Monday, October 20, 2014

तिहारमा झिलिमिलि बत्ती बाल्न नपाइने

काठमाडौं, असोज ३– झिलिमिलि बत्तिको पर्व भनिने हिन्दुहरुको दोस्रो महान चाड तिहारमा सर्वसाधारणलाई झिलिमिलि बत्ती नबाल्न उर्दी जारी गरिएको छ ।  ।


नेपाल विद्युत प्राधिकरणले तिहारमा बालिने यी बत्तिहरुले विद्युत खपत बढी हुने भन्दै घर, पसल, सपिङ मल र सडकहरुमा झिलिमिलि बत्ती नबाल्न आग्रह गरेको हो ।

यसका साथसाथै, प्राधिकरणले कात्तिक ५ देखि १० गतेसम्म बेलुकीको समयमा फ्रिज, आइरन, राइस कुकरजस्ता विद्युतीय सामग्रीको पनि उपयोग नगर्न आग्रह गरेको छ । यसो गरेमा जुनसुकै बेला बिजुलीको लाइन काटिनेसमेत चेतावनी दिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस