Thursday, October 16, 2014

दिमाग तेज बनाउनु खानुपर्ने कुराहरु

एजेन्सी । धेरैलाई यो थाहा छ की रेड वाइन, ब्युबेरी तथा डार्क चक्लेट खाँदा स्मरण शक्तिमा केही फाइदा पुग्छ ।यती नै फाईदा बियर खाँदा पनि हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । थोरै मानिसमा गरिएको एक प्रयोगपछि वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
बियरमा पाइने जैथोहुमल नामक तत्वले मानिसको सृजनशील शक्तिको विकास गर्ने बताइएको छ । तर, बियरको यो फाइदा अर्धबैसे र बृद्धहरुमा लागु हुँदैन ।
अनुसन्धानकर्ताले भनेका छन् की रेड वाइन, वा ब्ल्याकबेरी चक्लेटमा पाइने तत्व र बियरमा पाइने तत्वको गहिराइमा पुगेर अध्ययन अनुसन्धान गर्नुपर्ने भएको छ ।
वैज्ञानिकहरुले थोरै थोरै बियरको प्रयोगले दिमागलाई तेज बनाउने भएपनि बियर पिउन सल्लाह भने कसैलाई पनि नदिने बताएका छन् । अंग्रेजी जर्नल विहेवियर ब्रेन रिसर्च नामक पत्रिकाका लागि वैज्ञानकिहरुले उक्त अध्ययन गरेका थिए ।
www.nepalsandesh.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस