Thursday, November 13, 2014

यौनशक्ति बढाउने सजिलो तरिका

कार्तिक  २७  गते
तपाईंहरु आफ्नो यौन जीवनबाट सन्तुष्ट हुनुहुन्न ? तपाईं सोच्नुहुन्छ, यौन सुखको आनन्द लिन सक्दिनँ ? त्यसो भए यी केही टिप्स अपनाउनुस्, तपाईंको यौनशक्ति बढ्छ ।

१. दिमागलाई चिन्तामुक्त राख्नुस्

के हुन्छ ? कसरी हुन्छ ? जस्ता कुनै पनि प्रकारका यौन अपेक्षाबाट आफ्नो दिमागलाई पूर्ण तरिकाले मुक्त राख्नुस् । आफूलाई कुनै पनि प्रकारको चिन्ता या दबाब नदिनुस् ।

२. लुब्रिकेशनको प्रयोग गर्नुस्

‘द जर्नल अफ सेक्सुअल मेडिसिन’ को एक अनुसन्धानअनुसार जो पु्रुष लुब्रिकेशन र कण्डम प्रयोग गर्छन्, उनीहरु बढी समयसम्म यौन सुखको आनन्द उठाउन सक्छन् ।

३. आफूलाई सीमितमा नबाँध्नुस्

हप्तामा एकपटक, महिनामा एकपटक जस्तो तरिकाले आफूलाई यौन मामलामा सीमित नराख्नुस् । बरु पटक–पटक सेक्स गर्नुस् । यसबाट लामो समयसम्म तपाईंको स्टामिना बनाउन सकिन्छ ।

४. सक्रिय रहनुस्

यौन क्रियामा धेरै ऊर्जा र मिहिनेत चाहिन्छ । यो ऊर्जा तपाईंलाई नियमित व्यायाम गर्नाले मात्र मिल्छ । व्यायाम गर्नाले तपाईंको स्टामिनामात्र नभई रक्त सञ्चालन पनि राम्रोसंग हुन्छ ।

५. रक्सीबाट टाढै रहनुस्

यदि तपाईं सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने रक्सी तथा अल्कोहलमिश्रित पेयपदार्थबाट टाढै रहनुस्, यसको सेवनबाट शरीर कमजोर हुन्छ ।
६.
 खानामा प्रोटीन समावेश गर्नुस्

प्रोटीनको मात्रा बढी भएको खाना  खाने गर्नुस् । अण्डाको सेतो भाग, दूध, दूधबाट निर्मित चिज, माछा, कुखुराको मासु आदिमा काफीमात्रामा प्रोटीन पाइन्छ ।

७. सन्तुलित आहारा खानुस्

यौनशक्ति बढाउन खानपानमा पनि पूरा ध्यान दिनुपर्छ । खानामा चिल्लो भएको पदार्थ सामेल गर्नुपर्छ । यसका साथै फलफुल तथा तरकारी बढी खानुपर्छ । शरीर स्वस्थ रहे शारीरिक र मानसिक दुवै शक्ति बढ्छ ।

८. तनावबाट बच्नुस्

कुनै पनि प्रकारको तनावबाट टाढै रहनुपर्छ । यदि तनाव हुन्छ भने ध्यान गर्नुस् र आफ्नो मूड बदल्नुस् । साथै, राम्ररी निद्रा पर्ने गरी सुत्नुपनि स्वास्थ्यका लागि आवश्यक छ ।edailynewsnepal.blogspot.co.il/

भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस