Sunday, November 9, 2014

दिपिकाले भनिन्ः भाग्यले जुराएको दिन सलमानसँग हुन्छु

बलिउडमा '१०० करोड़ क्लबकी रानी' भनिन थालेकी अभिनेत्री दिपिका पादुकोणले सलमान खानसँग काम नगरेको भनेर चलेको चर्चाको खण्डन गरेकी छिन् । 
 शाहरुख खानसँग अभिनय गरेर आमिर र सलमान खानसँग नगरेको भन्ने चर्चा बलिउडमा चलेपछि दिपिकाले यस्तो खण्डन गरेकी हुन् ।   दिपिकाले सलमान खानसँग अभिनय गर्न पाउनु भाग्यको कुरा भएको बताउँदै आफूले कहिल्यै पनि सलमानसँग अभिनय नगर्ने नबताएको पनि स्पष्ट पारेकी छिन् ।   यस अघि बलिउडमा सलमानको पछिल्लो चलचित्र 'किक' मा दिपिकाले अभिनयको प्रस्ताव अस्वीकार गरेको चर्चा चलेको थियो । दिपिकाले भने आफूले कहिल्यै पनि यस्तो प्रस्ताव अस्वीकार नगरेको र भाग्यले जुराएको दिनमा सलमानसँग अभिनय गर्ने बताएकी छिन् । source: nepaliheadlines
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस