Sunday, November 16, 2014

पत्निले पतिका विषयमा खोल्नै नहुने गोप्य कुरा

शास्त्रहरुमा पति र पत्निको सम्बन्ध र उनीहरुले पालना गर्नु पर्ने अनुशासनको विषयमा चर्चा गरिएको छ । पति पत्निबीच अनुशासनको सम्बन्ध नभए सम्बन्ध धरापमा पर्ने र अनेक झन्झट आइलाग्ने शास्त्रमा उल्लेख छ ।

शिव पुराणमा पत्निले पालना गर्नु पर्ने अनुशासनको बारेमा यस्तो भनिएको छः

१ पति बुढो वा रोगी भो भन्दैमा उसको साथ छोड्नु हुँदैन । जीवनमा सुख र दुःख सँगै भोग्ने कसमसहित सात फेरो लगाएर बनेको सम्बन्ध समस्या आउँदा तोड्ने पत्नि खराव भनिएको छ ।

२ पतिको नाम लिनु शास्त्रमा नराम्रो भनिएको छ । पति अन्यत्रै गएको समयमा श्रृंगार गर्ने महिलालाई समेत शिव पुराणमा खराव भनिएको छ ।

३ पतिलाई छलेर पार्टी वा उत्सव मनाउन जाने र अवेर आउने स्त्रीलाई पनि शास्त्रमा खराव भनिएको छ ।

४ रजश्वला भएको समयमा पतिसँग संसर्ग गर्न खोज्ने र गर्ने स्त्रीलाई शास्त्रमा पापीनी भनिएको छ ।


५ समझदार पत्निले पतिलाई सुख पर्दा मात्र होइन दुःख पर्दा पनि उत्तिकै आदर र मायाँ गर्नु पर्छ । समस्या पर्ने वित्तिकै पतिलाई छुद्र बचन बोल्ने स्त्रीलाई खराव भनिएको छ ।

६ शिव पुराणमा पतिका गोप्य कुरा अरुसँग खोल्ने स्त्रीलाई पनि खराव भनिएको छ ।

७ पति र आफूबीचका यौनिक क्रिडाका ब्यवहारबारे अरुसँग चर्चा गर्नु पनि अनुशासनहिनता मानिन्छ ।edailynewsnepal.blogspot.co.il/

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस