सन २०१४ मा सर्बाधिक धन कमाउने १० जना मृत सेलिब्रेटीको सुची फोब्र्सले जारी गरेको छ ।

उनिहरु अहिलेसम्मको कमाइ यस्तो छ ।
१. सन् २००९ जुन २५ मा मृत्यु भएका सेलिब्रेटी मायकल ज्याक्सन मृत्यु भएको छ वर्षपछि पनि धेरै कमाउने सुचीमा परेका छन् । उनको दोस्रो एल्बम एक्सकेप रिलिज भयो र चार्टस मा दोस्रो नम्बरमा रहेका छन् । उनका शो इम्माँटल आज पनि धेरै चर्चित छ र धेरै कमाइ भैरहेको छ । उनको सम्पत्ति ८ अर्ब ६२ करोड रहेको छ ।

२. फोब्र्सका अनुसार राँक एण्ड किंस एल्विस प्रिसको मृत्यु पछि यसवर्षको कमाई दोस्रो नम्बरमा रहेको छ । उनको कमाइ ३ अर्ब ३९ करोड रहेको छ । उनको मृत्यु सन् १९७७ अगस्ट १६ मा भएको थियो ।

३. सन २००० १२ फेबु्रअरीमा मृत्यु भएका कार्टुनिस्ट चार्ली शुल्स यो वर्ष कमाउनेमा तेस्रो नम्बरमा परेका छन् । उनको कमाइ २ अर्ब ४६ करोड रहेको छ ।

४. आफ्नो समयकी चर्चित एलिजाबेथ टेलर मृत्यु पश्चात पैसा कमाउने चौथो नम्बरमा परेकी छिन् । उनको परफ्युमस अहिले पनि सबै भन्दा बढी बिक्री हुने गर्छ । उनको कमाइ १ अर्ब ५३ करोड रहेको छ ।

५. फोब्र्सको सुचीमा मृत्यु पश्चात पनि धेरै पैसा कमाउने सुचीमा बब मार्ले पाँचौँ नम्बरमा परेकी छिन् । यीनको कमायको स्रोत भनेको यीनको एल्बम रहेका छन् । सन् १९८१ मे ११ मा मृत्यु भएकी मार्लेको कमाइ १ अर्ब २३ करोड रुपया रहेको छ ।

६. मर्लिन मुनरो फोब्र्सको सुचीमा छैटौँ नम्बरमा परेका छन् । १९६२ अगस्ट ५ मा मृत्यु भएकी मुनरोको कमाइ १ अर्ब ४ करोड रहेको छ ।

७. फोब्र्सले जोन लेननलाई ७ औँ नम्बरमा राखेको छ । सन १९८० डिसेम्बर ८ मा मृत्यु भएका लेननको आईट्युन सेलको बिक्रीमार्फत कमाइ हुने गर्छ । यसबाहेका उनका शो पनि चल्ने गर्छन उनको कमाई ७३ करोड ९३ लाख रहेको छ ।

८. फोब्र्सको सुचीमा अल्बर्ट आइन्स्टाइन आठौँ नम्बरमा अटाएका छन् । सन १९५५ अप्रिल १८ मा मृत्यु भएका उनको कमाइ ६७ करोड ७७ लाख रहेको छ ।

९. थियोडोर जिसेल फेब्र्सको सुचीमा ९ औँ नम्बरमा परेका छन् । सन १९९१ सेप्टेम्बर २४ मा मृत्यु भएका उनको अहिले कमाइ ५५ करोड ४७ लाख रहेको छ । उनका क्लासिक किताबहरुबाट रोयल्टी आइरहेको छ ।

१०. एक पुराना अमेरिकन मार्शल फाइटर ब्रुस ली फोब्र्सको टप टेनको सुचीमा अटाएका छन् । सन् १९७३ जुलाई ७ मा मृत्यु भएका कलाकार मार्शलको कमाई ५५ करोड रहेको छ ।


