
रणवीर कपुरसँगको प्रेमसम्बन्ध ब्रेकअप भएपछि लामो समय विक्षिप्त बनेकी उनको घायल मनमा अर्का रणवीरले मलम लगाइदिएका हुन्। रणवीर सिंह पनि अनुस्का शर्मासँग सम्बन्ध बिग्रेपछि कसै न कसैको सहारा खोजिरहेका थिए। मन मिलेपछि उनीहरू पछिल्लो समय प्रेममा डुबेका हुन्।
कतिसम्म भने उनीहरू एकअर्कालाई भेट्ने, सँगै समय बिताउन सात समुद्रपारिसमेत जाने गर्छन्। अब एकै चलचित्रमा सँगसँगै काम गर्न पाउने भएपछि दुवैजना मक्ख छन्। तर अझै पनि उनीहरू आफ्नो सम्बन्ध लुकाउने प्रयास भने गरिरहेका छन्।
दीपिकाले आफू मिस्टर राइटको पखाईमा रहेको बताएर सम्बन्ध लुकाउन खोजेको पुष्टि गरेकी हुन्। अहिले आफू कुनै खास सम्बन्धमा बस्न तयार नभएको भन्दै उनले तत्काल विवाहको योजना नरहेको प्रस्ट पारेकी छन्।
'म पहिला रिलेसनमा फसेकी थिएँ। त्यो बे्रकअप पनि भइसकेको छ', उनले भनेकी छन्, 'म धेरै संवेदनशील र भावुक भएकाले रिलेसनमा रहन गाह्रो लाग्छ।'-एजेन्सी
http://annapurnapost.com/News.aspx/story/2219#sthash.BC8Xb4fI.wb2L9zLt.dpuf

