पारसले यसपटक थाई कानुन अनुसार धरौटीमा छुट्न कठिन हुने मुद्दा झेलिरहेका थिए । बैंककस्थित नेपाली दूतावासले पनि यसपटक पारस सजिलै छुट्न नसक्ने जानकारी गराएको थियो । तर,यसबीचमा नेपालको पूर्वराजपरिवारले थाईल्यान्डको राजपरिवारसँग सम्पर्क गरेर मुद्दालाई केही सहज बनाएर धरौटीमा छुट्ने वाताबरण बनाएको निर्मल निवास स्रोतले जनाएको छ । नेपालको राजपरिवार र थाइल्यान्डको राजपरिवारबीच पुरानो सम्बन्ध हो । त्यही सम्बन्धका आधारमा पारसका लागि अन्तिम एकपटक भनेर राजदरबारले पहल गरेको बताइएको छ । थाइ राजपरिवारको पहलमा त्यहाँको प्रहरीले पारसप्रति केही नरमपना अपनाएपछि सात लाख थाइ भाट अर्थात् २१ लाख रुपैयाँ धरौटी बुझाएर छुटाइए पनि मुद्दा टुंगिएको छैन । सो रकम राजपरिवारले हुण्डीमार्फत बैंकक पठाएको बताइएको छ । यसबीचमा पूर्वराजारानी र हिमानीले पारसलाई वेवास्ता गरेको र निर्मल निवासकै कारण पारस विग्रिएको जस्ता प्रचार सुनियोजित रुपमा भएपछि ज्ञानेन्द्र शाह पनि चिन्तित भएका छन् । उनले यसबीचमा हिमानीलाई सम्झाईबुझाइ गरेर पारसलाई भेट्न बैंकक जान सहमत गराएका छन् ।
/www.ratopati.com

