पछिल्लो अंकमा म्यागजिनले कालो स्विमसुट लगाएकी पेनेलोपको आकर्षक कभर फोटोसहित सूची सार्वजनिक गरेको हो । ४० वर्षीया पेनेलोपका दुई सन्तान छन् । चार वर्षअघि उनले जेभियर बारडेमसँग विवाह गरेकी हुन् ।
‘स्क्वायर’ ले पहिले पनि उनलाई ‘ड्रामा क्विन’ को उपाधि दिएको थियो । टिनएजदेखि नै ड्रामामा संघर्ष गरेकी पेनेलोपले त्यहाँबाट थुप्रै अभिनय कौशल सिकेको बताइन् । अहिले पनि नाटकप्रतिको मोह रत्तीभर नघटेको बताउने यी सुन्दरीले ‘विक्की क्रिस्टिना बार्सिलोना’ मा काम गर्दा अहिलेका पति पनि को-स्टार थिए
। सन् २००७ मै ‘म्याक्सिम’ म्यागजिनको ‘हट १००’ सूचीको ५८ औं स्थानमा अटाएकी पेनेलोपलाई सोही वर्ष ‘इम्पायर’ म्यागजिनले पनि एक सय सेक्सिएस्ट मुभी स्टारमा समेटेको थियो । ‘स्क्वायर’ले लेखेको छ, ‘दुई दशकभन्दा बढी सार्वजनिक जीवन बिताइसक्दा पनि पेनेलोपले आफ्नो सुन्दरतालाई बचाइराख्नु एउटा चमत्कार नै हो ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

