Thursday, October 16, 2014

१३ वर्षकी बालिकालाई १० वर्षसम्म राखियो घरेलु कामदारको रुपमा

जब उनी तीन वर्षकी थिइन् तब उनको कुद्ने, खेल्ने उमेर थियो तर उनको सबै खुसी चार पर्खालको बिचमा कैद गरिएको थियो । जुन उमेरमा उनको हातमा खेलौना हुनुपर्ने थियो, त्यहि उमेरमा उनको हातमा कुचो र जुठा भाँडा थमाइयो । हो, यस्तो घटना भएको छ भारतको मध्य प्रदेशमा पर्ने इन्दौरमा । एक बालिकालाई करिब १०
वर्षसम्म बन्धक बनाएर बाल मजदुरको रुपमा राखिएको तथ्य सार्वनिक भएको छ ।   गत सेप्टेम्बर २९ तारिखका दिन ती १३ वर्षीया बालिका मौका मिल्ने बित्तिकै घरबाट भाग्न सफल भइन् । कसैले उनलाई देखेर चाइल्डलाइन नामको संस्थासम्म पुर्याए । उक्त बालिकाले संस्थाका प्रतिनिधिहरुलाई दिएको बयान अनुसार उनी विगत १० वर्षदेखि चन्दा राय र रेणु रायको घरमा बाल मजदुरको रुपमा काम गर्दै आएकी थिइन् । उनका अनुसार घरको सबै काम गर्दा गर्दै पनि ती महिलाहरुले उनलाई कुटपिट गर्ने गरेको बताएकी छिन् । ती बालिकालाई घरेलु कामदारको रुपमा राखिएता पनि न त उनले पढ्ने मौका पाइन् न त उनलाई काम गरेबापत केहि रकम नै उपलब्ध गराइयो ।   संस्थामार्फत यो घटना बाल कल्याण समितिसम्म पुग्यो । समितिले पिडित बालिकाको बयान पनि दर्ता गरिसकेको छ । अब बाल कल्याण समितिले उक्त बालिकाको भरण–पोषणका लागि बाल आश्रम पठाउन आदेश दिएको छ । (एजेन्सी) www.ratopati.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस