Sunday, November 23, 2014

आखिर पत्ता लाग्यो एचआइभी एड्सको औषधी

एजेन्सी)– खतरनाक रोगको रुपमा रहेको एड्सको कारक एचआइभी भाइरसको रोकथामको दिशामा वैज्ञानिकहरुलाई सफलता मिलेको छ । अष्ट्रेलियाको आसपासको समुन्द्रको पानीमा पाइने मूंगाको प्रजातिमा पाइने एक किसिमको प्रोटिनले एचआइभीको रोकथाममा मद्दत गरेको पाइएको छ । यो जानकारी एक अध्ययनमा दिइएको छ । यो अध्ययन नेशनल क्यान्सर इन्स्टिच्युको बेरी ओ किफेको नेतृत्वमा गरिएको थियो । अध्ययनको नतिजालाई एक्सपेरिमेन्टल बायोलोनीको स्यान डिआगोमा भएको वार्षिक बैठकमा पेश गरिएको छ ।

‘क्यानिडरिन्स’ नामको प्रोटिन उत्तरी अष्ट्रेलियाको तटबाट जम्मा गरिएको मूंगामा पाइएको छ । नेशनल क्यान्सर इन्स्टिच्युटमा हजारौँ जैविक अभिलेखहरु जाँचिसकेपछि अनुसन्धानकर्ताहरुले यो प्रोटिनप्रति ध्यान केन्द्रित गरे । ओ किफेले भने, ‘तथ्य यो हो कि यो प्रोटिन एचआइभी संक्रमणको रोकथाममा प्रभावकारी साबित भयो र यसले नयाँ तरिकाले यो काम गर्दछ जसले वास्तवमा नै सबैलाई चकित गर्दछ ।




भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस