Saturday, November 8, 2014

साउदीमा मृत्युदण्ड पाएकी शोभाको परिवारलाई आर्थिक सहयोग

साउदी अरबमा मृत्युदण्ड पाएकी तनहुँको शोभा परियारको परिवारलाई दलित एकता सञ्जाल नेपाल अन्तर्राष्टिय समन्वय समितिले आर्थिक सहयोग गर्ने भएको छ ।

गत साउन १९ गते मृत्युदण्ड पाएकी भिमाद गाविस वडा नं ३ भावर निवासी वर्ष ३१ की शोभा परियारलाई रु आठ लाख आठ हजार ८८८ सहयोग गर्न लागेको दलित एकता सञ्जाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष विष्णुसागर धमला विकेले जानकारी दिए ।

सञ्जालमा सङ्कलन भएको उक्त रकम एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिन लागिएको उनले बताए ।
उक्त रकम शोभाको ११ वर्षीय नाबालक छोरा दिवस नेपालीको लालनपालन, शिक्षा एवम् स्वास्थ्य उपचारका लागि सहयोग गर्ने उद्देश्यले सहयोग गर्न लागिएको बताइएको छ ।

साउदीमा दुई वर्षीय एक बालकको घाँटी काटी हत्या गरेको आरोपमा दोषी प्रमाणित भएपछि घरेलु कामदारमा रहेकी शोभाको साउदीमा मृत्युदण्ड दिइएको थियो ।

तीन वर्षअघि रोजगारीको सिलसिलामा साउदी पुगेकी शोभाले साउदीका ओसामा विन मइद अल एन्जी नामक बालकलाई चक्कु प्रहार गरी मारेको आरोपमा शोभा दोषी ठहरिएपछि मृत्यु दण्ड सुनाइएको थियो ।

उक्त घटना भएपछि हालसम्म विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगबाट रु छ लाख ५० हजार सङ्कलन भइसकेको मृतक शोभाकी बहिनी रेखा परियारले जानकारी दिएकी छन ।
- See more at: http://nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस