Monday, November 10, 2014

फेवाताल हेर्ने रहरले यौनकर्मी बनायो

सौगात संघर्ष
कास्की, कार्तिक २४ – प्रहरीको सक्रियताको कारण पोखराको बाग्लुङगबसपार्क क्षेत्रमा संचालन हुँदै आएको यौन धन्दा बन्द भएको छ । तर यौनधन्दा भने पोखराका अन्य क्षेत्रहरुमा संचालन हुँदै आएका छन् । यौन कर्मीहरुले पनि काम पाईरहेका छन् । उनिहरुको पेशा अहिले झन बढि बिस्तारित भएको छ । प्रहरीको यो अभियानको बारेमा र यौन व्यबसायका बारेमा यौनकर्मीहरुको धारणा कस्तो छ भनेर बुझ्नका लागि उनिहरुसँग नै छलफल गर्ने निस्कर्षसहित यौनकर्मी समिक्षासँग(नामपरिवर्तन) छलफलमा आधारित उनको कुराकानी जस्ताको तस्तै राखिएको छ ।
‘घरमा सौताने आमा बा आमाको लहलहैमा लाग्थे दिदिको पनि उमेर नपुगी बिबाह भयो । म एसएलसीको तयारीमा जुटेको थिएँ । टेस्ट परिक्षा दिएर बसेको मेरो घरमा बिहेको कुरा चलिरहेको थियो । तर मलाई बिहे गर्न मन लागेको थिएन । एसएलसी दिएकै दिन काठमाडौँतिर हानिए साथमा एक हजार रुपैयाँ मात्र थियो । काठमाडौमा केहि दिन काम गरेँ त्यहाँ काम गरेको पैसाले मलाई कोठा भाडा तिर्न पनि पुग्थेन । काठमाडौमा नै गाउँका साथीहरुसँग भेट भयो । साथीहरु काठमाडौमा बाँच्न नसकिने निष्कर्शसहित पोखरा जाने योजना बनाएका थिएँ । मेरो कमाईले म काठमाडौमा बाँच्न सक्ने स्थितीमा थिईन । उनिहरुको आश्रय लिएर म बसेको थिएँ । मेरो जीवनको त्यसबेला सम्मको सबैभन्दा ठुलो चाहना भनेको फेवाताल हेर्ने थियो । काठमाडौँमा आफुलाई बाँच्न गाह्रो भईरहेको थियो । उसो पनि फेवाताल हेर्ने रहरले र साथीहरुको लहलहैमा लागेर पोखरा आएँ । ’Girl-waiting-the-client-to-come

उनि अलि भाबुक हुँदै भनिन्, ‘रहरहरुमा थुप्रै बाध्यता निम्तीदारहेछन दाई ! फेवाताल हेर्न पोखरा आएको मेरो फेवाताल हेर्ने सपना त पुरा भएन तर बाहिरी संसारमा रमाउने तागत पनि मसँग भएन । तँपाईलाई पत्यार नलाग्न पनि सक्छ , पोखरा आएपछि मात्र मेरो कुमारित्व तोडीएको थियो । कण्डमको बारेमा मैले पढेको थिए तर पोखरा आएपछि कण्डम यस्तो हुन्छ भनेर देखेँ । बाग्लुङग बसपार्ककको एउटा होटलमा तिनमहिनासम्म म कोठामा थुनिएर बसेँ । तिन महिना कटाउन मलाई थुप्रैर बर्षे कटाएको भान भएको थियो । रहरले निम्त्याएको बाध्यतासँग मेरो पश्चताप थियो तर पश्चताप गर्नका लागि समय र उचित ठाउँ थिएन । नयाँ ठाँउ , नयाँ पेशा , नयाँ मान्छेहरुको बिचमा मैले मेरा असहमती राख्ने आँट नै गर्न सकिन । मैले दिनमा दश जना ग्राहकहरुलाई गरेको सेवाबाट पैसा कमाएको साहुले मलाई पैसा पनि दिदैन थियो । तिन महिना बस्दा मैले त्यहाँको परिस्थिती बुझिसकेको थिए । त्यसपछि मैले त्यहाँबाट निस्कने योजना बनाए । तर होटलको साहुले सजिलै निस्कन दिदैन थियो । न पैसा दिन्थ्यो न निस्कन दिन्थ्यो । मैले साहुलाई मुद्दा हाल्ने योजना बनाए । त्यो बेलासम्म मेरो प्रहरीहरुसँग पनि चिनजान भएको थियो । मेरो योजना थाहा पाएपछि साहु पनि पछाडी हट्यो । म त्यहाँबाट निस्किए तर अझै पनि मैले त्यो होटलमा ७० हजार रुपैयाँ लिन छ । ’
‘शिक्षीत अशिक्षित सबै प्रकारका यौनकर्मीहरु यौनधन्दामा सहभागी छन् । यौनकर्मीहरुका पनि थुप्रै समस्याहरु छन् । मैले यौन धन्दा छाडेपछि पोखराका थुप्रै ठाउँमा काम खोज्नको लागि हिडेँ तर तिनहजार पैँतिससय भन्दा बढीको काम पाउन सकिएन । तँपाई नै भन्नुस दाई तिनहजार पैँतिससयामा पोखरामा बाँच्न सकिन्छ कि सकिदैन ? त्यसपछि बाग्लुङग बसपार्कको एकजना दाईको होटलमा मैले काम गर्न थालेँ तर त्यो समय यौन कार्यमा संलग्न भईन । त्यसपछि पुलिसहरुले बाग्लुङग बसपार्क बन्द ग¥यो र म बाहिर बस्दै आएको छु । होटल पनि बन्द भएपछि बाँच्नको लागि केहि त गर्न प¥यो भन्दै फेरी यहि पेशा अँगाल्ने निष्कर्ष निकाले । म अहिले पनि छाडा रुपमा यौन व्यबसाय संचालन गर्दै आएको छैन । म सँग सम्पर्कमा केहि ग्राहकहरु छन् उनिहरुसँग मात्र मैले काम गरिरहेको छु । एकदिनमा एकजनासँग मैले बढिमा २५ हजार रुपैयाँसम्म लिएको छु । मलाई त खासै समस्या परेको छैन् । म पैसावाला मान्छेसँग मात्र जान्छु । मेरो बानीका कारण पनि ग्राहकहरु सन्तुष्ट छन् । ग्राहकहरुले नै मलाई यो पेशा छाड्नको लागि सुझाब दिएका हुन्छन् । तर लो क्लासका ग्राहकहरुसँग काम गर्दा मेरो साथीहरुले थुप्रै प्रकारका समस्या पाएका अनुभुतिहरु पनि सुनाएका छन् । उसो त साथीहरुको बानी पनि राम्रो छैन । यौनकर्मी साथीहरुको पनि जाडरक्सि र गाँजा खाने बानी हुन्छ । त्यहि कारणले गर्दा उनिहरुको र ग्राहकको झगडा पर्छ । ग्राहकलाई मनाउन सक्ने आफुसँग तरिका भयो भने कुनै प्रकारको दुख आईपर्दैन । मैले अहिलेसम्म कण्डम नलगाईकन एकजना गं्राहकसँग यौन सम्पर्क गरेको छैन । कोहिकोहिले त कर पनि गर्छन तर उनिहरु सम्झाएपछि सम्झन्छन । ’
‘बाग्लुङग बसपार्क क्षेत्रबाट यो पेशा हटाउदैमा यो समस्या समधान हुन्छ भन्ने मलाई लाग्दैन । बरु अरु क्षेत्रहरुमा यो पेशा संचालन हुँदै आएको छ । पोखरा झन अन्य ठाउँहरुमा पनि यो पेशा संचालन भएको छ तर रोकिएको छैन । अहिले पनि मेरा साथीहरु लेकतिरको होटलमा बसेर यौन पेशा संचालन गर्दै आएका छन् । रहरमा पेशामा लागेका मान्छे बाहेक अन्य यौनकर्मीहरु सरकारले रोजीरोटीको समस्याको हल ग¥यो भने बिकल्प खोज्नको लागि तयार छन् । तर प्रहरी प्रशासन बाग्लुङग बसपार्क बिस्तापित गरेकोमा रमाईरहेको छ । यस्ले मात्र यो समस्याको हल हुँदैन । यो तरिवाट त पोखरा पुरै यो समस्याबाट ग्रस्त हुने संभाबना रहेको हुन्छ । यो ब्यवसाय संचालन गर्न पाउन पर्छ भन्ने हाम्रो माग पनि होईन । तर उचित प्रकारको बिकल्प दिनुपर्छ भन्ने मात्र हाम्रो माग हो र कसैलाई यो पेशा नै संचालन गर्न मन छ भने पनि निश्चित क्षेत्र तोकीनुपर्छ । त्यसो भयो भने यो समस्याको व्यबस्थित हल हुन सक्छ । म आफु पनि यो पेशा रहरमा गरिरहेको छैन । मलाई सरकारले रोजीरोटीको ब्यवस्था गरोस र केहि काम दिओस म गर्न तयार छु । ’
‘ जवसम्म हाम्रा गाला राता राता हुन्छ त्यो बेलासम्म मात्र हाम्रो बजार भाउ हुन्छ । अहिले म महिनमा ५० हजार न्युनतम कमाउन सक्छु । तर सधै यो कमाई गर्न सक्दिन । त्यसैले म यो पेशाको बिकल्प खोजिरहेको छु । म अहिले बिदेश जाने तयारी गरिरहेको छु । मेनपावरमा प्रोसेस चलिरहेको छ । अबको केहि समयमा म देश छाड्दै छु । म एक जनाले यो पेशा छाड्दैमा पुरै समस्या समधान हुन्छ जस्तो लाग्दैन । बेश्याबृत्ति समधानका लागि राज्यले उचित प्रकारको बिकल्प प्रस्तुत गर्न सक्यो भने मात्र पुर्ण रुपमा समस्याको समधान हुन्छ । त्यतातिर सरकारले पनि ध्यान दिओस । बिदेश गएर आएपछि पोखरामा एउटा घर बनाएर बस्ने लक्ष्य छ हेरौँ भाग्यले कति साथ दिन्छ । फेवाताल हेर्ने रहरले यो पेशामा लागियो अब पोखरामा घर बनाउने रहर छ त्यसकारण मैले यो पेशा छाडेर बिदेश जाने योजना बनाएको छु त्यसले कहाँ पु¥याउछ त्यो भने हेर्न बाँकी छ । ’
समाजमा अबैध तर प्रशस्त मात्रामा चलेको यौनधन्दा एउटा सामाजिक समस्याको रुपमा रहदै आएको छ । यो समस्याको समधानमा सरोकालवालाको उचित ध्यान जाओस । अनि मात्र हामी सभ्य समाज निर्माण गर्न सक्छौँ ।
फोटो: http://managementnepal.blogspot.com/
- See more at: http://www.ratopati.com/2014/11/10/181309.html#sthash.ZNBpoeEy.rl09TChY.dpuf

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस