Wednesday, October 15, 2014

बाबुले सेक्स प्रस्ताब गरकोे अमांडाको गुनासो

एजेन्सी
अमेरिकी चर्चित अभिनेत्री तथा फेसन डिजाइनर अमांडा बायन्सले ट्विटरमा आफ्ना फ्यानमाझ एक अनौठो कुराको खुलासा गरेकी छिन् । उनले आफ्ना बाबुप्रति अनौठो आरोप लगाएकी छिन् । ट्विटरमा उनी लेख्छिन् म आफ्नै बाबुबाट शोषणको शिकार भएकी थिए । केटाकेटी अबस्थामा बाबुले आफूसँग सेक्स गर्न दबाब दिने गरेको उनले बताएकी थिइन् ।

केहि समयमै डिलिट भएको उक्त पोष्टमा उनले त्यतिबेला आफूलाई बुबाको उक्त कुराको कसरी प्रतिकार गर्ने भन्ने चिन्ताले सताउने गरेको उल्लेख गरेकी छिन् । बुबाको यस्तो प्रस्ताब पछि पनि केहि समय बुबासँगै बस्नुपर्ने भएकोले त्यो समय दिनमा पनि डरलाग्दो सपना देखेको रात जस्तो भएको उनी बताउछिन् ।

अमांडाले बाबुको त्यो हर्कत सार्वजनिक गर्न ती कुराको भिडियो रेकर्ड गर्न चाहेको तर सम्भब नभएको बताएकी छिन् । यो कुराको रेकर्ड आफूसँग भएको भए आफू बाबुलाई अदालतमा केस दर्ज गर्ने पनि उनले बताएकी छिन् । उनको यो कुरा घर परिवारले स्वीकार नगरेपछि उनले ट्विटरबाट यो पोष्ट हटाएकी थिइन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस