Saturday, November 8, 2014

अतिभो दुर्घटना, अब चालक नजिक महिला बस्न नपाउने

कार्तिक-२२, उदयपुर ।
दुर्घटना न्यूनीकरणका लागि जिल्लाको पश्चिमी बजार कटारीबाट संचालन हुने सवारी साधनमा प्रहरीले चालक नजिक महिला बस्न नपाउने नियम लगाएको छ ।

इप्रकाले दुर्घटना कम गर्ने भन्दै सवारी साधनमा चालकसँगैको सिटमा युवती र महिलालाई राख्न निषेध गरेको हो । कानुनी रुपमा अवैध भएपनि व्यवहारिक रुपमा चालकसँगै युवतीलाई नदिइएको इप्रका कटारीका प्रहरी नायब उपरिक्षक सरोज पौडेलले बताए । निर्णयको उल्लघंन गरी चालकनजिक युवती वा महिला राखेर संचालन गरेको पाइए चालकलाई ५ हजारसम्म जरिवाना गरिने पौडेलले बताए । प्रहरी र यातायात व्यवसायीको सहमतिमा यस्तो नर्णय गरिएको डिएसपी पौडेलको भनाइ छ ।

चालकसँग युवती राख्दा चालक गफमा भुलिने र दुर्घटना हुन सक्ने सम्भावना रहेकाले यस्तो निर्णय गरिएको हिमाली यातायात व्यवसायी संघ कटारीका कार्यालय प्रमुख शत्रुधन कार्कीले बताए । नयाँ पत्रिका


Read more: http://sajhasabal.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस