Saturday, November 15, 2014

सेक्सी सन्नीको अर्को नयाँ अवतार

शनिबार, कार्तिक २९,
सन्नि लियोन अब आफ्नो नया फिल्म मार्फत प्रस्तुत हुदैछिन् । फिल्म ‘कुछ कुछ लोचा है’ मा सन्नी बिल्कुल भिन्न गेटअपमा देखिएकी छिन् । ‘यो मेरो पहिलो पारिवारिक फिल्म हो, यसमा मैले तमाम भारतीय गृहणीको चरित्र निर्वाह गरेकी छु ,सन्नीले भनेकी छिन् ।


राम कपुरको साथमा अभिनय गरेकी सन्नीले यस फिल्ममा सज्जन नारीको चरित्र निर्वाह गरेकी छिन् । उनको भनाइअनुसार बलिउड फिल्म उद्योगमा टिक्नका लागि हरेक वर्गका दर्शकको मनमा बस्न जरुरी छ । उनको पछिल्लो फिल्म आम दर्शकमा मनमा बस्ने एउटा अस्त्र पनि हो । सन्नीको पहिलो फिल्मले ठिकै ब्यापार गरेपनि उनको बजारभाऊ आकाशिएको थियो ।

सन्नी अन्य दुई फिल्म टीना और लोलो र मस्तिजादे को सुटिङमा ब्यस्त छिन् । यी दुबै फिल्ममा भने उनको बोल्ड अवतार प्रस्तुत हुने भएको छ । सन्नीको यो अवतार अब फेरी देख्न पाइन्छ कि पाइदैन त्यो उनको ठाउमा छ  ।http://aajkoonline.blogspot.nl/

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस