Tuesday, October 28, 2014

तीन दलका नेताले भने, 'संविधान माघ ८ भित्रै'

काठमाडौं : दलहरूबीच संविधानका अन्तरवस्तुमा सहमति हुन नसक्दा आगामी माघ ८ मा नयाँ संविधान जारी हुँदैन कि भन्ने आशंका र चासो व्यक्त भइरहेका बेला प्रमुख तीन पार्टी शीर्ष नेताले तोकिएकै समयमा संविधान जारी गर्ने प्रतिबद्धता दोहो:याएका छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, सत्ता साझेदार एमाले नेता माधवकुमार नेपाल र एमाओवादी अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले सोमबार एउटै मञ्चबाट त्यस्तो प्रतिबद्धता दोहो:याएका हुन्।

नेपाल संवत्, छठ, इद, बलिहाङ तङनाम, लोसारजस्ता राष्ट्रिय पर्वका अवसरमा एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले भृकुटीमण्डपमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री कोइरालाले जनचाहना पूरा गर्न निर्धारित समयमै संविधान जारी हुने विश्वास दिलाए।

दाहाल र नेपालको बीचमा रहेका कोइरालाले भने, 'सहमति, सहकार्य र एकताले शान्तिप्रक्रिया टुंग्याएको थियो। अहिले पनि हामी एक भएर अगाडि जानुपर्छ। वार्ताको विक ल्प हतियार होइन। सबैको चेहरामा मुस्कान र आशा छ, तपाईंहरूको आशा र नेतृत्वप्रतिको भरोसालाई ध्यान दिँदै हामी विश्वास दिलाउन चाहन्छौं समयमै संविधान आउँछ।'

एमाले नेता नेपालले मुलुक संघीयता, गणतन्त्र, लोकतान्त्रिक मूल्यमान्यता र समावेशीबाट पछाडि फर्कन नसक्ने बताए। पहिचान र सामथ्र्यको सन्तुलनले एकता र सद्भाव बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले लोकतान्त्रिक मूल्यमान्यता बोकेको संविधान माघ ८ गतेभित्रै जारी गर्ने प्रतिबद्धता दोहो:याए। 'त्यसका लागि तत्परता र अठोट आवश्यक छ। जनचाहनाअनुसारको संविधान जारी गराएर जनताको सपना साकार पार्नेछौं', नेपालले भने।

एमाओवादी अध्यक्ष दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्तिसम्झौता, अन्तरिम संविधान, विभिन्न समुदायसँग भएका सम्झौताको मर्म र भावनाअनुसार माघ ८ गतेभित्रै संविधान जारी गर्ने प्रतिबद्धता जाहेर गरे। 'विमति र विवाद रहँदारहँदै पनि विश्वास, सद्भाव र शुभकामना आदानप्रदान गर्ने नेपाली राजनीतिको मौलिक संस्कृति बनेको छ', उनले भने, 'हामी विवाद र आलोचनाको बीचमा पनि छलफल गर्छौं। यसबाट विश्वका नेताहरू पनि आश्चर्यमा पर्छन्।'

उनले सहमति र सम्झौता बिर्सिए त्यो दुर्भाग्यपूर्ण हुन सक्ने पनि बताए। दाहालले भने, 'पहिचान र सामथ्र्यमा आधारित संविधान दिन सकेनौं भने इतिहास, दुनियाँ र नेपाली जनताले धिक्कार्नेछन्।' उनले मोर्चाका तर्फबाट माघ ८ गतेभित्रै संविधान जारी गराउन लचकता प्रदर्शन गर्ने विश्वास पनि दिलाए।

एमाओवादीले पार्टी उपाध्यक्ष पोस्टबहादुर बोगटीको निधन भएका कारण छुट्टै चियापान आयोजना नगरे पनि २२ दलीय मोर्चासँग मिलेर कार्यक्रम गरेको हो। चियापानमा कूटनीतिक नियोग, सुरक्षा निकाय, कर्मचारी प्रशासन, विभिन्न दलका नेतालगायत उपस्थित थिए।

ओली अनुपस्थित, दाहाल दु:खी

२२ दलीय मोर्चाको चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी ओली भने सहभागी भएनन्। ओलीले नि ता प्राप्त हुँदा नै चियापानमा आफू आउन नसक्ने जानकारी गराएको उनका स्वकीय सचिव रमेश आचार्यले बताए। 'म कुनै दलविशेषले बोलाए आउँछु तर चियापानमै मोर्चाबन्दी गरेका कारण आउँदिनँ', ओलीलाई उद्धृत गर्दै आचार्यले अन्नपूर्णसँग भने।

ओलीको अनुपस्थितिबारे एमाओवादी अध्यक्ष दाहालले भने, 'कांग्रेसको चियापानमा हामी गयौं। एमालेको चियापानमा पनि हामी गयौं। हाम्रो चियापानमा पनि ओलीजी आइदिनुभएको भए राम्रो हुन्थ्यो।' उनले आफूहरूले ओलीलाई अनुरोध गर्दा पनि नआएकोमा दु:ख लागेको बताए।

शीर्ष बैठकमा एमाले अनुपस्थित

संविधानका अन्तरवस्तुमा सहमति गर्न सोमबार बिहानका लागि डाकिएको प्रमुख तीन दलका शीर्ष नेताको बैठक एमालेका नेता नआएका कारण स्थगित भएको छ। एमालेले उत्तर-दक्षिणका चार प्रदेशको प्रस्ताव गरेकै भोलिपल्ट डाकिएको बैठकमा उक्त दलका नेताहरू अनुपस्थित भएका हुन्। एमाले र एमाओवादीबीच आइतबार भएको द्विपक्षीय वार्तामा एमाओवादीले जातीय राज्यको मुद्दा नछोडेपछि एमाले अध्यक्ष केपी ओलीले प्रक्रियामा जाँदा एमाले उत्तर-दक्षिणका चार प्रदेशमा अडिने धारणा राखेका थिए।

यो प्रस्तावप्रति असन्तुष्ट एमाओवादीले उसलाई लचिलो बनाउन प्रधानमन्त्री सुशील कोइरालासँग आग्रह गरेको थियो। सोही विषयमा छलफल गर्न सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कक्षमा डाकिएको बैठकमा बिहान ९ बजेदेखि ११ बजेसम्मकांग्रेस र एमाओवादीका नेताले प्रतीक्षा गरे पनि एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल कोही पनि गएनन्। त्यसपछि बैठक स्थगित गरिएको थियो।

एमाले नेतृत्व शीर्ष बैठकमा एकाएक अनुपस्थित हुनुको कारणबारे जिज्ञासा राख्दा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले 'बिरामी भएर आउन नसकेको' जबाफ दिए। एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेल भने बैठकमा अन्तिममा सहभागी हुन गएका थिए। खरेलले भने, 'पार्टी अध्यक्ष आफ्नो नियमित स्वास्थ्य परीक्षणमा जानुपरेको र वरिष्ठ नेता नेपाललाई बैठकबारे दिएको सूचना गलत भएकाले सहभागी हुन नसक्नु भएको हो।'

दुई घन्टा प्रतीक्षापछि पनि एमाले अध्यक्ष ओली सहभागी नभएपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले उनलाई फोन गरेका थिए। बैठकमा आउन दाहालले आग्रह गर्दा ओलीले आफू आउन नसक्ने भएकाले प्रतिनिधित्व प्रमुख सचेतक खरेलले गर्ने जानकारी दिएका थिए।

संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले अझै केही दिन दलहरूबीच अनौपचारिक छलफल आवश्यक रहेको बताए। उनले पत्रकारसँग भने, 'अहिले वातावरण केही खुकुलिए पनि अन्तरकुन्तरका गाँठा खुल्न सकेका छैनन्।

औपचारिक बैठकमा आफ्ना धारणा त राखिन्छन् तर पार्टीभित्रका अदृश्य र नभिनएका कुरा पनि थुप्रै हुन्छन्, पार्टीका नेताहरूको पनि छुट्टाछुट्टै धारणा बुझेर सम्बोधन नगरेसम्म गाँठो खुल्दैन।'

बैठकमा एमाले शीर्ष नेता सहभागी नभएपछि कांग्रेस र एमाओवादीबीच अनौपचारिक वार्ता भएको भट्टराईले बताए। उनले आगामी १५ गतेभित्र पनि सहमति नभएमा त्यसपछि केकस्तो प्रक्रियाले निकास दिने भन्ने निर्णय संविधानसभाले गर्ने बताए।
annapurnapost.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस