Friday, October 17, 2014

दिनको एउटा स्याउ खानुहोस्,यौन सन्तुष्टि पाउनुहोस

दिनको एउटा स्याउ खानुहोस्, डाक्टर टाढा राख्नुहोस्’ यो भनाई हामीले धेरै सुन्दै आएका हौं । तर अहिले आएर स्याउले मानिसलाई स्वास्थ मात्र होइन यसले महिलामा यौन सन्तुष्टि बढाउन पनि मद्दत गर्दछ । हालै
एक अध्ययनले महिलाले दिनहुँ स्याउ खाँदा उनीहरुको यौन क्षमतालाई स्वस्थ बनाउने र यौन सन्तुष्टि पाउन मद्दत गर्ने देखाएको छ ।apple_380_01_f स्याउमा पाइने पोलीफेनल र एन्टीअक्सिडेन्टले यौन अंगमा रगतको बहावलाई बढाउने र त्यसले महिलामा यौन क्षमता बढाउने र उत्तेजित हुन सहयोग गर्ने देखाएको छ । यस परिक्षणका लागि अध्ययनकर्ताहरुले इटाली ७३१ महिलाहरुलाई सहभागी गराएका थिए । उनीहरुको उमेर १८ देखि ४३ वर्षसम्मको थियो । यसबाट अध्ययनकर्ताहरुले दिनमा एक वा दुईवटा स्याउ खाने महिलाको यौनाङमा चिल्लोपना राम्रो हुने र समग्र यौन क्रियालकलाप राम्रो हुने देखाएको थियो । स्याउमा पाइने फ्लोरिजिनले पनि महिलाको सेक्स हर्मोनलाई स्वस्थ राख्न मद्दत गर्ने बताइएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस