Saturday, November 22, 2014

भुतले गर्भवती बनाएपछि जुम्ल्याहा बच्चा जन्मिए

के तपाईले भुत देख्नुभएको छ ? यदि देख्नु भएको छैन भने पनि सुन्नुभएको छ होला पक्कै पनि । भारतको उत्तराखण्ड प्रहरीसंग एउटा यस्तै हैरान पार्ने बिषयले यतिबेला भारतीय सञ्चारमाध्यममा स्थान पाएको छ । यो सुनेर सबै अचम्ममा  पर्ने परेका छन ।

उत्तराखण्डको चर्चित तीर्थस्थल हरिद्वारमा एक युवतीले कनखल पुलिसचौकीमा भुतले आफुलाई गर्भवती बनाएको दाबी गरेकी छिन् । ती युवतीले आफुलाई भुतले गर्भवती बनाएपछि आफुले जुम्ल्याहा बच्चालाई जन्म दिएको दाबी गरिन् । ती युवतीका अनुसार ती बच्चालाई जन्म दिएर आफुसंगै राखेको बेला अचानक गायब भएको पनि प्रहरीलाई बताएकी छिन् । उनले ती बच्चाहरु खोजिदिन प्रहरीलाई आग्रह समेत गरेकी छिन् ।
एक भारतीय समाचार पत्रमा प्रकाशित रिर्पोटका अनुसार यो घटना गत बुधबारकाे हो । यो कुरा सुन्दा भारतीय प्रहरी समेत अक्क न मक्क परेको छ । प्रहरी स्रोतका अनुसार ती युवती फटाफट अंग्रेजी बोलिरहेकी थिइन् । उनले यी सबै कुरा प्रहरीलाई अंग्रेजीमै बताएकी थिइन । उनको साथमा एक आफ्ना बितेका सबै कुरा लेखेको डायरी थियो । ती युवतीले आफु इजीनियरिङकी छात्रा बताएकी थिइन् र आफुले बिएड गरेको समेत उनले प्रहरीलाई बताएको प्रहरीले जानकारी दियो ।
प्रहरीहरुले भने ती युवती मानसिक रुपमा ठिक नभएको दाबी गरेको छ । उनले अनुसन्धानका लागि युवतीका परिवारसंग कुरा गर्ने बताएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस