Tuesday, October 28, 2014

ह्याप्पी न्यु इयरको नयाँ रेकर्ड, बन्ला सर्वाधिक कमाउने फिल्म ?

मुम्बई । शाहरुख खान र दिपिका पादुकोण अभिनित फिल्म ‘ह्याप्पी न्यु इयर’ले यस वर्षको रेकर्ड तोडेको छ । थोरै दिनमा धेरै कमाइ गर्ने फिल्मको सूचीमा दर्ता भएको ह्याप्पी न्यु इयरले प्रदर्शनको तीन दिनमा १ सय नौ
करोड कमाइ गरेको छ । फिल्म प्रदर्शन अघि यस फिल्मले तीन दिनमा एकसय करोड कमाइ गर्ने अनुमान गरिएको थियो । टे्रड विश्लेषक तरण आदर्शले फिल्मको कमाइको पुष्टि गर्दै यो वर्ष ह्याप्पी न्यु इयरले सर्वाधिक कमाइ गर्ने अनुमान गरेका छन् । शाहरुख खान, दिपिका पादुकोण, अभिषेक बच्चन, सोनु सुद, बोमन इरानी, विवान शाह अभिनित यस फिल्मले पहिलो दिन ४४ करोड बढीको ब्यापार गरेको थियो । भारत र भारत बाहेकका मुलुकका फिल्मको ब्यापार निकै राम्रो भएकाले पनि ह्याप्पी न्यु इयरले यो वर्षका धेरै रेकर्ड तोड्ने अनुमान गरिएको छ ।www.onlinekhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस