Sunday, October 19, 2014

मेरो लागि सेक्स मासुभात जस्तै होः मोडल केसी.

नेपाली चलचित्र क्षेत्रमा नयाँ-नयाँ नायिका बन्ने क्रम तीब्र भएको छ ।  यस्तै नायिका बन्ने तीब्र इच्छा भएकी मोडल सोनु केसीसंग नेपालपाटी डटकमले गरेको कुराकानीः-


नेपाली कलाकारिता क्षेत्रलाई कसरी बुझ्नुभएको छ ?

राम्रो हिसावले अगाडि बढ्ने हो भने समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ ।  यस क्षेत्रमा अझ धेरै काम गर्न बाँकी छ जस्तो लाग्छ । कतिपय सही बाटोमा हिडिरहेका छन भने कतिपय गलत बाटोमा पनि छन् । गलत त्यग्दै सही बाटो पहिल्याउँदै अघि बढ्नुपर्छ ।

समग्रमा नेपाली कलाकारिता क्षेत्र उकालो÷ओरालो कतितिर गइरहेको छ ?
ओरालो ।

किन ?

फिल्महरु पनि पहिलेको जस्तो बन्दैन । दर्शकलाई मार्गदर्शक गर्ने खालको भन्दापनि जे मन लाग्यो त्यही बनाउने क्रम चलेको छ । दर्शकको चाहना के छ त्यसको अध्ययनविनै फिल्महरु बन्ने गरेका कारण ओरालो लाग्ने क्रममा छ । निर्माता÷निर्देशकहरु पनि थोरै ज्ञान लिएर यस क्षेत्रमा आउनुहुन्छ । नायिका÷मोडल भन्ने वितिकै मानिसको सोच नै नकारात्मक हुने भएकाले पनि यस क्षेत्र खस्किएको जस्तो लाग्छ ।

तपाई यो क्षेत्रमा के सोचेर आउनुभयो ?

सफल नायिका हुन्छु र समाज विकासमा योगदान पुर्याउछु भनेर यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।

तपाईको इच्छा कहिलेसम्ममा पुरा होला ?

१÷२ वर्षभित्र म सफल नायिका बन्छु भन्ने लागेको छ ।

त्यसका लागि के–के तयारी गरिरहनुभएको छ ?

म्युजिक भिडियोहरुमा राम्रो गरिरहेको छु । एक्टिङ राम्रो बनाउन लागिरहेको छु । सफल नायिका बन्न आवश्यक पर्ने सम्पूर्ण काम गरिरहेको छु ।

के देखेर तपाई कलाकारितामा आकर्षित हुनुभयो ?


नायिका बन्ने रहर सानैदेखि थियो । बीचमा रेखा थापाको अभिनय देखेर थप आकर्षित गर्यो । रेखाको फिल्म एउटा पनि छुटाएको छैन । हलमा छुटेको पनि घरमा ल्याएर हेर्छु ।

रेखाको के चाँही मनपर्ने ?

एक्टिङ, अनुहार आदि सवै मन पर्छ ।

नेपाली हिरोमा ?

आर्यन सिग्देल ।

आर्यनको के मन पर्ने ?

चकलेटी फेस, एक्टिङ राम्रो छ ।

तपाई हिन्दी, नेपाली वा इङलिस कुन फिल्म बढी हेर्नुहुन्छ ?

हिन्दी पनि हेर्छु तर बढी नेपाली फिल्मनै हेर्छु ।

कतिको गाह्रो छ यस क्षेत्रमा ?

निर्देशकको भनाई खानुपर्छ । फिल्म खेल्नेलाई मानिसहरुले राम्रो पनि भन्दैन ।

जस्तै ?

निर्देशकहरुसंग जान्छ आदि, इत्यादी भन्छन । तर सवै त्यस्तो हुदैनन् । यस पाटोलाई पनि बुझ्नुपर्छ ।

संगै फिल्ममा हेल्दा त संगै हिड्नै पर्यो नि हैन ?

पर्छ । तर मानिसहरुले सकारात्मक सोचले भन्दैनन । कोही कोही गलत होलान । तर त्यसको असर सवैमा पर्छ ।

तपाई चाँही कस्तो मोडल ?



मेरो साथीको एउटा कम्पनी छ । उहाँले नै मलाई सुरुमा काम दिनुभयो । मेरो धेरै निर्देशकहरुसंग लिंक पनि छैन । मेरो साथीकै लिंकबाट काम गर्छु । कामको अफर आयो भने उहाँले नै मलाई भन्दिनुहुन्छ ।

कसले भन्छ विषेश ?

दिपेश थापा ।


एउटा म्युजिक भिडियो सुटिङ गर्न कति दिन लाग्छ ?

एक दिनमा सकिन्छ । नाइट भयो भने राति १२÷१ बज्छ । हैन भने ४÷५ बजे सकिन्छ ।

राति नहिड भनेर घरपरिवारले भनेनन ?

मेरो ममीले बुझ्नुहुन्छ । ममीलाई पनि यो फिल्ड मन पर्छ । मेरो छोरीलाई हिरोइन बनाउँछु भन्नुहुन्थ्यो रे । प्रायः सुटिङमा मेरो बहिनीलाई लिएर जान्छु ।

तपाई आफैँले आफैँलाई मुल्याङकन गर्दा तपाई अहिले कहाँ पुग्नुभयो ?

पहिलेको भन्दा त धेरै माथि पुगेको छु । पहिले मलाई कसैले पनि चिन्दैनथ्यो, अहिले धेरैले चिन्ने भएको छु ।

निर्माता÷निर्देशकले तपाईलाई किन अफर गर्ने ?

मेरो अनुहार, एक्टिङ राम्रो छ । राम्रो अभिनय गर्न सक्छु ।

यो क्षेत्रमा कमाई कस्तो हुँदो रहेछ ?

अलिअलि । यही क्षेत्रमा मात्र काम गरेर खान त पुग्दैन । अरु काम पनि गर्नुपर्छ तर अहिलेसम्म मैले अरु काम गरेको छैन ।

फिल्ममा कथाले मागेजति भन्ने उक्ति चर्चित छ नि ?

कथाले ठिक्क मागे दिन सक्छु । धेरै माग्यो भने त सक्दिन ।

कतिजति दिन सक्नुहुन्छ ?

त्यो त मागेपछि नै थाहा हुन्छ । अहिले मागिहालेको छैन । बेडसिन, किसिङ दिन सक्छु । अतिनै भयो भने त दिन सकिदैन ।

तपाईको बुझाईमा सेक्स के हो ?

प्राकृतिक कुरा हो । भगवानले दिएको मन मिले हुन्छ ।

मन मिलेको छ कि छैन ?

एक जनासंग मन मिलेको छ ।

भनेपछि अनुभव लिनुभएको छ ?

छ । यो भनेको मासु र भात खाए जस्तै मिठो हुन्छ ।  मन नमिलेको भए पो अर्कै फिल हुन्थ्यो । उसको र मेरो मन मिलेर सम्बन्ध राखेपछि राम्रै हुन्छ ।

को हो त्यस्तो मान्छे ?

यही क्षेत्रको मान्छे हो । नाम उल्लेख गर्न मिल्दैन ।

उसंग नियमित भेट भइरहन्छ ?
हुन्छ । १०÷१२ दिनको अन्तरमा भइरहन्छ । तर कहिलेकाही भने एक÷दुई महिनामा पनि भेट हुँदैन ।

प्रस्ताव कसले अगाडि सार्नुभएको थियो ?

उहाँले नै प्रस्ताव राख्नुभएको थियो । उहाँले बोलाउनुहुन्थ्यो, म पनि नाई भन्न सक्दिनथी, जान्थे । यही क्रममा त्यस्तो हुन पुग्यो ।

पहिलो भेट कहाँ र कसरी भएको थियो ?

पुतलीसडकमा । उहाँको गीत म धेरै सुन्थे । भेट्न बोलाउनुभयो म गए । ८÷९ चोटी त्यसरी भेटेपछि उहाँले नियमित कल गर्नुहुन्थ्यो । म्यासेज गर्नुहुन्थ्यो, यस्तो गर्दागर्दै लभ पर्यो । मन मिलेपछि दुई जनाबीच सेक्स भनेको त सामान्य कुरा भयो । उहाँलाई भेट्न म र मेरो बहिनी गएका थियौँ । उहाँको भाईको रुममा लानुभयो । मलाई सेक्स के हो भन्ने पनि थाहा थिएन । त्यतिबेला हाम्रो सम्बन्ध भयो ।

बिहे को संग गर्ने ?
उहाँसंग नै गर्ने हो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस