Tuesday, October 21, 2014

मान्छेलाई बुढो हुन नदिने औषधी आयो

बैज्ञानिकहरुले हाल पेन किलरकोरुपमा दुखाइ कम गर्न प्रयोग भैरहेका औषधी छिट्टै बुढो देखिने ब्यक्तिलाई तन्नेरी देखाउनका लागि प्रयोग गर्न सकिने बताएका छन् ।
मुसामा गरिएको प्रयोगले ब्रुफेन जस्तो दुखाइ कम गर्ने औषधीले मानिसलाई बुढो हुन नदिने पुष्टी गरेको हो । मुसामा सफल परीक्षण पछि अव यो प्रयोग मानिसमा गरिने छ ।
बेलायतको न्यू क्यासल विश्वविद्यालयका प्राध्यापक टमस भोन ग्लीनिकीले बैसैमा बुढा देखिने ब्यक्तिका लागि यो औषधी सहायक हुने बताए ।

क्रोनिक इन्फ्लामेसनका कारण मानिसहरु उमेर भन्दा छिटो बुढो देखिन थालेको र त्यसको निवारणका लागि यो परीक्षण गरिएको उनको भनाइ छ ।

यो परीक्षणको सफलताले मानिसहरुलाई बुढो हुन रोक्न सकिनेमा आफूहरु विश्वस्त रहेको शोधकर्ताहरुले बताएका छन् ।
यद्यपी ब्रुफेन कुनै जवानीको झरना चाँहि नभएको उनीहरुले स्पष्ट पारेका छन् ।
nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस