आइसल्यान्डको फजलाबक नेचर रिजर्बमा यस्तै एउटा पहाड छ । यसले मौसमअनुसार आफ्नो रङ बदल्ने गर्छ । बेलायती फोटोग्राफर एन्डो लोरियाले एउटै पहाडको विभिन्न रङको तस्बिर एउटा म्यागजिनमार्फत सार्वजनिक गरेपछि यसले धेरैलाई अचम्ममा पारेको छ ।
यद्यपि, पहाडले कसरी रङ बदल्छ भन्ने खुलाइएको छैन । मौसमअनुसार हुने हिमपात, वर्षालगायत कारणले पहाडले रङ बदल्ने गरेको अनुमान गरिएको छ । ‘जाडोमा पहाडमा बरफ जम्छ ।
त्यतिवेला पहाडको रङ पूरै बदलिन्छ । त्यस्तै गर्मीमा टन्टलापुर घाम लाग्ने हुँदा पहाडको रङ बेग्लै हुन्छ । बरफ जम्ने र पग्लिने क्रममा पहाडको रङ पनि बदलिन्छ,’ समाचारमा भनिएको छ । यद्यपि, अरू पहाडमा गर्मी र जाडोमा पहाडको रङ यसैगरी किन बदलिँदैन भन्नेबारे केही खुलाइएको छैन । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

