गुरुङ र गिरीसहितको ९ जनाको टोली तिहारका लागि मृग मार्न भन्दै वनमा गएका बेला बिहीबार राति सो घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । वनको बीचमा मृग ढुकेर बन्दुकसहित बसेका गुरुङले नजिकै रहेका साथी हिँडेपछि मृग ठानेर गोली हानेको प्राराम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
प्रहरीसँगको वयानमा भीमबहादुरले आफुले गोली नचलाएको बताएका छन् । ‘भीमबहादुर विरुद्ध मृतकका छोराले जाहेरी दिएका छन् । अनुसन्धान भईरहेको छ’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक डम्बर बहादुर चन्दले भने, ‘अनुसन्धानपछि घटनाको बास्तविकता बाहिरा आउने छ ।’
सिकारीहरुको समूहले शुक्रबारमात्रै साथीको रुखबाट खसेर ज्यान गएको खबर गरेपछि प्रहरी घटनास्थलमै पुगेको थियो । प्रहरीका अनुसार गिरीको दायाँ कोखामा गोली लागेर बाहिरिएको छ ।
‘गिरिको दायाँ कोखामा भरुवा बन्दुकको शिसाको गोली लागेर बाहिर निस्केको छ’, चन्दले भने, ‘ उनीहरु सँगै सिकार खेल्न गएको गाउँलेको भनाइ छ । पक्राउ परेकाले गोली चलाउने व्यक्तिबारे नबताएपनि उनीहरु सँगै सिकार खेल्न गएको स्वीकार गरेका छन ।’ प्रहरी निरीक्षक चन्दले भने ।
डडेल्धुरा प्रहरीले सिकार खेल्न गएका बगरकोट गाविस–५ का २४ वर्षीय भीमबहादुर गुरुङ, सोही ठाउँका ४९ वर्षीय मिनबहादुर पुन, रुपाल गाविस–१ का ४६ वर्षीय चक्र नाथ, सोही ठाउँका ४० वर्षीय धनी नाथ, बगरकोट–५ का २९ वर्षीय करन घर्तीमगर, सोही ठाउँका १९ वर्षीय प्रेम घतिर्मगर, ६३ वर्षीय कृष्ण थापा र भागेश्वर–४ का १९ वर्षीय भाष्कर भट्ट गरी जनालाई ५ थान भरुवा बन्दुक सहित शुक्रबार पक्राउ समेत गरेको छ ।
मृतकको शव पोष्टमार्टमका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा राखिएको छ । पक्राउ ८ जनाबाट बरामद भएका ५ थान भरुवा बन्दुक इजाजत नलिई प्रयोग गरेको प्रहरीले जनाएको छ ।
- See more at: annapurnapost.com