Friday, November 21, 2014

कपालमा चाँया पर्दा तेल किन लगाउनुहुँदैन ?

हामी मध्ये धेरैलाई कपालमा तेल लगाउन निकै मनपर्छ । हामी तेललाई कपाल झर्नेदेखि लिएर कपालका विभिन्न समस्याहरुको समाधानका रुपमा लिने गर्छौं । कपाल सुख्खा भयो या तालु चिलायो भने पनि हामी कपालमा तेल लगाउने गर्छौं ।

यसरी कपाललाई मोइस्चुराइज (ओसिलो बनाउन) तेल लागइने गरे पनि डाक्टरहरुले भने तेलले हाम्रो टाउकोको तालुमा एउटा तह बनाउने र हाम्रो छालामा प्राकृतिक रुपमा ओसिलो बनाउनबाट रोक्ने बताउँछन् । यसले तालुमा पत्रहरु बनाउने र त्यहाँको छालामा भएका स–साना प्वालहरुलाई बन्द गरेर चाँया पार्ने बनाउँछन् । अझ पहिलेनै चाँया भएको कपालमा तेल लगायो भने यसले कपाल झार्ने समस्या देखापर्छ । कपालमा धेरै समयसम्म तेल राखिराख्यो भने यसले कपालको चमकलाई पनि असर गर्ने डाक्टरहरु बताउँछन् ।


त्यसैले चाँयाको समस्या भएका मानिसहरुले सकेसम्म तेल नलगाउनुनै बेस हुन्छ । चाँया हटाउने घरेलु तरिका कागतीको रसः नुहाउनुअघि तालुमा कागतीको रस लगाएर मालिस गर्नुहोस् । कपाललाई १५–२० मिनेट राम्ररी पखाल्नुहोस् । यसले कपालमा भएको चिपपि हटाउन, चाँया भगाउन र कपालमा चमक ल्याउन मद्दत गर्छ । एलोभेरा जेलः नुहाउनु भन्दा अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् । त्यसलाई त्यतिकै २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पु लगाएर धुनुहोस् । दहीको उपचारः कपाल र तालुमा दही राखेर करिब १ घण्टा त्यतिकै छाड्नुहोस् । स्याम्पु लगाएर राम्ररी पखाल्नुहोस् ।
यसलाई हप्ताको दुई पटक गर्नुहोस् ।  ratopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस