकीलाई धेरै नै फाइदा दिन्छ । तर, उनले खै किन प्रमोशनमा मतलब गरिनन्, वुझ्न सकेको छैन ।’
लक्ष्मीपुजाको दिन पनि ‘श्री ५ अम्बरे’ टिमले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरेको देउँसी भैलो कार्यक्रममा केकीले बारम्बार आउँछु भनेर पनि नआएको निर्देशक दीपा बस्नेतले बताइन् । सिनेमाको सुटिङमा छु भन्ने केकीले केही छिनमै लक्ष्मीपुजा गर्दै गरेको तस्बिर फेसबुकमा पोष्ट गरेकी थिइन् । निरन्तर असफल सिनेमा दिएकी केकीका लागि सफल सिनेमाको खाँचो छ ।
तर, आशा गरिएका सिनेमालाई नै वेवास्ता गर्दा उनलाई नै घाटा लाग्ने ‘श्री ५ अम्बरे’को निर्माणपक्ष बताउँछ । कलाकारले नै साथ नदिदा महंगो बजेटको सिनेमाको प्रमोशनमा निर्देशक दीपा बस्नेत एक्लै कुदिरहेकी छिन् । दीपा र निर्माता दीपक आचार्य सिनेमा प्रमोशनका लागि काठमाण्डौ बाहिर छन् । तर, कलाकारहरु भने प्रमोशनलाई वेवास्ता गर्दै हिडेको देखिन्छ ।
नेपाली कलाकारको यस्तै व्यवहारका कारण धेरै निर्माताले दु:ख मात्र पाएका छैनन्, लगानी पनि डुबाएका छन् । तर, आफूलाई चलेको कलाकार बताउँदै हिड्ने केही कलाकारको बानीले सिनेमा बनाउने बारम्बार मर्कामा परेको घटना नेपाली सिनेमा बजारका लागि नयाँ होइन । केकीले आफैले अभिनय गरेको ‘ठूलो मान्छे’को प्रमोशनमा केही सयय अघि साथ नदिदा  यसको निर्माणपक्षले चिन्ता व्यक्त गरेको थियो ।
सिनेमा हिट नभई, कलाकार मात्र हिट हुन्छन् भन्ने सोच्नु पनि गलत हो ।
‘श्री ५ अम्बरे’का कन्सेप्ट निर्देशक जीवनसाथी बस्नेतले अनलाइनखबरसँग भने-‘नयाँ र पुराना कलाकार लिदाको फाइदा-वेफाइदा बल्ल वुझेको छु । ‘अन्तराल’मा नयाँ कलाकार लिदा उनीहरु प्रमोशनमा पूर्ण रुपमा निस्किएका थिए । तर, ‘श्री ५ अम्बरे’मा पुराना कलाकार लिदा दु:ख पाइयो ।
मिडियाबाट टाढा रहन खोज्ने सिनेमाका मुख्य कलाकार सौगात मल्ल पनि प्रचारमा देखिएका छैनन् । मिडियाबाट टाढा रहने र सिनेमा मात्र खेल्ने बानीका कारण सौगात असफल हुँदै गएका छन् । ‘श्री ५ अम्बरे’ मंसिर ५ गते प्रदर्शनमा आउँदैछ ।
www.onlinekhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस