Wednesday, October 15, 2014

यस्तो भयो भने बुझ्नुस पैसा हात पर्दैछ

शास्त्रमा शुभ र अशुभ संकेतहरुको चर्चा गरिएको छ । विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँलाई राम्रो गर्छन् कि नराम्रो भन्ने थाहा दिन्छन् ।


धन प्राप्तीका लागि कस्ता संकेत शुभ ? १ यदि तपाइँको दायाँ हातको हत्केला चिलायो भने बुझ्नुस् तपाइँलाई धन हात पर्दैछ । बैंक जाने समयमा बाटोमा गाइ देख्नु भो भने तपाइँको काम पुरा हुन्छ । २ विहीबारको दिन कुमारी कन्या पहेंलो बस्त्रमा देख्नु भो भने तपाइँलाई धन लाभ हुन सक्छ । ३ यदि कतै जाँदा सुन्दर स्त्री बाटोमा देख्नु भो भने पनि धनलाभ हुने सम्भावना हुन्छ । यदी पैसा हातबाट खस्यो भने तपाइँलाई धनलाभ हुन सक्छ । ४ सपनामा कुनै निर्दोष ब्यक्तिले मुद्धाबाट सफाइ पाएको देख्नु भो भने धन प्राप्त हुन सक्छ । सपनामा तपाइँको छातीमा कसैले चलाएको वा कन्याएको देख्नु भो भने पनि धन हात लाग्ने संकेत हो । ५ यदि सपनामा मोती, मुङ्गा, हार जस्ता गहना देख्नु भो भने घरमा लक्ष्मीको बास हुन्छ । ६ पैसाको कारोवार गर्न जान लाग्दा कपडा लगाउने समयमा खल्तीबाट पैसा खस्यो भने पनि राम्रो संकेत हो । ७ विहान उठ्ने वित्तिकै ढोकामा भिखारी माग्न आएको छ भने तपाइँको माग्नु पर्ने पैसा नमागी उठ्छ । ८ सपनामा कट्टु लगाएर कपडामा टाँक लगाएको देख्नु भो भने धन मात्र होइन सम्मान समेत मिल्न सक्छ । ९ कतै जाँदा लोखर्केले बाटो काट्यो भने पैसा हात पर्न सक्छ । १० सपनामा फूल नास गरेको देख्नु भो भने यसले पनि धन प्राप्तिको संकेत गर्छ । ११ सपनामा मुत्र, वीर्य, वा दिशा सेवन गरेको देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ । १२ सपनामा उँट देख्नु भो भने यसबाट पनि धन प्राप्त हुने संकेत मिल्छ । nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस